इटहरी / उद्योग परिसंघ सुनसरीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। उद्योग क्षेत्रका महत्वपूर्ण हस्तीहरूलाई एउटै मञ्चमा उभ्याउँदै, परिसंघले आफ्नो आगामी रणनीतिहरू र योजनाहरूलाई स्पष्ट रूपमा अगाडि सारेको छ। कार्यक्रममा संघीय संसद सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल प्रमुख अतिथि रहनुभएको थियो भने अध्यक्षता परिसंघका अध्यक्ष अनिल अग्रवालले गर्नुभयो।

कार्यक्रममा अध्यक्ष अनिल अग्रवालले नेपाल उद्योग परिसंघ सुनसरीको लक्ष्य र आगामी दिनमा गर्ने योजनाहरूको बारेमा जानकारी दिनुभयो। उहाँले उद्योगहरूको संगठनले मात्र होइन, यसले समग्र उद्योग क्षेत्रको प्रवर्द्धन र विस्तारमा खेल्ने भूमिकालाई पनि उजागर गर्नुभयो। उहाँका अनुसार, परिसंघले औद्योगिक विकासलाई मात्र होइन, उद्यमशीलतालाई पनि सशक्त बनाउने योजना बनाएको छ, जसले उद्योग क्षेत्रलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिनेछ।

FB_IMG_1725208020679

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले आफ्नो सम्बोधनमा उद्योगीहरूलाई केवल व्यापारीको रूपमा सीमित नगर्न सुझाव दिनुभयो। "उद्योगीहरूलाई उद्यमशीलता विकासमा अग्रसर हुन आवश्यक छ," उहाँले भन्नुभयो, "यसका लागि प्रशासनले आवश्यक सबै प्रकारका सुरक्षा र सहयोग प्रदान गर्न सधैं तत्पर रहनेछ।" 

कार्यक्रममा नेपाल उद्योग परिसंघ सुनसरीका आजीवन सदस्यहरूलाई सम्मानस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो। यस अवसरमा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले उद्योगहरूको संगठनले खेल्ने महत्त्वपूर्ण भूमिकाबारे चर्चा गर्नुभयो। उहाँले स्थानीय उद्योगहरूको समग्र विकास र प्रवर्द्धनमा परिसंघले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।

FB_IMG_1725208016389

दुहबी नगरपालिकाका प्रमुख वेद नारायण गच्छधारले पनि आफ्नो धारणा राख्दै, स्थानीय तह र उद्योगहरूबीचको सहकार्यलाई बलियो बनाउन आवश्यक रहेको बताए। "स्थानीय सरकार र उद्योगहरूको बीचमा सहकार्य नहुँदा दीर्घकालीन विकास सम्भव हुँदैन," उहाँले थप्नुभयो।

परिसंघका वरिष्ठ उपाध्यक्ष विनोद अग्रवालले पनि उद्योगहरूको समृद्धिमा नीति निर्माताहरू र सरकारको समर्थन अपरिहार्य रहेकोमा जोड दिनुभयो। "उद्योगहरूको विकाससँगै राष्ट्रको आर्थिक वृद्धि सुनिश्चित गर्नुपर्छ," उहाँले भने।

प्रमुख अतिथि ऋषिकेश पोखरेलले उद्योग परिसंघ सुनसरीले उद्योग क्षेत्रको विकासमा आफ्नो भूमिका अझ सशक्त बनाउँदै लैजाने बिस्वास ब्यक्त गर्दै उद्योग क्षेत्रको विकासका लागि सरकारको सक्रियता अपरिहार्य रहेको बताउनुभयो त्यस्तै उद्योगहरू आर्थिक विकासका प्रमुख आधार हुन् यसैले सरकार र नीति निर्माताहरूले उद्योगहरूको समस्या समाधानमा प्राथमिकता दिनुपर्नेमस जोड दिनुभयो ।

IMG_20240831_173550

कार्यक्रमको संचालन गर्दै महासचिव दिवाकर पौडेलले आगामी दिनमा उद्योग क्षेत्रको प्रगतिको लागि अझ प्रभावकारी कदमहरू चाल्ने बताउदैं उद्यमशीलता क्षमता परिचालन गरेर राष्ट्रलाई समृद्ध बनाउन लागि पर्ने बताउनुभयो ।