All Posts By कोशी प्रेस

    Showing ९,८४१-९,८५० of १३,७४३ items.
  • आसमान नेपालले कोशी प्रदेशले इटहरी–विराटनगर औद्योगीक करिडोर निर्माण

    सुनसरी / आसमान नेपालले कोशी प्रदेशको इटहरी –विराटनगर औद्योगीक करिडोर निर्माण गरिसकेको छ ।सामाजिक विकास मन्त्रालय कोशी प्रदेश स्विच कनट्याक्टको सहयोगमा आसमान नेपालले कोशी प्रदेशका इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिका,  विराटनगर महानगरपालिका इटहरी –विराटनगर औद्योगीक करिडोर निर्माण गरेको दुई वर्ष बितेको विराटनगर पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।परियोजनाले बेरोजगार युवाहरुलाई उद्यमशिलता विकास र शिपमुलक तालिम लिनका लागि उत्प्रेरित गर्दै समुदायमा रहेका बेरोजगार युवाहरु विशेष गरी महिला, बैदेशिक रोजगारीबाट फकिएका युवाहरुलाई श्रम बजार सम्बन्धी सुचना तथा सम्मिलत सेवा मार्फत, शिपमुलक तालिम

    • प्रकाशित मितिः पुस ११, २०८०
    • १५१ पटक पढिएको
  • रामप्रसाद राई गाउँपालिका भित्रका ३४ विद्यालयहरुलाई समेटेर प्रतियोगितात्मक कार्यक्रम हुने

    भोजपुर / भोजपुरको रामप्रसाद राई गाउँपालिका भित्र रहेका विद्यालयहरुलाई समेटेर सकारात्मक कार्यका लागि सहकार्य नामक संस्थाले विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप गर्ने भएको छ ।बिभिन्न क्रियाकलापहरुमा सक्रिय रहँदै आएको संस्थाले जिल्लाको भित्र रहेका विद्यालयहरुलाई समेटेर आगामी पौष १२ र १३ गते अतिरिक्त क्रियाकलाप संचालन गर्न लागेको  छ ।कक्षा एक देखि तीनसम्ममा एकल नृत्य, कक्षा चार र पाँचमा हिसाव दौड, कक्षा छ देखि आठसम्म सफल र असल जीवनका लागि शिक्षा बिषय बक्तृत्वकला र कक्षा नौ देखि १२ सम्मका लागि भष्ट्राचार निवारण अभियानमा युवाको भूमिका बिषयमा बक्तृत्वकला प्रतियोगिता संचालन हुने संस्थाका अध्यक्ष घ

    • प्रकाशित मितिः पुस ११, २०८०
    • २०४ पटक पढिएको
  • बेलबारीमा प्रदेश प्रहरी अस्पताल फर्काउन जग्गा र करोडौ बजेट दिने नगरपलिकाको निर्णय

    बेलबारी / बेलबारीबाट सुनसरीको ईनरुवा सरेको प्रदेश प्रहरी अस्पताल पुर्नस्थापनाका लागि बेलबारी नगरपालिकाले बेलबारीमा  १ बिघा ३ कठठा नम्बरीसहित कुल २ बिघा १३ कठठा जग्गा उपलब्ध गराउने र भवन निर्माणका लागि १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय   गरेको छ । पौष ७ गते भएको १ सय ८ औं कार्यपालिका बैठकले सो निर्णय गरेको        हो । बैठकले बेलबारी १ मा अबस्थित पूर्व पश्चिम लोकमार्गबाट ४ सय ३० मिटर उत्तर प्रस्तावित बसपार्क क्षेत्रको  दाताबाट पास हुन बाँकी ३ कठठा १२ धुर सहित बेलबारी नगरपालिकाको नाममा कायम रहेको एक बिगाह तीन कठठा साडे उन्नाइस घुर नम्बरी जग्गा जग्गा

