इटहरी / पुर्वासन्ध्या भोलि अर्थात् जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर इटहरी लेडी जेसिजद्वारा जनता बहुमुखी क्याम्पस इटहरीमा विद्यार्थीहरूलाई गणतन्त्रको मर्म , वर्तमान अवस्था र यसको विषयक विमर्श गराइएको छ ।गणतन्त्र दिवसको अवसरमा इटहरी लेडी जेसिजद्वारा विद्यार्थीसँग जेसीज अन्तर्गत गणतन्त्रको मर्म , वर्तमान अवस्थाको विधार्थीलाई जानकारी गराइएको हो । कार्यक्रममा भेसजा काफ्लेले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा दिनेश पोखरेल , विनोद पौडेल , मन्दिप भट्टराई , रिता न्यौपानेले , एमएन धमलाले , राजनीति , सामाजिक घटना , गणतन्त्र लगाएतको विषयमा जनता क्याम्पसका विद्
काठमाडौं \ काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न भएको छ।भारतस्थित साउथ एशियन युनिभर्सिटीका कुलपति प्रा.डा. केके अग्रवालको प्रमुख आतिथ्यतामा ‘साधारणीकरण सञ्चार-ढाँचाको दुई दशक’ शीर्षकको अन्तर्राष्ट्रिय सङ्गोष्ठी हात्तीवन, ललितपुरस्थित स्कूल अफ आर्ट्स् परिसरमा सम्पन्न भएको हो।सङ्गोष्ठीमा अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक डा. योशिताका माइक मुख्य वक्ताका रूपमा र भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू) का पूर्वउपकुलपति प्राध्यापक बी.के. कुठियाला र एमसीयूकै वर्तमान उपकुलपति प्रा.डा. के.जी. सुरेश वक्ताका रूपमा सहभागी भएका थिए।च
इटहरी / इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले संस्थागत विद्यालयहरूलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ ।महाशाखाले एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा भर्ना भएका कूल विद्यार्थीको १० प्रतिशतका दरले छात्रवृत्ति विवरण पेस गर्न निर्देशन दिइएको हो ।सूचनामा गरिब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीको नामावली सहितको विवरण १५ दिनभित्रमा बुझाउन निर्देशन दिएको शिक्षा शाखाका प्रमुख दोर्ण दाहालले बताए । अनिवार्य रूपमा निर्देशन पालना नगरे कारबाही गरिने प्रमुख दाहालको भनाइ छ ।इटहरी उपमहानगरपालिकाले यसअघि शिक्षकको तलब सुविधा र पेसागत सुरक्षा एवम् शिक्षक-कर्मचारी
धनकुटा | नेकपा एमाले धनकुटाको अध्यक्षमा शिव आङ्ला लिम्बू निर्वाचित भएका छन् ।मतदान प्रक्रियाबाट लिम्बु अध्यक्षमा निर्वाचित भएका हुन्। लिम्बु ३ सय १४ भोटल्याएर निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी निरेन तामाङले २ सय ७ मत पाएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ निर्वाचित भएका छन् । उनले २ सय ९४ मत पाउँदा अर्का प्रतिस्पर्धी मनोज राईले २ सय ९ मत पाएका छन् ।अधिवेशनबाट सचिवमा पर्शुराम नेपाल निर्वाचित भएका छन् । नेपालले २ सय ९६ मत पाउँदा अर्का प्रतिस्पर्धी शेरबहादुर लिम्बुले १ सय ९६ मत पाएका छन् । खुला उपसचिवमा नैन विश्वकर्मा २ सय ९३ मत ल्याइ निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी गोपाल भट्टराईले १ सय ८७ मत प
दुहवी—दुहवि नगर प्रमुख बेद गछ्दारका छोरा चेतन गछ्दार लागुपदार्थ सहित बिराटनगर रानि बाट पक्राउ परेका छन् । लागुपदार्थ सहित जेष्ठ ४ गते प्रहरी चेकजाँच का क्रममा पक्राउ परेका हुन् । पक्राउ परेका गछ्दार संग भएको लागु औषधको मात्रा घटि देखाएर धरौटीमा निकाल्न शक्ति केन्द्रमा दौडधुप भइरहेको श्रोतले बताएको छ । सचिन गछ्दार नाम बताउने चेतनलाइ २ पटक म्याद थप गरेर रानि प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
