All Posts By कोशी प्रेस

    Showing ८,७८१-८,७९० of १३,७४३ items.
  • नेकपा एमाले जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न

    संखुवासभा / नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । एमाले जिल्ला अध्यक्ष खड्ग बहादुर राईको अध्यक्षतामा आईतबार सम्पन्न बैठकमा स्थाई समिती सदस्य तथा कोशी प्रदेश ईन्चार्ज शेरधन राई प्रमुख अतिथी रहनु भएको थियो । बैठकको उद्घाटन गर्दै प्रमुख अतिथी राईले पार्टीका कोही कार्यकर्ता जिम्मेवारी बिहिन नरहने बताउनु भयो । राईले यो बर्ष 'पार्टी सुदृढिकरणको बर्ष' रहेको बताउंदै सबै कार्यकर्तालाई बिधि निती पद्धती र नेतृत्वको लाईनमा रहन आग्रह गर्नुभयो । वहाँले पार्टी सदस्य र कार्यकर्ताहरुले गर्न हुने र नहुने कामबारे जानकारी गराउंदै राष्ट्रिय सङ्कल्प र मिसनमा एकढिक्का भएर ला

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • २७३ पटक पढिएको
  • इटहरीमा सुविधा सम्पन्न होटेल काव्य वाटिका एन्ड लज सञ्चालनमा

    इटहरी / इटहरीमा सुविधा सम्पन्न होटेल काव्य वाटिका एन्ड लज सञ्चालनमा आएको छ ।  इटहरी उपमहानगरपालिका ५ स्थित पचरूखि चोकबाट दुई किलोमिटर उत्तर र वडा कार्यालय नजिक होटेल काव्य वाटिका सञ्चालनमा आएको हो । इटहरीका युवा व्यवसायी रोशन बस्नेतको १ करोड ८० लाख रुपैयाँको लगानीमा भदौ पहिलो साताबाट होटेल सञ्चालनमा ल्याइएको जनाइएको छ । इटहरी चौकको कोलाहलदेखि केही पर र शान्त वातावरणमा खान र बस्ने सुविधा रहेको होटेलमा ७ वटा एटेज बाथरुमसहितको एसी रुम रहेका छन् । साथै छुटाछुटै बसेर खानको लागि आकर्षक कटेजहरु समेत छन् । पेय पदार्थको लागि बार र रेस्टुरेन्टको सुविधा रहेको छ । होटेलमा ५० जना हटाउने

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • ६११ पटक पढिएको
  • गण्डकीमा एमाले सरकारमा सहभागी, चार मन्त्रीले लिए शपथ

    काठमाडौं / गण्डकी प्रदेश सरकारमा एमाले सहभागी भएको छ। सोमबार एमालेका चार मन्त्रीले मन्त्रीको शपथ लिएसँगै एमाले गण्डकी प्रदेशमा सरकारमा गएको हो।गण्डकीमा कांग्रेसले मुख्यमन्त्री सहित ५ र एमालेले ४ मन्त्रालय लिएका छन्। यस अघि ७ मन्त्रालय रहेकोमा एमालेलाई सहभागी बनाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार मन्त्रलय फुटाएर ७ बाट ९ बनाएका थिए।एमालेबाट पद्मा जिसी श्रेष्ठ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, कृष्ण पाठक स्वास्थ्य मन्त्री, मित्रलाल बस्याल उद्योग तथा पर्यटन मन्त्री र प्रकाशबहादुर अधिकारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरुले सोमबार दिउँसो श

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • २१९ पटक पढिएको
  • कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार निरन्तर

    विराटनगर / कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा कार्यक्रम निरन्तर रहेको प्रस्ट्याएको छ ।मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै बालबालिकाहरूको निःशुल्क उपचार सेवा रोकिएको भन्ने भ्रामक समाचारहरू आइरहेको भन्दे यो सेवा निरन्तर रहेको जानकारी दिएको हो ।भ्रमपूर्ण समाचारहरू सामाजिक सञ्जालमा आइरहेकोप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यो आर्थिक वर्षका लागि चार करोड २९ लाख रुपैयाँ १० वर्षमुनिका बालबालिकाहरूको निःशुल्क उपचारका लागि विनियोजन भएको विज्ञप्तिमा उल्लेख छ ।प्रदेश मातहतका सबै अस्पतालबाट सो सेवा लिन सकिने मन्त्रालयका प्रवक्ता डा. सुरे

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • २३१ पटक पढिएको
  • इटहरीका मेयर पौडेल भन्छन् – ‘भ्रष्टाचार प्रमाणित गरे सासंदको घरमा घरेलु कामदार भएर बस्छु

    इटहरी / इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले विद्युतीय नगरबस तथा स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको भन्ने सार्वजनिक अभिव्यक्ति दिनेहरूलाई तथ्यहीन आरोप लगाउनुको साटो विधिसम्मत रूपमा छानबिन गरी दोषी प्रमाणित गर्न चुनौती दिएका छन्।गत बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले प्रतिनिधिसभामा र एमाले कोशी प्रदेशकी सांसद मीना श्रेष्ठले यसबारे कुरा उठाएका थिए।तर, मेयर पौडेलले आरोप लगाउने सांसदलाई चुनौती दिदैँ भने, ‘छानबिन गराउ, दोषी प्रमाणित गर, त्यो दिन सांसदहरूको घरमा घरेलु कामदार बन्न तयार छु ।’जिम्मेवार जनप्रतिनिधिहरूले तथ्यहीन विषयमा अभिव्यक्ति दिएर सदनकै गरिमा होच्याएक

