All Posts By कोशी प्रेस

    Showing ८,१६१-८,१७० of १३,७४३ items.
  • सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द

    इटहरी ।  जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् । जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन । तीमध्ये ९३ विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएका हुन् । आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भन

    • प्रकाशित मितिः पुस २९, २०८१
    • १५५ पटक पढिएको
  • इनरुवामा संयुक्त रूपमा भीड नियन्त्रण सम्बन्धी डेमो प्रस्तुत

    इटहरी । सुनसरीको इनरुवा नगरपालिका १ स्थित खेल मैदानमा संयुक्त रूपमा भीड नियन्त्रण सम्बन्धी डेमो प्रस्तुत गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको विशिष्ट अतिथ्यतामा भएको डेमोस्ट्रेशन भएको हो । उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले हुलदंगा, बन्द हड्ताल, तालाबन्दी, आगजनी, तोडफोड, अवरोध लगायतका भीडलाई व्यवस्थापन तथा नियन्त्रण गर्न संयुक्त रूपमा डेमोस्ट्रेशन गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला सुरक्षा समिति सुनसरीक

    • प्रकाशित मितिः पुस २९, २०८१
    • १९७ पटक पढिएको
  • झापामा पहिलो पटक एमबीबीएस पठनपाठन सुरु, शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ युगको थालनी

    इटहरी । झापामा चिकित्सा शास्त्रको स्नातक तह ९एमबीबीएस०को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरु गरेको हो । काठमाडौं विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ । प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको

    • प्रकाशित मितिः पुस २९, २०८१
    • २९५ पटक पढिएको
  • कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको राष्ट्र बैङ्कको निष्कर्ष

    काठमाण्डौ । बढ्दो बसाइँसराइ र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रम बढेपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९र८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ५५ प्रतिशतले घटेको उल्लेख छ । कृषि भूमि घटन जाँदा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसारलगायत बालीले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल कम भएको हो । कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफलमध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ३०३ पटक पढिएको
  • स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणस् रवि लामिछाने थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं अदालतमा उपस्थीत गराइएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा आइतबार नै बयान सकिएपनि थुनछेक बहसका लागि लामिछानेलाई प्रहरीले सोमबार काठमाडौं अदालतमा उपस्थीत गराएको हो । लामिछानेलाई अदालत उपस्थीत गराएसंगै थुनछेक बहस समेत सुरु भएको छ । प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ४४ जनाविरुद्ध  मुद्दा दर्ता गरेको थियो । उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ

    • प्रकाशित मितिः पुस २९, २०८१
    • २३८ पटक पढिएको
  • अरुण गाउँपालिका २ र ३ मा हजारेखोला छोक्ला छरछरे खानेपानी आयोजना सर्वेक्षण

    भोजपुर | अरुण गाउँपालिका वडा नम्बर २ र ३ मा हजारेखोला छोक्ला छरछरे बृहत खानेपानी आयोजनाको घरधुरी सर्वेक्षण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। अब आजदेखि वडा नम्बर १ मा सर्वेक्षण कार्य सुरु भएको छ।सर्वेक्षणमा सहभागी प्राविधिकहरूलाई सही विवरण उपलब्ध गराउन गाउँपालिकाले सम्पूर्ण स्थानीयहरूलाई आग्रह गरेको छ। यदि वडा नम्बर २ र ३ मा कुनै घरधुरी छुट भएको भए ती घरधुरीको नाम टिपाई दिन आग्रह गरिएको छ।हालका लागि यो आयोजना वडा नम्बर १, २ र ३ मा सञ्चालन हुनेछ। यस आयोजनाबाट ती वडाका स्थानीयहरूले स्वच्छ र सहज खानेपानी सेवाको लाभ उठाउन सक्ने विश्वास व्यक्त गरिएको छ।

    • प्रकाशित मितिः पुस २८, २०८१
    • १३७ पटक पढिएको
  • रवि लामिछानेको थुनछेक बहस सकिएन, प्रहरीको जिम्मा लगाइयो

    काठमाण्डौ  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायीक हिरासतमा पठाइएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतमा बयान सकिए पनि थुनछेक बहस नसकेपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो ।  काठमाडौं जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको हो । सोमबार देखि थुनछेक बहस हुने काठमाडौं अदालते जनाएको छ । त्यसअघि आइतबार बिहानै लामिछाने अदालत हाजिर हुनुभएको थियो । प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका

    • प्रकाशित मितिः पुस २८, २०८१
    • २७८ पटक पढिएको
  • भरुवा बन्दुक सहित पाँचजना पक्राउ

    इटहरी। सुनसरीमा भरुवा बन्दुकसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१३ का ३५ वर्षीय ज्योतिष चौधरीलगायत व्यक्तिहरू छन् । पक्राउ पर्ने अरू व्यक्तिमा कारमा सवार सुनसरीकै रामधुनी नगरपालिका–७ का ३३ वर्षीय सन्जु राई, ३१ वर्षीय विनयराज धामी, २८ वर्षीय दिवश माझी र मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का ४१ वर्षीय मेहरमान भुजेल छन् । धरान उपमहानगरपालिका–१९, हरियाली चारकोसे जंगलबाट शनिबार ९हिजो० राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । उनीहरूका साथबाट एकथान भरुवा बन्दुक, त्यसमा लाग्ने फलामका गोली तीन, टोटा बन्दुकका गोली दुई, बारुद र खुकुरी

    • प्रकाशित मितिः पुस २८, २०८१
    • २६० पटक पढिएको
  • कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा हिउँदे आगन्तुक जलपन्छीको गणना सुरु

    इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा हिउँदे आगन्तुक जलपन्छीको गणना सुरु भएको छ । आरक्ष क्षेत्रको सप्तकोशी नदी क्षेत्रमा ३८ औँ जलपन्छी गणना सुरु भएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।  कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पानीमा आश्रित चराको गणना पाँच दिनसम्म गर्ने कार्यक्रम अनुसार सप्तकोशी नदीको चतरा क्षेत्रबाट गणना सुरु गरिएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच दिनसम्म आरक्ष क्षेत्रमा रहेको नदी क्षेत्र र तालमा पाइने चराको गणना गरिने छ । चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलले प्रत्येक वर्ष

    • प्रकाशित मितिः पुस २८, २०८१
    • २०४ पटक पढिएको
  • कोशी प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस

    इटहरी । कोशी प्रदेश सरकारले माघ ७ गतेका लागि प्रदेशसभाको छैठौं अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चार महिनापछि माघ ७ गतेबाट अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले प्रदेशसभाको माघ ७ गते सोमबार दिउँसो २ बजे बस्नेगरी बैठक आव्हान गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभयो । प्रदेशसभाको बजेट अधिवेशन असोज पहिलो साता अन्त्य भएपछि चार महिना संसदीय गतिविधि करिब ठप्पजस्तै रहेको थियो । यद्यपि यसबिचमा प्रदेशसभा अन्तर्गतका समितिहरुको केही बैठक बसेका थिए । आउँदो

    • प्रकाशित मितिः पुस २८, २०८१
    • २६१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]