भोजपुर / बेलायतलाई कार्य क्षेत्र बनाउनु भएका पूर्व गोर्खा सैनिक एवम् साहित्यकार काङमाङ नरेश राईको निवन्धात्मक पुस्तक ‘पानी पतिया’ का बिषयमा भोजपुरमा परिचर्चा गरिएको छ ।प्रगतिशील लेखक संघ भोजपुरले शनिवार जिल्ला सदरमुकाममा काङमाङले गोर्खा भर्तीबारे लेखिएको ऐतिहासिक तथा अनुभूतिपरक निबन्धात्मक पुस्तका बिषयमा परिचर्चा कार्यक्रमको आयोजना गरेको हो ।लेखक काङमाङको उपस्थितीमा आयोजित परिचर्चा कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक इच्छा पूर्ण राई, पत्रकार राजन समिप र जनसांस्कृतिक महासंघ भोजपुरका अध्यक्ष बिरोध बस्नेतले पुस्तक र समेटिएका बिषयमा चर्चा गर्नु भएको थियो ।पुस्तकका बिषयमा चर्चाकारहरु
इटहरी / इटहरी उपमहानगरपालिका वडा नं ९ बिपि चौक मा उपभोक्ता स्वास्थ्य सचेतना तथा आत्मनिर्भर योजना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बिपि मार्ग टोल विकास संस्था र हेल्दी लिभिङ प्रालि को सहकार्यमा कस्तुरी कलेज भवनमा सम्पन्न भएको छ । बिपि मार्ग टोल विकास संस्थाका अध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा विपि मार्ग टोल क्षेत्रका महिला तथा पुरुष हरुको सहभागितामा भएको कार्यक्रममा हेल्दी लिभिङका थिर बहादुर चौधरी र अनुराधा चौधरीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा उपभोक्ता स्वास्थ्य सचेतनाका बिषयमा सहजिकरण भएको र यसले समाजमा स्वास्थ्य सचेतना ल्याउने स्थानिय समाजसेवी शम्भु पाण्डेले बताउ
सुनसरी / सुनसरीको इटहरीमा तीन दिने ‘इस्टर्न ट्राभल मार्ट’ शुक्रबार देखि सुरू भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा इटहरीको सोल्टी वेस्टेण्डमा कोशी प्रदेशका पर्यटन व्यवसायीको विकास तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार देखि जेठ २७ गतेसम्म उक्त मार्ट हुने भएको हो । इटहरीको आँपगाछी स्थित सोल्टी वेस्टेण्डको प्राङ्गणमा सञ्चालन भएको मार्टमा भारतको विहार, पश्चिम बङ्गाल, सिक्किम प्रान्त, भुटान र बङ्गलादेश लगायत मुलुकबाट ८० जना भन्दा बढी पर्यटक आएका थिए । विदेशी बाहेक नेपाल भित्रैबाट लुम्बिनी, बागमती, गण्डकी, मधेश र अन्य प्रदेशका ५० जना भन्दा बढी ट्राभल व्यवसायीहरूको सहभागिता रहेको थ
सुनसरी । कोशी प्रदेश सुनसरी जिल्लामा रहेको गढी गाउँ पालिकाका निर्वाचित गाउँपालिकाहरुका अध्यक्ष,उपाध्यक्ष ,जनप्रतिनिधि तथा कर्मचारी समेतकाे उपस्थितिमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक कार्यक्रम सम्पन्न भएकाे छ । करिव १०० जना भन्दा धेरैको उपस्थितिमा मिति २०८१जेष्ठ २५ गतेका दिन गढी गाउँपालिकामा सभा भवनमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्दनमा स्थानीय तहको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम गढी गाउँपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको संयुक्त आयोजनामा सम्पन्न भएकाे हाे ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इटहरी उपसचिव निरज कुम
काठमाडौँ, २५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्ने बताउनुभएको छ । महिला कानून र विकास मञ्च (एफडब्ल्यूएलडी)ले नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी उपलेख (पार्लेमो) प्रोटोकल अनुमोदन गरेको चौथो वार्षिकोत्सवको उपलक्ष्यमा पार्लेमो प्रोटोकलको कार्यान्वयन सन्दर्भमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धमा भएका पहलहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