    • प्रकाशित मितिः पुस ११, २०८०
    • २०० पटक पढिएको
  • श्रीकृष्ण प्रणामी मन्दिरको अध्यक्षमा कृष्णप्रसाद शर्मा निर्वाचित

    सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा ९ स्थित श्रीकृष्ण प्रणामी  संरक्षण सेवा समिति , श्रीकृष्ण प्रणामी मन्दिर बाल सेवा आश्रम सलकपुरको ५०औँ बार्षिक साधारणसभाबाट अध्यक्षमा कृष्णप्रसाद  शर्मा निर्वाचित भएका छन् । त्यसै गरि साधारण सभाबाट उपाध्यक्षमा मातृकाप्रसाद ढकाल ,महिला उपाध्यक्ष कमला दंगाल,सचिव युबराज पौडेल, कोषाध्यक्ष हरिप्रसाद गजुरेल , सहसचिवमा  श्यामप्रसाद ढकाल चयन भएका छन् । साधारण सभाले सन्चालक सदस्यमा ईश्वरीप्रसाद ढकाल , गुणराज डागी, प्रेम भट्टराई , चेतामणी ढकाल, कृष्णप्रसाद सुवेदी, विन्दा आचार्य , कमला दाहाल, बिन्दु भट्टराई आचार्य , लाई चयन गरेको छ । साथै लेखा संयोजकम

    • प्रकाशित मितिः पुस ११, २०८०
    • १६० पटक पढिएको
  • सुन्दरहरैँचामा स्पोर्टस् मीट तथा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

    सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचामा सञ्चालित प्रथम सुन्दरहरैंचा स्पोर्टस् मीट तथा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा  सञ्चालन भएका दुवै खेलकुद प्रतियोगिता सुन्दरहरैंचा ९ स्थित प्रस्तावित इन्द्रपुर रंगशालामा समापन भएको हाे । पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आट्र्सका विभिन्न प्रस्पिर्धाहरूमा सुन्दरहरैँचा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र तथा छात्राहरूले बेग्लाबेग्लै प्रतिस्पर्धा गरेका थिए । यस्तै प्रथम सुन्दरहरैँचा स्पोट्र्स मिट २०

    • प्रकाशित मितिः पुस ११, २०८०
    • २३६ पटक पढिएको
  • गछिया जेसीज वर्ष २०२४ को अध्यक्षमा धुर्ब निरौला

    सुन्दरहरैंचा / गछिया जेसीज वर्ष २०२४ को अध्यक्षमा धुर्ब निरौला निर्वाचित भएका छन् । मोरंगको सुन्दरहरैंचा मा सम्पन्न १०औं महाधिवेशनबाट  प्रतिस्पर्धीलाई पछि पार्दै निरौला  निर्वाचित भएका हुन् । निरौलाले ८७ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी शान्तिराम श्रेष्ठले २३ मत पाए । कार्यकारिणी उपाध्यक्षमा निराजन धमला, पुस्पा ढुङेल  विजयी भए ।महासचिवमा प्रदिप खतिवड़ा, कानुनी सल्लाहकारमा पप्पु शाह, कोषाध्यक्षमा रोहित लिम्बु, सचीवमा ग्यान नाथ ढकाल र जन सम्पर्क अधिकारीमा सुस्मिता भट्टराईलाइ  मनोनीत गरिएको  नव निर्वाचित अध्यक्ष धुर्ब निरौलाले बताए ।  त्यस्तै उपाध्यक्षमा&n

    • प्रकाशित मितिः पुस १०, २०८०
    • ३९२ पटक पढिएको
  • भारतमा हुने INTERNATIONAL KARATE CHAMPIONSHIP -2023" मा प्रतिस्पर्धाका लागि शुभकामना सहित बिदाई

