All Posts By कोशी प्रेस

    Showing ९,१११-९,१२० of १३,७४३ items.
  • भोजपुरको चरम्बीमा वार्षिक समीक्षा तथा टोल विकास पुर्व योजना गोष्ठी सम्पन्न

    भोजपुर / अरुण गाउँपालिका–४ चरम्बीले आव २०८०÷०८१ को वार्षिक समिक्षा तथा टोल विकास पुर्व योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । वडाले चालु आवमा गरेका टोलको विकास, परिवर्तन, आवश्यकता तथा स्थानीयहरूको सुझाव सल्लाह गर्नका लागी टोल विकास पुर्व योजना तर्जुमा गोष्ठी आयोजना र वडाको सार्वजनिक सुनुवाइको रुपमा वार्षिक समीक्षा कार्यक्रम सञ्चालन गरेको वडा सचिव रञ्जित चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म वडाले चालु, पुँजीगत, विषयगत खर्च, अनुदान लगायत कार्यक्रमहरूको ९० प्रतिशत कार्य सम्पन्न भएको छ भने बाकी १० प्रतिशतको काम पनि अन्तिम चरणमा पुगेको छ ।वडाध्यक्ष जङ्ग बहादुर राईलेटोल विकास समिति, राज

    • प्रकाशित मितिः असार १, २०८१
    • ३८६ पटक पढिएको
  • कारसँग ठक्कर खाँदा रात्रिबस त्रिशुली किनारमा खस्यो, १७ जना घाइते

    काठमाडौं / चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र मौवाखोला बीचमा कारसँग ठक्कर खाँदा रात्रिबस त्रिशुली किनारामा खसेको छ ।इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान करिब सात बजेतिर काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ०१–०२९ च ३७२० नम्बरको कार र नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ४०६२ रात्रि बस ठक्कर खाएको थियो । बसमा ३५ जना र कारमा पाँच जना यात्रु रहेका जनाइएको छ । दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।कारमा सवार पाँच जना र बसका १२ यात्रुको उद्धार गरी चितवनका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।उनीहरुलाई चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइए

    • प्रकाशित मितिः जेठ ३२, २०८१
    • ३४० पटक पढिएको
  • सुन्दरहरैचा नगरपालिका उप प्रमुख अकली कुमारी चौधरीले अनुगमन गर्दै

    सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाका उप प्रमुख अनुगमन संयोजक अकली चौधरीले निर्माणधिन बाटो र निर्माण हुदै गरेको बाटोको अनुगमन तिब्र रुपमा गर्दै आउनु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकाले एक वर्षको अवधिमा विकास निर्माणका कामहरू मध्ये सुन्दहरैंचा नगरपालिको विभिन्न ठाउँमा निर्माणधिन बाटो तथा कामको अनुगमन संयोजक उप प्रमुख अकली चौधरी, अनुगमन सदस्य बबिता खापुङ्ख लगायत  नगरका प्राविधिक कर्मचारीहरु सहितको टोलीले  ९ नम्बर वडाको ग्राबेल बाटो र १० नम्बर वडाको ग्राबेल बाटो र निर्माण हुन लागेको पिच बाटो अनुगमन गरिएको हो । नगरका भित्री क्षेत्रका पिछडिएका क्षेत्रमा बाटो निर्माण हुदा

    • प्रकाशित मितिः जेठ ३२, २०८१
    • ४८८ पटक पढिएको
  • संखुवासभामा पहिरोले तीन घर बगायो, २५ बढी परिवार विस्थापित

    संखुवासभा | संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न ठाउँमा बाढी पहिरोले तीनवटा घर बगाएको छ । २५ बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो ।अस्ती बुधवार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । खाँदबारी नगरपालिका ५ र ६ मा आएको बाढीले कुलो बगाउँदा कम्तीमा एक सय १० परिवारलाई प्रत्यक्ष असर परेको वडा नम्बर ६ का अध्यक्ष अर्जुनकुमार तामाङले जानकारी दिए । खेतबारीमा ठूलाठूला ढुङ्गा थुप्रिएर बगरमा परिणत भएका छन् ।डुङ्डुगे आका

    • प्रकाशित मितिः जेठ ३२, २०८१
    • ४२३ पटक पढिएको
  • नेकपा एमालेले इटहरी ९ औ अधिवेशनका लागि जेष्ठ ३२ गते २० ओटै वडाको प्रतिनिधि छनोट गर्ने

    इटहरी / नेकपा एमालेले इटहरी अधिवेशनका लागि एकै दिन २० ओटै वडाको प्रतिनिधि छनोट गर्ने भएको छ ।नगर कमिटीको जेष्ठ ३० बुधबार बसेको बैठकले २०८१ असार २, ३ र ४ गते इटहरीमा हुने नगर अधिवेशनका लागि नगर भरि एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।इटहरी नगरकमिटि कार्यबाहक अध्यक्ष रूपेस बस्नेतका अनुसार जेठ ३२ गते इटहरीका सबै वडाहरूमा एकै दिन प्रतिनिधि छनोट हुनेछन् । सर्वसम्मत रुपमा प्रतिनिधि छनोट नभए निर्वाचन प्रक्रियाबाट वडाबाट प्रतिनिधि आउने बस्नेतले बताउनुभयो ।एमालेले २० सदस्य बराबर १ सदस्य रहने गरी प्रतिनिधि छनोट गर्ने नियम बनाएको छ ।  सबै वडा बाट गरी नगर अधिवेशनमा १७० जना साखा कमिटी बाट १९