काठमाडौं / सामाजिक कथामा आधारित चलचित्र ‘गाउँ आएको बाटो’ आज (शुक्रबार) देखि देशभर प्रदर्शनमा आएको छ । अस्ति (बुधबार) प्रिमियर शो हेरेका चलचित्रकर्मी, राजनीतिककर्मी तथा सामाजिक क्षेत्रका अगुवाहरुले चलचित्रमा वर्तमान समाजको यथार्थ चित्रण गरिएको भन्दै निर्माण टिमको प्रशंसा गरेका छन् ।नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ राई समुदायमा आधारित छ । ग्रामीण क्षेत्रमा भएको सडक विस्तारले राई समुदायको जीवनशैली र संस्कृतिमाथि पारेको प्रभावलाई चित्रण गरिएको छ ।सामाजिक रहन-सहन र स्थानीयको जीवनलाई विकाससँगै भित्रिने समस्या र त्यसले पार्ने प्रभावलाई चलचित्रमा उतारिएकाले यथार्थपरक भएको समाजशास्त्री कृ
संखुवासभा / संखुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको ज्यान गएको छ । वाङखोलाले बगाउँदा भोटखोला–२ च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।उनी कृष्ण माध्यमिक विद्यालय स्याक्सिलागोलामा कक्षा १ मा अध्ययरत थिए । लामा बुधबार दिउँसो साथीहरूसँगै विद्यालय नजिकैको वाङ खोलामा खेल्न गएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दूरीमा पर्छ ।
काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच शिष्टाचार भेटघाट भएको छ । आज मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९60 मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको बताउँदै मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गर्नुभयो । इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उहाँले नेपालको कृषिको विकासमा योगदान दिन आग्रह गर्नुभयो ।विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथ
पाँचथरको फिदिम नगरपालिले नगर क्षेत्रलाई खर र फुसको छानो मुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ। नगरपालिकाले घर नभएका तथा घर भएर पनि टिनको छानो हाल्न नसकेका घर परिवारको पहिचान गर्दै जस्तापाता वितरण कार्यलाई तीव्रता दिदैं फिदिम नगर क्षेत्रलाई खर र फुसको छानो मुक्त बनाउने नगरपालिको ‘विपन्नका साथमा नगरपालिका’ भन्ने अभियान अन्तरगत यो वर्ष सात सय ८१ बण्डल जस्तापाता खरिद गरेको नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो।उहाँका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तरगत ७ सय ८१ बण्डल जस्तापाता खरिद गरि बितरण गरिसकेको छ। आउँदो वर्ष नगर क्षेत्रमा रहेका खर वा फुसका छानो भएका घर पू
विराटनगर : कोशी प्रदेश अबको केही समयभित्रै खेलकुदमय बन्दै छ। प्रदेशका विभिन्न स्थानमा असारको सुरुवातदेखि खेलकुदका प्रतियोगिताहरु आयोजना गरिँदै छ। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने सबै प्रतियोगिताहरु असार दोस्रो साताभित्रमा सम्पन्न गर्ने तयारी छ। खेलकुदका विभिन्न १२ वटा प्रतियोगितामध्ये केही असार पहिलो साताबाटै सुरु हुने छन्। केही प्रतियोगिता असार ८ गतेपछि आयोजना गरिने छ। तर, सबै प्रतियोगिता असार १५ गतेभित्र सक्ने गरी तयारी थालिएको छ। बोर्डले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरेर कार्यतालिका सार्वजनिक गर्दै प्रतियोगिता हुने स्थानको टुंगो लागिसकेको जानकारी दिएक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.