विराटनगरमा यही माघ १९ गतेदेखि अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनीसम्बन्धी सिएनआई कोशी एक्स्पो हुने भएको छ। माघ १९ गतेदेखि २८ गतेसम्म एक्स्पो हुने आयोजक नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले मंगलबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कोरोना माहामारी र त्यसपछिको प्रतिकुल परिस्थितीमा पनि उत्पादित वस्तु उपभोक्तासम्म पुर्याउने र स्वदेशी एवम् विदेशी प्रविधिको बारेमा ज्ञान दिलाउन एक्स्पो हुन लागेको हो । एक्स्पोमा प्रदेश नं. १ का १४ जिल्लाका विशिष्ट उत्पादनसँगै द
इटहरी / इटहरी वडा नं. २ हलगडामा गोदरेज इन्टेरियो किचन सोरुम (godrej interio kitchen) खुलेको छ । काठमाडौं पछि इटहरीमा पहिलो साखाको रुपमा सुरेन्द्र बुढाथोकीले सोरुम खोल्नुभएको हो । सोरुमको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्घाटन गर्नुभयो भने उद्घाटन कार्यक्रम मा उद्योग वाणिज्य संघ इटहरीका निबर्तमान वरिष्ठ उपाध्यक्ष सैलेस बिस्ट, ब्यावसाइ महेन्द्र रेग्मी, जर्मन पौडेल लगायत उद्योगी समाजसेबीको उपस्थिति रहेको थियो सोक्रममा पौडेलले उदाउदो सहर इटहरीमा नयाँ–नयाँ मोडलका व्यवसाय सञ्च
धरान । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ ।आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ ।डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेका छन् भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ । धरान ५ सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो ।उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राच
मोरङ / प्रदेश १ मा कृषिमा आधारित उद्यम लक्षित एक्सिलेटर कार्यक्रम संचालन हुने भएको छ । कार्यक्रम सञ्चालन गरेर कृषि व्यवसायमा संलग्न उद्यमीको क्षमता वृद्धि गर्ने, लगानी पहुँच विस्तार गर्ने लक्ष्य लिइएको सो कार्यक्रम पाँच महिनासम्म सञ्चालन गरिने भएको छ ।सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक अध्यान्त र स्वीस कन्ट्याक्ट अन्तर्गत सञ्चालित सहज–एनएएमडीपीको साझेदारीमा सो कार्यक्रम सञ्चालन हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले जानकारी दिए । उनले भने प्रदेश १ को लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सँगको सहकार्यम
धनकुटा । पाँचौँ प्रादेशिक औद्योगिक ब्यापार तथा कृषि मेला एवम् धनकुटा महोत्सव आजबाट शुरु भएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले महोत्सवको उद्घाटन गर्दै धनकुटाको गरिबी दर घटाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताए । गत वर्षमा धनकुटाको गरिबी घटाउन र जनताका आयश्रोत बढाउन लागिपरेको उनको भनाइ थियो । जिल्लाको १९ प्रतिशत गरिबीलाई विगतमा १३ प्रतिशतमा झारेको बताउँदै मन्त्री राईले अबको पाँच वर्षमा १० प्रतिशतमा झार्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । त्यसको लागि विगतमा आफ्नो पहलमा शुरु भएका विभिन्न सडक पूर्वाधार, भौतिक संरचना र कृषि क्षेत
