All Posts By कोशी प्रेस

    Showing ८,२०१-८,२१० of १३,७४३ items.
  • झापामा सीमास्तम्भ मर्मत गरिँदै

    इटहरी ।  झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । मेचीनगनर नगरपालिका–१५ सिसुवाडाँगीस्थित सानो सीमास्तम्भ नं ९५र१२ बाट मर्मतसम्भार कार्य थालिएको उहाँले बताउनुभयो । झापामा भारतसँग नेपालको सीमा जोडिएको एक सय ४४ दशमलव दुई किलोमिटर क्षेत्रअन्तर्गत रहेका एक सय सात सीमास्तम्भ मर्मतसम्भार गरिनेछन् । सशस्त्र प्रहरीसँगै जिल्ला प्रशासन कार्यालय,

    • प्रकाशित मितिः पुस २६, २०८१
    • २०७ पटक पढिएको
  • अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

    इटहरी । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ । त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कुटीबाट विद्युत् गृह जाने २४ किलोमिटर प्रवेशमार्गको पाँच सय २४ रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी रु ११ लाख ७५ हजारका दरले तोकेको थियो । प्रशासनको धरौटी खातामा पीडितका लागि ‘अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेड’ले

    • प्रकाशित मितिः पुस २६, २०८१
    • १६२ पटक पढिएको
  • धान नाचको स्तम्भ स्थापना

    इटहरी। ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू जातिको संस्कृति झल्कने धान नाचको स्तम्भ ताक्वाचङ याःराक्मा तेन स्थापना गरिएको छ । सदरमुकाम फुङ्लिङको तोक्मेडाँडास्थित हटिया लाइनमा स्तम्भको स्थापना गरिएको हो । धान नाच स्तम्भको बिहीबार उद्घाटन गरिएको छ । किराँत याक्थुङ चुम्लुङको सङ्घीय अध्यक्ष प्रेम येक्तेनले स्तम्भको उद्घाटन गर्नुभएको छ । किराँत याक्थुङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्तम्भ निर्माणसँगै स्थापना गरेको हो । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङ्बोका धान नाच स्तम्भ ९प्रतिमा० स्थापनाका लागि करिव ८० लाख रुपियाँ लगानी भएको छ ।

    • प्रकाशित मितिः पुस २६, २०८१
    • १२७ पटक पढिएको
  • भोजपुरको चखेवामा सांस्कृतिक, पर्यटन तथा कृषि मेलामा कृषकलाई सम्मान गर्ने

    भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम भ्रमण वर्ष २०२५ को अवसरमा सांस्कृतिक, पर्यटन तथा कृषि मेला आयोजना गर्ने भएको छ। मेला यहि माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने जनाइएको छ। नेपाल सरकारले उत्कृष्ट १०० गन्तव्यहरूको सूचीमा समावेश गरेको यस क्षेत्रमा पर्यटकीय गतिविधिलाई थप प्रोत्साहन गर्न र कृषि तथा सांस्कृतिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो।मेलाको पहिलो दुई दिन, माघ १ र २ गते, विशेष कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना हुनेछ। यस कार्यक्रमले कृषकहरूको आय आर्जन वृद्धि गर्न, व्यावसायिक खेतीतर्फ आकर्षित गर्न, र कृषि पेशालाई सम्मानित गर्न योगदान दिने लक्ष्

    • प्रकाशित मितिः पुस २६, २०८१
    • ६२७ पटक पढिएको
  • परीक्षा पत्र नेपाली र अंग्रेजीमा उपलब्ध गराउन माग गर्दै पू.वी केन्द्रिय कार्यालयमा संयुक्त विज्ञप्ती बुझाए

    विराटनगर | पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणालीलाई न्यायसंगत र समावेशी बनाउन माग गर्दै अनेरास्ववियु, ने.वि.संघ, र अखिल (क्रान्तिकारी) ले संयुक्त रूपमा परीक्षा पत्र नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउन विज्ञपति बुझाएका छन्। बिहीबार पूर्वान्चल विश्वविद्यालय "कलेज अफ ल"का विद्यार्थीहरूको तर्फबाट प्रस्तुत गरिएको यो मागलाई विश्वविद्यालय केन्द्रीय कार्यालय सुन्दरहरैंचाका उपकुलपति प्राध्यापक डा. बिजु कुमार थपलियासमक्ष बुझाइएको हो।विद्यार्थी संगठनहरूले परीक्षा प्रणाली सबैका लागि सहज र समावेशी बनाउन लामो समयदेखि उठ्दै आएको भाषा सम्बन्धी समस्याको समाधान गर्न तत्काल कदम चाल्न आग्रह गरेका

