इटहरी । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।गाउँपालिकाले ५० देखि ८५ प्रतिशतसम्मको अनुदानमा ६२ लाख रुपियाँ बराबरको कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको हो । पालिकाका पाँच वटै वडामा अलैँची बाली नयाँ पकेट विकास कार्यक्रम सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले जानकारी दिनुभएको छ । राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन इकाईको मापदण्डमा आधारित रहेर सञ्चालन हुने १२ लाख रुपियाँ बजेटको यो कार्यक्रममा ५० देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था भएको पालिकाले जनाएको छ । वडा नं।१,२ र ३ मा सञ्चालन हुन
इटहरी । नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले इटहरीमा “टिभिएस एक्सचेञ्ज म्यानिया“ अभियान आइतबार देखि सुरु गरेको छ । इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा आयोजना गरिएको कार्यक्रम चैत १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको पहिलो दिनमै १८ वटा सवारी साधन बिक्री वितरण भएको थियो । साथै सहभागी ग्राहकलाई आकर्षक गिफ्ट प्याकेज पनि प्रदान गरिनेछ । पुराना सवारीको मूल्याङ्कनका लागि १० जना अनुभवी भ्यालुएटर परिचालन गरिएको छ । आयोजकका अनुसार मूल्याङ्कन पारदर्शी र पूर्वमै उच्चतम मूल्य ग्यारेन्टी रहेको छ । बजार मूल्यभन्दा सस्तोमा सवारीसाधन पाएर खुशी भएक
इटहरी । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा रु ३१ लाख १० हजार भेटी चढाएका छन् । मितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने गरेका छन् । सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ । फेदीमा करिब एक सातासम्म सङ्कलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल
इटहरी । झापामा विहीबार रातीदेखि शुक्रबार बिहानसम्म अविरल वर्षासहित आएको हावाहुरीका कारण केरा खेती र कृषिमा ठूलो क्षति पुगेको छ ।हावाहुरीले केरा खेती, कुखुरा फार्म, चिया प्रशोधन कारखानामा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा गाउँपालिका वडा नं।७ मा पूजा खनालले लगाएको केरा खेतीमा हावाहुरीका कारण ठूलो क्षति पुगेको छ ।हावाहुरीले करिब ३२ सय वटा केरा बोट पूर्ण रूपमा ढाल्दा करिब १६ लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय किसानका अनुसार हावाहुरीले खेतभरि लगाइएका केरा बोट ढालेपछि उत्पादनमा समेत ठूलो
संखुवासभा । मादी नगरपालिका–६ पुलुङस्थित दीप ज्योति युवा क्लबको आयोजनामा रामनवमी पर्वको अवसरमा “पाँचौँ रामनवमी आमन्त्रित अन्तरपालिका खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता २०८२” सञ्चालन हुने भएको छ ।“मादी नगरको द्वार, शान्ति र समृद्ध मादी नगर, खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगिता २०८२ साल चैत्र ४ गतेदेखि ७ गतेसम्म मादी नगरपालिका–६ पुलुङमा सञ्चालन हुने खेल संयोजक राजेश राईले जानकारी दिए । प्रतियोगिताका विजेता टोलीलाई रु. ६१ हजार १११ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने र उपविजेतालाई
इटहरी । इलाममा यस वर्षको चियाको पहिलो टिपाइ सुरु भएको छ । चियाको पहिलो टिपाइ ‘फस्ट फ्लस’ लाई उच्च गुणस्तरको चियाका रूपमा लिइने गरिएको छ । फागुन र चैतमा उत्पादन भएको पहिलो टिपाइको चिया उद्योगी र किसानका लागि बर्सैभरको आम्दानीको स्रोत जस्तै बन्ने गरेको छ । उहाँले इलामको दक्षिणी क्षेत्र सोयाक, चिलिमकोटलगायतका क्षेत्रमा चिया टिपाइ सुरु भएको जनाउनुभयो । सुब्बाले यस वर्ष हरियो पत्तीको मूल्य गत वर्षकै कायम गरिएको जानकारी दिनुभयो । इलामको जसबिरेस्थित जसबिरे चिया कारखानाका सञ्चाल रहनुभएका सुब्बाले यस वर्ष पनि गत वर्षकै प्रतिकिलो ६५ देखि प्रतिकिलो एक हजार पाँच सय रुपियाँ दिने तय गरिएको जानकारी दिनुभयो ।
इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित भएका छन् । स्थानीय तहबाट आवश्यक आर्थिक, प्राविधिक तथा सामग्री सहयोग प्राप्त हुन थालेपछि परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई विस्तार गर्दै किसान व्यावसायिक कृषि प्रणालीमा उन्मुख भएका हुन् । यहाँका किसानले हाल सुन्तला, एभोकाडो, कागती, जुनारलगायत फलफूलको व्यावसायिक खेती सुरु गरेका छन् । केही किसानले मिश्रित खेती प्रणाली अपनाउँदै फलफूलसँगै मौसमी तरकारी उत्पादनसमेत गर्दै आएका छन् । अनुकूल हावापानी, उर्वर माटो र उपयुक्त भूगोलका कारण भुल्के क्षेत्र फलफूलखेतीका लागि सम्भावनायुक्त मानिएको छ
इटहरी । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय झापामा पेस गरिएको विवरण अनुसार शाहले निर्वाचन अभियानका क्रममा कुल १४ लाख १४ हजार ७२९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा गरिएको खर्च समेटिएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा सवारी साधन भाडामा १५ दिनका लागि दुई वटा सवारी प्रयोग गर्दा २ लाख ३३ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । त्यसै गरी पाँच पटकको हवाई भाडामा ३५ हजार रुपैयाँ तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर
इटहरी । मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गको धुलाबारी मोडबाट डेढ किलोमिटर उत्तर लीलाबस्तीमा रु १३ करोडको लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धामको निर्माण गरेको हो ।नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र उहाँका दाजु राज्यप्रकाश शर्माले स्वर्गीय मातापिता पर्शुराम शर्मा र सावित्रादेवीको स्मृतिमा निःशुल्क प्रदान गर्नुभएको पाँच कट्ठा जग्गामा धामको आकर्षक संरचना निर्माण भएका छन् । धामकी सञ्चालिका एवं बह्माकुमारी राजयोग सेवा केन्द्र धुलाबारीकी प्रमुख अनुसा दिदीका अनुसार तपस्याधाममा ध्यान कक्ष, तपस्यास्थल, प
इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान यतिबेला व्यावसायिक लसुनखेतीतर्फ आकर्षित हुँदै गएका छन् । विगतमा घरायसी प्रयोजनका लागि मात्र सीमित रहेको लसुनखेती अहिले आम्दानीको स्रोतका रूपमा विकास हुँदै गएको हो । ग्रामीण सडक सञ्जाल विस्तार भएसँगै उत्पादन गरिएको लसुन सहज रूपमा बजारसम्म पुग्न थालेपछि किसानले व्यावसायिक खेतीलाई प्राथमिकता दिन थालेका हुन् । मझौलेकी किसान विजया लुइँटेलले हाल करिब दुई रोपनी क्षेत्रफलमा लसुनखेती गरिरहनुभएको छ । सडक पहुँच सहज भएसँगै व्यापारी गाउँमै पुगेर लसुन सङ्कलन गर्न थालेपछि बजारको चिन्ता हटेको उहाँको भनाइ छ । उहाँका अनुसार गत वर्ष लसुन प्र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.