All Posts By कोशी प्रेस

    Showing ८,१०१-८,११० of १३,७४३ items.
  • पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु

    इटहरी। मोरङको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । खेल मैदान निर्माण गर्न बुद्ध माध्यमिक विद्यालयसँगै रहेको मैदान सम्याउन थालिएको छ । करिब दुई बिघा क्षेत्रफलमा उक्त खेलमैदान निर्माण सुरु गरिएको हो । खेल मैदान निर्माणका लागि नगरपालिकाले रु। १० लाख बजेट विनियोजन गरेको छ । छिटो निर्माण सम्पन्न गरी प्रतियोगिता गराउने लक्ष्य रहेको सो वडाका वडाध्यक्ष नवीनजङ्ग कार्कीले बताउनुभयो । उक्त मैदानलाई विद्यालयले प्रयोग गर्न मिल्ने उहाँको भनाइ छ । खेलमैदान निर्माणमा प्रभात सामुदायिक क्लबले पनि सहयोग गरिरहेको क्लबका उपाध्यक्ष किसन राईले बताउनुभयो । वडाले पनि खेल मैदानका लागि बजेट विनियोजन गर्ने

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ३३९ पटक पढिएको
  • ताप्लेजुङको मैवाखोला गाउँपालिका द्धारा किसानलाई कृषि सामग्री प्रदान

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले किसानलाई कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडा ३ साँघुका किसानलाई कृषि सामग्री प्रदान गरेको हो । साँघुको मैदानी सुके लामपोखरी खर्केली बहुउद्देश्यीय कृषक समूहमा आवद्ध किसानलाई कृषि सामग्री प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको उपस्थितिमा स्थानीय किसानलाई हाते ट्रयाक्टर, पाइप, स्प्रिङकललगायतका सामग्री वितरण गरिएको छ । यता कृषि सामग्री वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष वनेमले अनुदानमा पाएको सामग्रीलाई सही सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभएको छ । अनुदान प्राप्त गरेपछि त्यसको सही सदुपयोग गरी दिग

    • प्रकाशित मितिः माघ ३, २०८१
    • १४१ पटक पढिएको
  • वडा कार्यालयबाट गरिने फिारिससम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न

    इटहरी ।  विराटनगर महानगरपालिकाको आयोजनामा वडा कार्यालयबाट गरिने सिफारिससम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यबाहक मेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ८ का अध्यक्ष राम पोखरेल, १० का अध्यक्ष अर्जुन गिरी, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, १३ का अध्यक्ष सूर्यलाल यादव, १४ का अध्यक्ष सूर्यनारायण महतो, १५ का अध्यक्ष प्रकाश साह, १६ का अध्यक्ष उद्धव भुलेज, १८ का अध्यक्ष जितेन्द्रकुमार साह र १९ नम्बर वडाका अध्यक्ष श्याम घिमिरेलगायतको उपस्थितिमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको

    • प्रकाशित मितिः माघ ३, २०८१
    • १५४ पटक पढिएको
  • अति विपन्न क्षयरोगीलाई पोषण खाद्यान्न सामग्री वितरण

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले आर्थिक अवस्था अति नै कमजोर भएका क्षयरोगीहरुलाई पोषण खाद्यान्न सामग्री वितरण गरेको छ । गत कार्तिक १ गतेदेखि २९ गतेसम्म स्वास्थ्य केन्द्र र चौकीहरूबाट रोग पत्ता लागी हाल क्षयरोग निवारणका लागि नियमित औषधि सेवन गरिरहेका रोगीहरूलाई पोषण खाद्यान्न सामग्री सहयोग गरिएको हो । बि.एन.एम. टी. युके र सावित्री बस्न्यात फण्ड फर टि.बी. को आर्थिक सहयोगमा बि. एन.एम.टी. नेपाल द्वारा सञ्चालित ’पोषण परियोजना’ अन्तर्गत ९ जना क्षयरोगीहरूलाई पोषण खाद्यान्न सहयोग वितरण गरिएको पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा क्षयरोग संयोजक डा. मुकेश पौडेलले जानकारी दिनु

    • प्रकाशित मितिः माघ ३, २०८१
    • २२८ पटक पढिएको
  • झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

