बिराटनगर / बिराटनगर वडा नं. ११ मा रहेको बालाजी डोजोबाट 30 र 31 December 2023 मा भारतको आगरा (उत्तर प्रदेश) मा हुनगईरहेको "INTERNATIONAL KARATE CHAMPIONSHIP-2023" मा प्रतिस्पर्धाका लागि नेपालको प्रतिनिधित्व गर्दै ११ जनाको कराते खेलाडी साथै प्रशिक्षक र व्यवस्थापकहरुलाई मोरगं कराते महासंघले आज एक कार्यक्रम आयोजना गरि सफलताको शुभकामना सहित बिदाई गरेको छ ।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद बिकास बोर्डका संस्थापक सदस्यसचिव पर्शुराम बस्नेतको प्रमुख आतिथ्यता र कराते महासंघ मोरगं अध्यक्ष रुपेश बरालको अध्यक्षतामा सफलताको शुभकामना सहित बिदाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि बस्नेतले यो टिमले बिराटनगरको मात्र नभएर नेपालको नाम सुनौलो इतिहासमा लेखाउन सफल हुने बिस्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी टिमकि सदस्य आकृति कोइरालाले आफु र आफ्नो टिमलाई बिदाई र हौसला दिएकोमा खुसी ब्यक्त गर्दै आफ्नाे देसको नाम उच्च बनाउने बताइन ।

कार्यक्रममा नेपाल खेलकुद महासंघ स्थाइ कमिटि सदस्य रोहित कोइराला, बिराटनगर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपाने, श्री जनपथ मा.बि. प्रधानाध्यापक हरिप्रसाद पराजुली, सूरज श्रेष्ठ, रुपेश बराल, बालाजी डोजो संचालक मेनुका ठाकुर, खेलाडिका अभिभावक साथै स्थानिय बुद्दिजिबी हरुको उपस्थित रहेको थियो ।




