इटहरी / दर्पण क्लब इटहरीले बृहत रक्तदान कार्यक्रममा सम्पन्न गरेको छ । इटहरी १७ बालग्राममा भएको कार्यक्रम रूपेश भट्टराईको अध्यक्षता तथा समाजसेवी राजकुमार गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा को सहकार्य तथा जिल्ला रेडक्रस सोसाइटी सुनसरी शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेको कार्यक्रम सम्योजक रूपेश भट्टराईले बताए ।इटहरी क्षेत्रमा सामाजिक कार्यहरूमा सकृय संस्थाको रुपमा रहेको दर्पण क्लब इटहरीले उदाहरणीय कार्यहरुमा लागेको र यस्तै सामाजिक कार्यमा लागिरहनु पर्ने प्रमुख अतिथि गिरीले बताए ।
भोजपुर / भोजपुरको अरुण गाउँपालिकाले नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गरेको छ ।गाउँपालिकाका अध्यक्ष सालिकराम खत्री, संविधान सभा सदस्य लोकमणि ढकाल र उपाध्यक्ष विनीता ढकालले एकसाथ नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गरेका छन् ।गाउँपालिकाको केन्द्र प्याउलीस्थित स्वास्थ्य चौकीसँग जोडिएको जग्गामा पालिकाको १ करोड ९९ हजार ८ सय ४३ रुपियाँ लागतमा भवन निर्माण भएको थियो । गत जेठ २ गतेबाट मिडहिल कन्स्ट्रक्सन प्रालिले निर्माण कार्य सुरुगरी गत मङ्सिरमा काम सम्पन्न पश्चात् पालिकालाई चाबी हस्तान्तरण गरेपछि गाउँपालिका प्रशासनिक ट्रस भवन उद्घाटन गरेको गाउँपालिका प्रशासकीय अधिकृत मणीराम खतिवडाले बत
मोरङ / नेकपा एमालेले प्रदेश अधिवेशनपछि भूमिकाबिहीन बनेका पाँच प्रदेशका पूर्व अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।शुक्रबार पार्टी कार्यालयमा बसेको एमालेको सचिवालय बैठकले प्रदेशका पाँच पूर्वअध्यक्षसहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।एमालेका महासचिव शंकर पोखरेलले दिएको जानकारी अनुसार कोशीका पूर्वअध्यक्ष तुलसी न्यौपाने, बागमतीका केशव पाण्डे, कर्णालीका विनोद शाह, सुदुरपश्चिमका दामोदर भण्डारी र मधेशका रामअवतार यादव केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।बैठकले एमाले झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकामा आगामी माघ १ गतेबाट पौवादुङमा गोल्डकप फुटवल तथा माघी मेला आयोजना गरिएको छ ।पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद क्षेत्रको बिकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक गोल्डकप फुटवल प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिकाको केन्द्र वडा नम्वर तीनमा रहेको रंगशालामा हुने प्रतियोगिता अन्तर्गत पुरुष तर्फको बिजेता टिमले नगद तीन लाख र उपबिजेताले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।यस्तै महिला तर्फको बिजेता टिमले नगद ६० हजार र उपबिजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानका
मोरङ / मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको न्यू जनएकता बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अबसर पारेर ज्येष्ठ नागरिकहरुालई सम्मान गरिएको छ । संस्थामा आबद्ध ३० जना ज्येष्ठ शेयरसदस्यहरुलाई मिष्ठान्न भोजन,नगद सहित दोषल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा न्यू जनएकता साकोस ज्येष्ठ नागरिक मञ्च समेत गठन गरिएको छ । मञ्चको संयोजकमा धर्मराज राई र सदस्य सचिबमा हेमबहादुर बस्नेत चयन भएका छन । कार्यक्रममा बेलबारी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष बिक्रम बान्तवा राईर्ले संस्थाले आफना ज्येष्ठ सदस्य हरुलाई गरेको सम्मा
