इटहरी । सुनसरीको गढी गाउँपालिका र इनरुवा नगरपालिकाको जल्पापुरमा आगलागी हुदाँ पाँच घर जलेर नष्ट भएको छ । स्थानीयले न्यानोका लागि बालेको घुरबाट भएको दुवै ठाउँको आगलागीमा पाँच घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार सुनसरीको गढी गाउँपाािलका –२ मुसहरी टोलकी कमली ऋषिदेवको घरमा आगलागी हुदाँ घर जलेको छ । इनरुवा नगरपालिका –१० जाल्पापुरमा यौजुप मियाँको घरबाट सल्केको आगोले थप चार जनाको घर जलेर नष्ट भएको छ । गढीमा भएको आगो प्रहरी चौकी औरावनी, स्थानीयबासी र दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रण गरिएको थियो । आगलागीबाट बाँसको बेरा, फूसको
इटहरी । किरात यले दोङ किरात संवत् ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिकरुपमा सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री सुदन किरातीले खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवाभञ्ज्याङमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुभएको हो । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को अवसरमा ‘मुन्दुम ट्रेल’ पदमार्ग आसपास पर्ने विभिन्न स्थानीय तहहरुले आ–आफ्नो अनुकूल महोत्सव आयोजना गरेका छन् । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई भव्यरुपमा सफल बनाउन आसपासका स्थानीय तहहरुमा यामअनुसार पर्यटनसँग सम्बन्धित विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना
इटहरी । दोस्रो पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ । मेलामा स्थानीय उत्पादन कोदो, मकै, गहुँ फापर, भुटेको मकै मुन्द्रुक, इस्कुसको तरुल, घर तरुललगायतका परिकार मात्र बिक्री वितरणको लागि खुला गरिएको छ । त्यस्तै बाह्य पेय पदार्थलाई निषेध गरेर स्थानीयस्तरमा पाइने मही, दही, एभोकाडोको जुस, सुन्तलाको जुस मात्र बिक्री वितरण भइरहेको छ । प्रतियोगिता तथा माघी मेलामा पत्रु खाना ९जङफुड० निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानक
इटहरी । इलामको माईबेनीमा बर्सेनि लाग्ने मकरसङ्क्रान्ति मेलाका अवसरमा प्रतियोगितात्मक कृषि प्रदर्शनी भएको छ । माईजोगमाई गाउँपालिका कृषि विकास शाखाको आयोजनामा कृषि बालीलाई प्रवर्धन र बजारीकरण गर्नका लागि आयोजना गरिएको प्रतियोगितात्मक कृषि प्रदर्शनी सम्पन्न भएको हो । प्रतियोगितामा इलाम जिल्लाभरका ७२ जना किसानले छ वटा विधामा उत्पादित कृषि सामग्री प्रतियोगितामा राखेका माईजोगमाई गाउँपालिका कृषि विकास शाखा प्रमुख उषा प्रधानले जानकारी दिनुभयो । प्रदर्शनीमा फलफूल, तरकारी, रैथाने बाली, नगदे बाली, खाद्यान्न बाली र कन्दमूल राखिएको थियो । प्रदर्शनी विभिन्न क्षेत्रबाट आएका पर्यटकले अवलोकन गरेका थिए ।
इटहरी । ताप्लेजुङमा कोदो उत्पादनमा कमी आएको छ । जिल्लाका अधिकांश किसानले कोदो खेती लगाउन छाडेपछि उत्पादनमा कमी आउन थालेको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षभन्दा यो वर्ष कोदो उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा यो वर्ष चार हजार २५६ मेट्रिक टन मात्र कोदो उत्पादन भएको छ । जिल्लामा दुई हजार ९६२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट उक्त परिमाणमा कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष थापामगरले जानकारी दिनुभयो । थापामगरका अनुसार गत वर्ष चार हजार २७०।३० मेट्रिक टन कोदो उत्पादन भएको थियो । पछिल्लो समय बसाइँसराइसहित विभिन्न कारणले गाउँबाट जनशक्ति