    • प्रकाशित मितिः पुस २६, २०८१
    • ६५३ पटक पढिएको
  • कोशीकै लामो झोलुङ्गे पुलको उद्घाटन

    इटहरी । कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन भएको छ। झापा क्षेत्र नम्बर १ का सांसद तथा  नेपाली कांग्रेसका महामन्त्री  विश्वप्रकाश शर्माले बिहीबार उक्त पुलको उद्घाटन गर्नुभएको हो। झापाको  बुद्धशान्ति गाउँपालिका ६ र ७ नम्बर वार्डलाई जोड्ने स्थानीय टिमाई खोलामा बनेको उक्त झोलुङ्गे पुलको शिलान्यास समेत विश्वप्रकाश शर्माले ५ महिना पहिले गर्नुभएको थियो। स्थानीय वडा नम्बर ६ र ७ जोड्ने गरी टिमाई खोलामा बनेको सो पुलको लम्बाइ ४७७ मिटर लामो छ भने यसको निर्माणमा पाँच करोड ९८ लाख ७६१ रुपियाँ खर्च भएको छ । पुल उदघाटन कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं लगाय

    • प्रकाशित मितिः पुस २५, २०८१
    • ३२८ पटक पढिएको
  • हवाइ फायर गरि गाँजा ओसारपसारमा संलग्न ६ जना पक्राउ, दुई जना फरार

    इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ चाँदीबजारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा सहित ६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । बिहीबार बिहान साढे ४ बजेतिर प्रहरी नायब निरीक्षक रमेश प्रधानको नेतृत्वमा खटिएको टोलीले चाँदीबजारबाट धरानतर्फ जाँदै गरेका मोटरसाइकल सवारहरुलाई चेकजाँच गर्ने क्रममा करिब एक सय २० किलो गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले घटनास्थलबाट ५ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा प्रहरीले एसएलआर राइफलबाट एक राउण्ड हवाई फायर समेत

    • प्रकाशित मितिः पुस २५, २०८१
    • २८१ पटक पढिएको
  • मोरङको सुन्दरहरैँचामा चार सिलिन्डर बम फेला, नेपाली सेना डिस्पोजमा खटियो ।

    मोरङ । सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती पुलनजिकै चारवटा सिलिन्डर बम फेला परेको छ ।बम रहेको खबर सार्वजनिक भएपछि नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा परिचालित भएको थियो । खोजतलासका क्रममा मालती पुलबाट करिब १० मिटर पश्चिमतर्फ सुरुङभित्र गाडिएको अवस्थामा बिहीबार दिउँसो ती बम फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार, ती बम माओवादी द्वन्द्वकालमै राखिएको आशंका गरिएको छ । बमको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घटनास्थल आसपास करिब दुई किलोमिटर क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । स्थानीय प्रशासनले बमका कारण राजमार्ग विस्तार कार्यमा चुनौती देखा परेप

    • प्रकाशित मितिः पुस २५, २०८१
    • ३९१ पटक पढिएको
  • प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा

    इटहरी। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो । प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बने

    • प्रकाशित मितिः पुस २५, २०८१
    • २६७ पटक पढिएको
  • प्याब्सन इलाममा पहिलो महिला नेतृत्व

    इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० इलामको अध्यक्षमा नुनुमा राई चयन हुनुुभएको छ । राईलाई चयन गरेसँगै प्याब्सन इलामले पहिलो पटक महिला नेतृत्व पाएको हो । दशौं अधिवेशनले राईलाई अध्यक्षमा चयन गरेको छ । आज सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा छवि लम्साल, उपाध्यक्षमा टेकेन्द्र बस्नेत, सचिवमा विकास राई, सह–सचिवमा बुद्ध राई र कोषाध्यक्षमा विष्णुु गड्र्तौला चयन हुनुभएको छ । सदस्यहरु भने भूूगोलबाट आउने जनाइएको छ । सर्वसम्मत ढंगले नेतृत्व चयन गरिएको प्याब्सन इलामका पूूर्व अध्यक्ष विकास कर्मचार्यले बताउनुभयो । निर्वाचित भएपछि अध्यक्ष राईले निजी विद्यालयले दिंदै आइरहेको गुणस्तरीय शिक्षा

    • प्रकाशित मितिः पुस २५, २०८१
    • १८८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]