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • ७७७ पटक पढिएको
  • सरकारको विपद पूर्व तयारी सन्तोषजनक भएन : सांसद भट्टराई

    काठमाडौं | सत्ता साझेदार नेकपा एमालेका सचिव एवम् सांसद योगेशकुमार भट्टराईले सरकारको विपद पूर्व तयारी सन्तोषजनक नरहेको टिप्पणी गरेका छन् ।आज (बिहीबार) को प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जलवायु परिवर्तनका कारण पूर्व अनुमान नै गर्न नसक्ने गरी मौसमहरु प्रतिकूल हुँदै जाने, त्यसको असर आम मानिसहरुमा परिरहेको बताए । उनले विपद् पूर्व तयारीबारे सरकारको तयारी सन्तोषजनक नरहेको बताए । विपद् प्राधिकरणलाई पर्याप्त बजेट नपुगेको उनले बताए । प्राधिकरणलाई वार्षिक १८ करोड रुपैयाँ छुट्याइएको र १५ करोड साधारण खर्च रहेको भन्दै प्राधिकरणले सो बजेटमा कुनै काम गर्नसक्ने अवस्था नरहेको बताए । विपद् उद्धारका लागि दक्ष जन

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • २५७ पटक पढिएको
  • सांसद बरालको प्रश्न : ९ बजेको ओपीडीका लागि बिरामीले बिहान ५ बजे नै लाइन बस्नु पर्ने ?

    काठमाडौं / सत्ता साझेदार नेकपा एमालेकी सांसद सुनिता बरालले सरकारी अस्पतालमा ‘काउन्टर’ थपेर भए पनि लामो लाइन बस्नुपर्ने अवस्था अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद बरालले टिकट लिन, रिपोर्ट लिन र डाक्टरलाई रिपोर्ट देखाउन लाइन बस्नुपर्ने अवस्था अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् ।‘सर्वसाधारणले सरकारी अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने अवस्था छ । बिहान ९ बजेको ओपीडीका लागि ५ बजेदेखि नै लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘दर्ता गर्न, रिपोर्ट लिन र रिपोर्ट देखाउन देखाउन लाइन बस्नु परेको छ ।’ बरालले भनिन््, ‘एउटै बिरामी

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • २४५ पटक पढिएको
  • साइबर ब्युरोद्वारा शोभा पाठक पक्राउ

    सुनसरी । प्रहरीको साइबर ब्युरोको टोलीले धादिङकी शोभा पाठकलाई आज पक्राउ गरेको छ ।सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी आज ललितपुरको पुल्चोकबाट पक्राउ परेकी छिन् ।पछिल्लो समय नेकपा एमालेका नेता महेश बस्नेत सहित एकपछि अर्को भीआइपीहरुसँग नाम जोडिदै आएकी शोभाको वास्तविक नाम जानुका हो । धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका ७ निवासी जानुका पाठक उर्फ ‘शोभा’ ३१ वर्र्षीया शोभाले हालसम्म चौथोपटकसम्म बिहे गरिसकेको पाइएको छ ।उनले आफ्नो लाभकै लागि विभिन्न व्यक्तिसँग सम्बन्ध जोड्ने र ब्याल्कमेल गरेर ‘हनि ट्रयाप’मा पार्ने गरेको विभिन्न प्रमाणले देखाएको

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • २७० पटक पढिएको
  • राष्ट्रिय राष्ट्रिय माध्यमिक विद्यालयमा बृहत् स्वास्थ्य परीक्षण

    इटहरी / इटहरीमा रहेको एक विद्यालयका पूर्व प्रधानाध्यापकको स्मृतिमा विद्यालयमा बृहत् स्वास्थ्य परीक्षणको आयोजना गरिएको छ ।राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एव अक्षयकोषदाता लोकेन्द्रप्रसाद अधिकारीको पहिलो वार्षिक पुण्य तिथिको अवसर पारेर विद्यालयमा अध्यनरत बाल विकास देखि १२ कक्षा सम्मका विद्यार्थीहरूको स्वास्थ्य परिक्षण गरिएको हो । जसअन्तर्गत ८२ जनाको स्वास्थ्य परीक्षण तथा १ सय ३१ जनाको दन्त परीक्षण गरिएको हो । स्वर्गीय अधिकारीको परिवारका तर्फबाट विद्यालयमा अध्ययनरत बालबालिकाहरूका लागि बाल रोग तथा दन्त सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी स

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • ४२४ पटक पढिएको
  • कोशि प्रदेश सभा सदस्य मिना श्रेष्ठले गरिन् इटहरी अस्पतालमा सामग्री वितरण

    इटहरी / कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठले इटहरी अस्पतालमा सामग्री वितरण गर्नु भएको छ ।इटहरी अस्पतालमा  कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठले स्वार्गिय बुवा मोहन बहादुर श्रेष्ठको सम्झनामा एक थान हुइल चियर प्रदान र एक थान बिरामी सुत्ने बेड गर्नु भएको छ । १ लाखको बढीको सामग्री प्रदान गरिएको हो ।  अस्पतालमा सेवा सुविधालाई सहज होस भनेर हुइल चियर प्रदान र बेड  गरिएको कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठले बताउनुभयो ।आफ्ना बुवाका लागि घरको लागि ल्याएको थिए बुवाको मृत्यु भएपछि इटहरी अस्पतालमा वितरण गरिएको उहाँले भनाइ छ । इटहरी अस्पताललाई व्यवस्थित बनाउन कोशी प्रदेश सांसदमा कुरा उठा

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • २९१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]