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • २९४ पटक पढिएको
  • उद्योग क्षेत्रको विकासका लागि सरकारको सक्रियता अपरिहार्य : मा. ऋषिकेश पोखरेल

    इटहरी / नेपाल उद्योग परिसंघ सुनसरीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। संघीय संसद तथा नेपाल सरकारका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको प्रमुख अतिथ्यता तथा परिसंघका अध्यक्ष अनिल अग्रवालले अध्यक्षतामा इटहरीमा भएको कार्यक्रममा उद्योग क्षेत्रका महत्वपूर्ण हस्तीहरूलाई एउटै मञ्चमा उभ्याउँदै, परिसंघले आफ्नो आगामी रणनीतिहरू र योजनाहरू अगाडि सारेको छ। कार्यक्रममा उद्योग परिसंघ सुनसरीका ५१ जना सस्थापक आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।कार्यक्रममा बिशिष्ट अतिथि परिसंघका केन्द्रीय अध्यक्ष राजेश अग्रवाल, केन्द्रीय उपाध्यक्ष भिम घिमिरे, कोशी प्रदेश अध्यक्ष पवन सारडा, दुहवी नगर

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • ६०० पटक पढिएको
  • आर्थिक क्रियाकलाप सञ्चालन गर्ने संस्थालाई जिम्मेवार बनाउनुपर्छः पूर्वमन्त्री चौधरी

    सुबास घिमिरे / सुनसरी, १६ भाद्र । पूर्व मन्त्री तथा सांसद् भगबती चौधरीले आर्थिक क्रियाकलाप सञ्चालन गर्ने बैंक, बित्तिय संस्था तथा सहकारी संस्थालाई जिम्मेवार बनाउनुपर्ने बताएकि छन् । टोलविकास लघुउद्यम सहकारी संस्था इटहरीको १४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री चौधरीले त्यस्तो बताएकि हुन् । सुनसरी ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरीले आर्थिक क्रियाकलाप गर्ने बैंक, बित्तिय संस्था तथा सहकारीलाई समुदायप्रति जिम्मेवार हुनेखालका नियम कानूनहरू लागू गर्नुपर्ने बताइन  । ‘आर्थिक क्षेत्रमा काम गर्नेहरूलाई जिम्मेवार बनाउनुपर्छ । तर सबैलाई एकै नजरले हेर्न हुँदैन’, उनले भने, ‘

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • ४४६ पटक पढिएको
  • नेपाल उद्योग परिसंघ सुनसरीको प्रथम वार्षिक साधारणसभा सम्पन्न

    इटहरी / उद्योग परिसंघ सुनसरीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। उद्योग क्षेत्रका महत्वपूर्ण हस्तीहरूलाई एउटै मञ्चमा उभ्याउँदै, परिसंघले आफ्नो आगामी रणनीतिहरू र योजनाहरूलाई स्पष्ट रूपमा अगाडि सारेको छ। कार्यक्रममा संघीय संसद सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल प्रमुख अतिथि रहनुभएको थियो भने अध्यक्षता परिसंघका अध्यक्ष अनिल अग्रवालले गर्नुभयो।कार्यक्रममा अध्यक्ष अनिल अग्रवालले नेपाल उद्योग परिसंघ सुनसरीको लक्ष्य र आगामी दिनमा गर्ने योजनाहरूको बारेमा जानकारी दिनुभयो। उहाँले उद्योगहरूको संगठनले मात्र होइन, यसले समग्र उद्योग क्षेत्रको प्रवर्द्धन र विस्तारमा खेल्ने भूमिकालाई पनि उजागर

    • प्रकाशित मितिः भदौ १५, २०८१
    • ४४८ पटक पढिएको
  • संगीत प्रतिष्ठान टोल विकास संस्थाद्वारा तीज विशेष कार्यक्रम

    इटहरी / इटहरीमा संगीत प्रतिष्ठान टोल विकास संस्थाले तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।  कार्यक्रममा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहनुका साथै, सांस्कृतिक पर्व तीजलाई अझ भव्य रूपमा मनाउने र यसको मौलिकता जोगाउने उद्देश्यले विभिन्न गतिविधिहरूको आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता संगीत प्रतिष्ठान टोल विकास संस्थाका अध्यक्ष विकाश भण्डारीले गरेका थिए, जसले संस्थालाई सामाजिक सेवामा समर्पित संस्थाका रूपमा उचालेका छन्।कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी निवर्तमान उपमेयर मञ्जु भण्डारीले तीज पर्वको सांस्कृतिक महत्त्व र यसले महिलाहरूलाई सशक्तिकरण गर्ने भूमिका बारे

    • प्रकाशित मितिः भदौ १५, २०८१
    • ७१७ पटक पढिएको
  • सुन्दरहरैँचाका दुई बालिका केराबारीमा मृत अवस्था फेला

    सुन्दरहरैँचा /  मोरङमा एकै घरका दुई बालिका मृत अवस्थामा केराबारीमा फेला परेका छन् । अर्जुन कार्कीका तीन वर्षीया र डेढ वर्षीया छोरी मृत अवस्थामा फेला परेका हुन् ।स्थानीयका अनुसार मृत बालिकाकी आमा र बालिकाहरु हिजो बेलुकादेखि सम्पर्कविहीन भएका थिए । आज साँझ ५ बजे स्थानीयले केराबारीमा घाँस काट्ने क्रममा बालिकाहरुलाई मृत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।प्रहरीका अनुसार अँगालो हालेको अवस्थामा फेला परेका उनीहरुको छेउमा विषादीको बट्टा पनि भेटिएको छ । घटनाको अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १५, २०८१
    • १९३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]