कहिलेकाहीं दाँत दुख्नु साधारण समस्या हो तर कुनै बेला यसको दुखाइ असह्य हुन्छ । दाँत दुख्दा कतिपय अवस्थामा अनुहार सुन्निने, टाउको दुख्ने लगायत समस्या पनि निम्तिने गर्छ । साधारणतया अत्यधिक तातो, चिसो तथा दाँतमा टाँसिने खानेकुरा खाँदा, दाँत नमाझ्दा, ब्याक्टेरियल संक्रमण हुँदा वा दाँतको जरा कमजोर हुँदा दाँत दुख्ने गर्छ । कहिलेकाहीं दाँत दुख्दा अस्पताल पुगिहाल्ने अवस्था पनि सम्भव नहुन सक्छ । यस्तोमा केही घरेलु उपाय अपनाएर दाँत दुखाइबाट आराम पाउन सकिन्छ ।नुनपानीले कुल्ला गर्नेमुखमा हुने हानिकारक ब्याक्टेरिया हटाउन मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्न सकिन्छ । यसले मौखिक स्वच्छता कायम राख्छ र दाँ
इटहरी / श्री गेंडसिंह महाराज मन्दिर को आयोजनामा बाँतर सरदार जातिको माघे तिला सक्राइत पर्व इटहरी १३ खनारमा बिबिध कार्यक्रम गरि मनाइएको छ ।कार्यक्रममा एक दिने बृहत् कलस यात्रा सथै सास्कृतिक कार्यक्रमहरू आयोजना गरि बाँतर सरदार समुदायले आफ्नो कुल देवता गेंडसिंह बाबाको पूजा गर्दै माघे संक्रान्ति पर्व मनाएका छन् । माघे संत्रान्तिका दिन आफ्नो टोलको सरदारको नेतृत्वमा आफ्नो कुल देवताको नाममा पूजाआजा गरेर यो पर्व मनाउने गरेका छन् । बाँतर जातिका मानिसहरुको इष्टदेवता गेंडसिंह सरदार हुन् । उनी चामत्कारिक देवता रहेको बाँतर समुदायका मानिसहरुको विश्वास छ । पौराणिक कालमै बाँतर समुदायका मानिसहरुले शिकार
इटहरी । झापा गोल्डकपको अध्यक्षमा केदार गिरी सर्वसम्मत चयन हुनुभएको छ । बुधवार अध्यक्ष गिरीसँगै अन्य पदहरुमा पनि सर्वसम्मत नेतृत्व चयन भएको हो । झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष बलराम कार्की र कोषाध्यक्ष गिरीले उम्मेदवारी दिनुभएको थियो । कार्कीले उम्मेद्वारी फिर्ता लिएपछि गिरी सर्वसम्मत हुनुभएको हो । यसैगरि वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की पर्वत सचिवमा बुद्ध तामाङ, सहसचिवमा विष्णु सिग्देल र कोषाध्यक्षमा चन्द्रमणि कट्टेल सर्वसम्मत हुनुभएको छ । त्यस्तै सदस्यहरुमा श्याम श्रीवास्तव, किरण थ
इटहरी / इटहरीमा दोस्रो संस्करणको सगरमाथा खुल्ला राष्ट्रिय र्याङकीङ ब्याडमीन्टन प्रतियोगीता आयोजना हुने भएको छ । सुनसरी व्याडमीन्टन एकेडेमीको आयोजनामा यही माघ १६ गतेदेखी १९ गतेसम्म एकेडेमीकै कभर्ड हलमा प्रतियोगीता आयोजना हुने भएको हो । विभीन्न १५ विधाका विजेताहरलाइ ६ लाख ५६ हजार नगद पुरस्कार राशीको व्यवस्था रहेको जनाइएको छ । जुनीयर खेलाडीहरुलाइ प्रोत्साहन गर्नु नै प्रतियोगीताको मुल उद्धेश्य रहेको जनाइएको छ । १५ विधामा आयोजना हुन लागेको यो प्रतियोगीता नेपालकै सबैभन्दा धेरै विधाहरु संलग्न प्रतियोगीता भएको आयोजकको दाबी छ । प्रतियोगीतामा ३ विभागीय टोली सहित ६० जिल्लाका खेलाडीहरुको सहभागीता रहन
काठमाडौं । काठमाडौं जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको अदालतका कर्मचारीले जानकारी दिए । यसअघि, कास्की जिल्ला अदालतले २५ पुसमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.