दुहवी—दुहवि बजारका एक युवा लागुपदार्थ हिरोइन सहित बिराटनगर रानि बाट पक्राउ परेका छन् । लागु पदार्थ सहित जेष्ठ ४ गते प्रहरी चेकजाँच का क्रममा पक्राउ परेका युवाले आफ्नो नाम सचिन गछ्दार बताएका छन । भने उनि दुहवी हाइ प्रोफाइल नेताको छोरा रहेको बुझिएको छ । गछ्दार लाइ २ पटक म्याद थप गरेर रानि प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता ग्यानेन्द्र बस्नेतले जानकारी दिए ।
काठमाडौं / फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । घनश्याम लामिछाने निर्देशित फिल्मको ट्रेलरमा फिल्मको कथावस्तु र चरित्र चित्रणबारे केही झलक देखाउँछ ।जेठ २५ गतेदेखि रिलिज हुने ‘लण्डन टु पेरिस’को ट्रेलरमा साम्राज्ञी शाह र गरिमा शर्मा छन् । उनीहरूसँग डेब्यु अभिनेता निश्चल खड्काले निर्वाह गरेको पात्रसँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई दर्शाएको छ । गरिमाको पनि यो डेब्यु फिल्म हो ।फिल्मको कथा यात्राको क्रममा हुने प्रेम हो । पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धीको पनि अभिनय छ ।एबी इन्टरनेसनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्
भोजपुर | भोजपुरलाई छोटो दुरीमा खोटाङ सदरमुकाम दिक्तेल जिल्लासँग जोडने कोट–पाँचधारे सडक खण्ड स्तरोन्नती थालिएपछि स्थानीय उत्साहित भएका छन् । वर्षातको समयमा बढी मात्रामा समस्या हुने टेम्केमैयुङ गाउँपालिका ६ कोट क्षेत्रको करिव सात किलोमिटर सडक स्तरोन्नती थालिएपछि स्थानीय खुसी भएका हुन् ।सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राबेल गर्ने लगायतको काम भईरहेको छ । सडक स्तरोन्नती थालिएपछि कृषि उपजको बजारीकरणसँगै आवतजावतमा सहजता हुने स्थानीयबासी हरिकुमार राईले बताए ।सडक स्तरोन्नती नहुँदा विगतका वर्षहरुमा वर्षातको समयमा धेरै समस्या हुने गरेको स्थानीयबासी तथा व
इटहरी / इटहरी वडा नम्बर २ स्थित उपकार मेडिसिन एण्ड स्वास्थ्य उपचार क्लिनिकले आयोजना गरेको निःशुल्क थाइराइड , सुगर र प्रेसर जाँचमा ८ सय ७० जना बढीले सेवा लिएका छन् ।विश्व थाइराड दिवसको अवसर पारेर इटहरी २ बरगाछि स्थित उपकार मेडिसिन एण्ड स्वास्थ्य उपचार क्लिनिकको आयोजना र NOVATECH Superspeciality Diagnostic Service को प्राविधिक सहयोगमा निःशुल्क थाइराइड , सुगर र प्रेसर जाँचमा ८ सय ७० जना बढीले सेवा लिएका छन् ।नागरिकलाई स्वास्थ्यबारे सचेत बनाउँदै सामाजिक उत्तरदायित्व वहन गर्न शिविर आयोजना गरिएको उपकार मेडिसिन सेन्टरका सञ्चालक कूलबहादुर कार्कीले बताए । रोग लाग्नुभन्दा अगावै आफ
दुवही सुनसरी / २०७४ सालमा विजय गच्छादरको लोकतान्त्रिक पार्टिवाट स्थानिय विकास राज्यमन्त्रि वन्नु भएका सुमित्रा चौधरी दर्जनौ कार्यकर्ता सहित नेकपा एमालेमा प्रवेश प्रवेस गर्नु भएको छ । सुनसरीको दुवही फरवार्ड हलमा अयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपि ओली र नेपाल कम्युनिष्ट पाटी एमाले केन्द्रिय सदस्य भगवति चौधरीको को हातवाट टिका लगाएर चौधरी सहित कार्यकर्ता एमालेमा प्रवेस गर्नु भएको हो । लोकतान्त्रिक पार्टि नेपाली काग्रेशमा विलय भएपछि काग्रेंसमा सक्रिय रहेकि चौधरीले पार्टि भित्र चरम कुटवन्दि र परिवारवाद भएकाले आफु नेपाली काग्रेश त्यागे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.