इटहरी । निर्वाचनको कार्यतालिका समेत प्रकाशन भइसकेको समयमा वैधानिकतामाथि प्रश्न उठेपछि उद्योग वाणिज्य संघ इटहरीको चुनाव स्थगित गरिएको छ । निर्वाचन अधिकृत विश्व रिजालले सुचना जारी गर्दै तत्काललाई चुनाव स्थगित गरिएको जानकारी गराएका हुन् । उनले अब साधारणसभाले चुनावको म्याण्डेड दिएपछि मात्रै चुनावको कार्यतालिका फेरी प्रकाशन गर्ने गरी अहिलेलाई स्थगित गरिएको जानकारी दिएका छन् । अधिवक्ता आश्विनी भट्टराईकाअनुसार हालको कार्यसमितिले आफ्नो तीन वर्षे कार्यकाल र थपिएको ६० दिनको समय पनि गुजारिसकेकोले समितिले चुनाव गराउने हैस
चितवन । माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ।पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको सङ्ख्या घटेको हो। भरतपुर नागरिक उड्ययन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौँ जाने र आउनेको सङ्ख्या घट्दै गएको हो । माघ १ मा खराब मौसमका कारण उडान हुन सकेको थिएन । भरतपुर–काठमाडौँ रुटका साथै काठमाडौँ–भरतपुर रुटमा पनि हवाई यात्रुको सङ्ख्या घटेको हो । अहिले भरतपुर विमानस्थलबाट दैनिक ८ देखि १० वटा उडान हुँदै आएको छ । जस अन्तर्गत गुण एयरलाइन्सले काठमाडौँ–भरतपुर–काठमाडौँ र बुद्ध एयरले भरतपुर–पोखरा–भरतपुर रुटमा द
इटहरी । गिटी कुटेर जीविकोपार्जन गर्दै आएका इटहरी उपमहानगरपालिका वडा नम्बर ४ हरियाली टोलमा बस्ने २६ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । नेपाल रेड्क्रस सोसाइटी इटहरीको सहयोग तथा हरियाली टोल विकास संस्थाका अध्यक्ष विक्रम श्रीको समन्वयमा विपन्न परिवारका मानिसहरुलाई खाद्यान्न वितरण गरिएको हो । जाडो वढी रहेको समयमा काम गर्न नसक्दा समस्यामा परेका खोलासंग सम्वन्धित मजदुर परिवारलाई नेपाल रेडक्रस सोसाइटी इटहरीको समन्वयमा सहयोगी मनहरु शयाम रिजाल , गणेश दुलाल , कमल पौडेल, किरण न्यौपाने , सेभेनस्टार एजुकेशनल इन्च्युष्टको सहयोगमा प्रति परिवार दश केजी चामल , एक केजी दाल र एक के
इटहरी । जाडो वढी रहेको समयमा न्यानो कपडाको अभावमा विद्यालयमा विद्यार्थीको संख्या घट्ने तर्फ मध्यनजर गर्दै विपन्न विद्यार्थीलाई विश्व आर्दश कलेज इटहरीले न्यानो कपडा वितरण गर्दै आएको छ । न्यानो कपडाको अभावमा विद्यालयमा अध्ययनका लागि जान समेत समस्या झेल्दै आएका सामुदायिक विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण गर्दै आएको कलेजले सार्वजनिक आधारभुत विद्यालय इटहरीमा पनि स्वीटर वितरण गरेको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर १४मा रहेको सार्वजनिक आधारभुत विद्यालयमा अध्ययनरत ६४ जना विद्यार्थीलाई नेपाल रेडक्रस सोसाइटी इटहरीको समन्वयमा विश्व आर्दश कलेज परिवारले स्वीटर वितर
इटहरी । पटकपटक चोरी हुँदै आएको इटहरीको मुख्य चोक क्षेत्रमा रहेको सपना मोवाईल सेन्टरको ताला फोडेर फेरी चोरी भएको छ । मोवायल विक्री तथा मर्मत गर्ने सपना मोवाईल सेन्टरको मर्मत गर्ने तर्फको पसलमा लगाएको तीन वटा ताला फोडेर चोरी भएको सेन्टरका सञ्चालक खड्ग श्रेष्ठले जानकारी दिएका हुन । सो मोवाईलय सेन्टरमा ६ महिना अघि पनि चोरी भएको थियो । सिसी टिभीमा चोरी भई रहेको दृष्य देखिएपछि प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गरेपनि चोरी भएका सामानहरुको क्षतिपूर्ति हाल सम्म नपाएको सञ्चालक श्रेष्ठले गुनासो गरे ।ययस पटक पनि चोरले ताला फुटाएर मर्मत गर्न राखिएका पुराना मोवायल, स्मार्टवाच र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.