    इटहरी । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट गए राति दुई सय सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाका प्रहरीले एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । बुधबार राति ११ः२० बजेको समयमा मेचीनगर–६ स्थित मेचीपुलबाट भारतको पश्चिम बङ्गाल दार्जिलिङ प्रान्त थाना दुलालज्वतका ३० वर्षीय मोहम्मद अनवर हुसेन, भद्रपुर नगरपालिका–३ नयाँ बस्तीकी ४५ वर्षीया सविता भन्ने दोमासी राजवंशी र अर्जुनधारा नगरपालिका–८ का ३४

    • प्रकाशित मितिः माघ ३, २०८१
    • २३५ पटक पढिएको
  • खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका चार टोल द्वारा आयातित पेय पदार्थमा रोक

    इटहरी। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका चार टोलले सामाजिक र आर्थिक कारण देखाउँदै आयातित पेय पदार्थको सेवनमा पूर्ण प्रतिबन्ध लगाएका छन् । गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका बासिन्दाले विवाह, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया लगायत सबै सामाजिक कार्यक्रममा यस्ता पेय पदार्थको प्रयोगमा रोक लगाएका हुन् । स्थानीय सामाजिक अभियन्ता अरुण राईका अनुसार आयातित पेय पदार्थले आर्थिक बोझ बढाउनुका साथै परम्परागत संस्कृति र स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पारेको छ । “एउटा घरमा प्रयोग भएपछि अरूले पनि प्रयोग गर्नैपर्ने बाध्यता थियो । यसले आर्थिक भार बढाउने मात्र होइन, स्वास्थ्य र स

    • प्रकाशित मितिः माघ ३, २०८१
    • २३४ पटक पढिएको
  • संखुवासभामा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट, क्षतिको पूर्ण विवरण आउन बाँकी

    इटहरी । संखुवासभाको सभापोखरी गाउँपालिका ६ बाह्रविसे बजारमा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बुको एक एक वटा र सुरेश तामाङ्गको २ वटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । राम बहादुर राईको घरवाट आगलागी सुरु भएको थियो । नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः माघ ३, २०८१
    • १७८ पटक पढिएको
  • सुनसरीका पर्यटकीय स्थलमा वनभोजका लागि आउनेको लर्को

    इटहरी । सुनसरीका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलमा हिउँद यामसँगै वनभोजका लागि आउनेको लर्को लाग्न थालेको छ । अर्ना र चराका लागि प्रसिद्ध कोशी टप्पु वन्यजन्तु आरक्षसहित बर्जु ताल, २२ बिघा, अन्य ताल तलैयालगायतका स्थानमा वनभोज खान आउनेको लर्को लाग्न थालेको हो । पूर्वाधार निर्माणसँगै यातायात सुविधा पुगेपछि वनभोज खान आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीय मिथलेश यादवले बताए । कोशीटप्पु वन्यजन्तु आरक्ष र बर्जु तालमा बिदाका दिन पाँच देखि १० समूहसम्म वनभोजका लागि आउने गरेका छन् । यहाँका सबै वनभोज स्थलमा पानीको सुविधा पुर्‍याइएको छ । मनोरम दृश्य हेर्न सकिने र व्यवस्थितसमेत भएकाले वनभोजका लागि आकर्षक थ

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ३६७ पटक पढिएको
  • आशिका तामाङलाई पाँच दिन हिरासत राख्न अनुमति

    काठमाडौं । अभद्र व्यवहारको आरोपमा बुधबार दिउँसो पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। प्रहरी वृत्त गौशालाका अनुसार तामाङविरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको हो।आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी आशिमाथि अभद्र व्यवहारको उजुरी परेको थियो। तामाङविरुद्ध पशुपति क्षेत्र विकास कोषले उजुरी दर्ता गराएको थियो। पशुपति क्षेत्र विकास कोषले कर्मचारीमाथि गालीगलौज र दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि तामाङमाथि अनुसन्धान सुरु भएको थियो। उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएर उनलाई

    • प्रकाशित मितिः माघ ३, २०८१
    • १६२ पटक पढिएको
  • १३ वर्षदेखि अलपत्र कन्कार्ई पुल, पाँच पटक ठेक्काको म्याद थप: काम आधा मात्र

    इटहरी। हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्काई पुलको निर्माण १३ वर्षदेखि अलपत्र छ ।  विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा स्थानीय बासिन्दाले सास्ती व्यहोर्नु परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोसी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुनेथियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत असर परेको छ ।  हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गर

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ११६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]