इटहरी । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा आगलागी हुँदा ५७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बिहान विद्युत् सर्ट भएर आगो सल्किँदा आचार्यका दुवै घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।

आगलागीबाट घरमा भएका लत्ताकपडा, फर्निचर र सुनचाँदी लगायत सामग्री जलेर नष्ट हुँदा १० लाख नगद समेत खरानी भएको छ ।

आगलागीमा ५७ लाख १० हजार ७५० बराबरको क्षति भएको छ । स्थानीय र प्रहरीको सहयोगमा करिब तीन घन्टापछि आगो निभाइएको थियो ।