    बिराटनगर /  बिराटनगर वडा नं. ११ मा रहेको बालाजी डोजोबाट 30 र 31 December 2023 मा भारतको आगरा (उत्तर प्रदेश) मा हुनगईरहेको "INTERNATIONAL KARATE CHAMPIONSHIP-2023" मा प्रतिस्पर्धाका लागि नेपालको प्रतिनिधित्व गर्दै ११ जनाको कराते खेलाडी साथै प्रशिक्षक र व्यवस्थापकहरुलाई मोरगं कराते महासंघले आज एक कार्यक्रम आयोजना गरि सफलताको शुभकामना सहित बिदाई गरेको छ । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद बिकास बोर्डका संस्थापक सदस्यसचिव पर्शुराम बस्नेतको प्रमुख आतिथ्यता र कराते महासंघ मोरगं अध्यक्ष रुपेश बरालको अध्यक्षतामा सफलताको शुभकामना सहित बिदाई कार्यक्रम सम्पन्न गरेको

    • प्रकाशित मितिः पुस १०, २०८०
    • ५११ पटक पढिएको
  • कानुनका विद्याथीहरु कानेपोखरी र लेटाङका न्यायिक समितिसँग अन्तरक्रिया

    मोरङ / कानुन विषयका विद्यार्थीहरुले कानेपोखरी र लेटाङ पालिकाका न्यायिक समितिसँग अन्तरक्रिया गरेको छ ।शुक्रबार मोरङको पथरीशनिश्चरे -१ स्थित पञ्चायत नमुना माविका कानुन संकायमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूले न्यायिक समितिसँग न्याय सम्पादनका विषयमा अन्तरक्रिया गरेको हो ।कक्षा १२ का विद्यार्थीहरुले कानेपोखरी गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक भोलाप्रसाद अधिकारी र कक्षा ११ का विद्यार्थीले लेटाङ नगरपालिकाका उपमेयर तथा न्यायिक समितिका संयोजक कृष्णकुमारी पोख्रेल निरौलासँग अन्तरक्रिया गरेका हुन् ।विद्यार्थीहरूले कानेपोखरी गाउँपालिकाको न्यायिक समितिका संयोजक अधिकारी सहित सोहि गाउँप

    • प्रकाशित मितिः पुस १०, २०८०
    • १९७ पटक पढिएको
  • गाउँ रित्तिदै गएकामा राष्ट्रपति पौडेल चिन्तित

    काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । ठमेलस्थित सरस्वती बहुमखी बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै आज उहाँले गाउँ रित्तिने अवस्थाको समाधान खोज्न आग्रह गर्नुभयो ।“लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने नागरिकको अभावमा गाउँ किन रित्तिदै छन् ? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले शि

    • प्रकाशित मितिः पुस १०, २०८०
    • १७८ पटक पढिएको
  • लायन्स क्लबद्वारा सुस्त श्रवण भएका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सुनसरी / बराहक्षेत्र नगरपालिका, चक्रघट्टीमा रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले आज बराहक्षेत्र-८ स्थित श्री जनक मा.वि., सालवनीको बिशेष (सुस्त श्रवण) कक्षामा अध्ययन गर्ने २० जना बहिरा विद्यार्थीहरूलाई न्यानो कपडा (ट्राक सुट) वितरण गरेको छ ।क्लबका अध्यक्ष दुर्गानन्द दास (बिक्रम) को शुभ जन्मोत्सवको अवसर पारेर क्लबले उक्त कार्यक्रम सम्पन्न गरेको हो । "जन्मोत्सवमा भेटघाट र साथीभाइ संगको रमाइलोमा हुने खर्चबाट कटौती गरि अति आवश्यक परेका र आश्रितहरूलाई केही सहयोग गरौँ भन्ने भावबाट क्लबका सदस्यहरूले स्थापना कालदेखि नै समुदाय केन्द्रीकृत कार्यक्रमहरू गर्दै आइरहेका छौँ । यो त्यसैको निरन्तरता हो

    • प्रकाशित मितिः पुस १०, २०८०
    • ८७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]