धनकुटा / धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम रखाल मगरले आफूले पाएको सेवा सुविधाबाट विद्यालय पोशाक वितरण गरेका छन् ।वडाध्यक्ष मगरले एक कार्यक्रम बिच महालक्ष्मी नगरपालिका वडा नं. २ मा रहेको ऐश्वर्य आधारभुत विद्यालयका विद्यार्थीलाई ट्याकसुट र टाइ वितरण गरेका हुन् ।वडाध्यक्ष मगरले आफूलाई सरकारले दिएको सेवा–सुविधाबापतको रकम जनतालाई सहयोग गरेको बताए । उनले विद्यालयका ३८ जना विद्यार्थीलाई ट्याकसुट र टाइ वितरण गर्दै आफूले वितरण गरेको कपडाबाट भाईबाहिनीले न्यानो पाउने विश्वास व्यक्त गरे । आफू जनताको सेवक भएकाले विद्यार्थीको आवश्यकताअनुसारको सामग्री वितरण गरेको बताए ।
विराटनगर । भारतको उत्तर प्रदेश आगरामा सम्पन्न भएको ‘इन्टरनेशनल कराँते च्याम्पिनसीप २०२३’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक ल्याउने ११ जना खेलाडीहरुलाई सम्मान गरिएको छ । विराटनगर ११ मा रहेको जनपथ माध्यमिक विद्यालयले स्वर्ण पदक ल्याउने ९ जना र रजत पदक ल्याउने दुई जना गरी ११ जना कराँतेका खेलाडीहरुलाई बुधबार सम्मान गरेको हो ।जनपथ माविमा सञ्चालित बालाजी डोजोबाट सहभागी भएर ९ स्वर्ण पदक र २ रजक पदसहित शतप्रतिशत सफलता हात पार्दै फस्ट रनरअप पनि बनेर देशको गरौव बढाउने बालाजी डोजाका खेलाडीहरुलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले बताए । पढाइसँगै खेलकुदका माध्यमबा
सामाजिक सन्जालमा सकृय इटहरी रकर्स र जनता बहुमुखी क्याम्पस इटहरीका युवा बिध्यार्थी को सहकार्यबाट निश्चला विष्ट बचाउ अभियान चलाएको छ ।ब्लड क्यान्सरले पीडित निश्चला बिष्टको उपचारमा सहयोग पुर्याउने ऊध्देस्यले जनता बहुमुखी क्याम्पस इटहरीबाट रु. २२,६६५ र इटहरी रकर्स नामक चर्चित फेसबुक ग्रुपबाट संकलन गरेको रु.३८,००० गरेर एकमुष्ट रु.६०,६६५ (साठ्ठी हजार छ सय पैसठ्ठी) रुपैयाँ निश्चला विष्टको परिवारलाई हस्तान्तरण गरेका बिध्यार्थी उज्ववल सिग्देलले बताए ।
भोजपुर / भोजपुरमा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो ।जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रदेशका पालिकाहरुले सहभागिता जनाउन पाउने गरी प्रतियोगिताको आयोजना हुने जिल्ला खेलकुद विकास समिति भोजपुरका अध्यक्ष दावा शेर्पाले जानकारी दिए । प्रतियोगितामा प्रदेशभरिका एक सय ३७ पालिकाले सहभागिता जनाउने छन् ।‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई पूर्ण सार्थकता दिनका लागि खेलकुद अपरिहार्य भएको जिल्ला खेलकुद विकास कार्यालयका सचिव ग्याल्जेन शेर्पाले बताए ।प्रतियोगि
इटहरी / इटहरी जेसिजको ३६ औं पदस्थापना तथा इटहरी जुनियर जेसिजको १८औं पदस्थापना एक कार्यक्रमका विच सम्पन्न भएको छ ।कार्यक्रममा इटहरी जेसिजका वर्ष २०२३ का अध्यक्ष योगेन्द्र पौडेलले वर्ष २०२४का सुमन सुवेदीलाई पदभार सहित जेसिज चेन हस्तान्तरण गरेका थिए । इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियोे । इटहरी जुनियर जेसिजकी वर्ष २०२३ की अध्यक्ष स्मृति न्यौपानेले वर्ष २०२४ का पवन विष्टलाई पदभार सहित जेसिज चेन हस्तान्तरण गरिन । कार्यक्रममा वर्ष २०२४का इटहरी जेसिजको कार्यसमितिलाई अध्यक्ष सुमन सुवेदीले पदस्थापना गराएका थिए ।वर्ष २०२४ का लागि इटहरी जेसिज
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.