इटहरी । बराहक्षेत्र १० प्रकाशपुरमा आयोजना गरिएको प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिताको उपाधी आयोजक प्रकासपुर भेट्रान्स फुटबल क्लबले हात पार्न सफल भएको छ । फाइनल खेल “ जनता भेट्रान्स फुटबललाई २–० गोल अन्तरले हराउदै प्रकासपुर भेट्रान्स फुटबल क्लबले जित हासिल गरेको हो । दुबै टिम जितको अभिलाषा लिएर मौदानमा उत्रेकाले खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । खेलमा जनता भेट्रान्स फुटबल क्लबले पटक पटक पाएको अवसर गुमाउन पुगेपछि उपबिजेतामा चित्त बुझाउनु परेको हो । प्रतियोगिताको विजेता प्रकासपुर भेट्रान्स फुटबल क्लबले नगद ५० हजार १ सय रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ । उपवि
इटहरी – तिहारको अवसरमा पारस अटोमोबाइल्स, इटहरीले ‘TVS Tihar Exchange Mela’ सुरु गरेको छ। असोज २८ देखि कात्तिक २ गतेसम्म चल्ने यो मेलामा जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टीभीएस बाइक वा स्कुटर लिन सकिनेछ।मेलामा ग्राहकका लागि रु. ३०,००० सम्मको न्यूनतम मूल्यांकन, रु. १ लाखसम्मको क्यास डिस्काउन्ट, रु. १०,००० सम्मको भ्यालु एडिसन, साथै फ्री एक्सेसरीज, लाइफटाइम वारन्टी र सजिलो फाइनान्स सुविधा उपलब्ध छन्।पारस अटोमोबाइल्सका अनुसार मेलामा सहभागी भई पुरानो बाइक वा स्कुटर साटेर नयाँ सवारी साधन घर लैजाने सुनौलो अवसर ग्राहकले पाउनेछन्।
इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं ८, गोगनेमा आयोजित खुल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको समापन भएको छ । असोज ३० गते दखि सुरू भएको प्रतियोगिता कात्तिक १ गते समापन भएको थियो । प्रतियोगितामा रामप्रसाद राई गाउँपालिका वडा नं ५ मानेभञ्ज्याङले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ । मानेभञ्ज्याङले उपाधिसँगै ४१ हजार १ सय ११ रुपैयाँ पुरस्कार राशी प्राप्त गरेको हो । त्यसैगरी, रामप्रसाद राई गाउँपालिका वडा नं ७ बासिखोराले दोस्रो स्थान प्राप्त गर्दै २५ हजार ५ सय ५५ रुपैयाँ, र वडा नं ४ दलगाउँले तेस्रो स्थान प्राप्त गर्दै १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन
इटहरी । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले चालु आवको साउन, भदौ र असोज महिनामा रु चार अर्ब ३६ करोड २८ लाख ५५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु चार अर्ब १५ करोड २० लाख आठ हजार असुली गर्न सफल भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी राजस्व आयातित सामानको भन्सार महसुलतर्फ रु एक अर्ब ८० करोड ५३ लाख ७९ हजार ५४९ असुली भएको छ । यातित सामानको मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ४९ करोड २३ लाख ६४ हजार ३९३,
इटहरी । हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । राईले करिब २० रोपनी क्षेत्रमा व्यावसायिक एभोकाडोखेती गरिरहेको बताउनुभयो । बुढ्यौली उमेरमा पनि राईले एभोकाडोखेतीमा गरेको मेहेनत निकै लोभलाग्दो छ ।बाँझो जमिनको सदुपयोग गर्दै कृषिमा आम्मनिर्भर बन्ने लक्ष्यका साथ व्यावसायिक एभोकाडोखेती विस्तार गरेको राईको भनाइ छ । भावी दिनमा वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्यअनुरुप थप खेती विस्तारमा जुटेको उहाँले बताउनुभयो । राईले उत्पादन गरेको एभोकाडो स्थानीय बजारसँगै काठमाडाँै, विराटनगर, धरान, इटहरीलगायत देशका ठूला सहर
इटहरी । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा असोज महिनामा करिव २३ लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ । एक महिनाको अवधि अर्थात असोजमा उक्त भेटी रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार असोज महिनामा कुल ३३ लाख ८२ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको छ । समितिले सङ्कलन गरेको उक्त रकम पाथीभरा दर्शनमा आएका भक्तजनले दान गरेको र भेटीबापत चढाएका रकम हो । भेटी विवरण समितिले शुक्रबार साँझ सार्वजनिक गरेको हो । समितिले सार्वजनिक गरेको असोज महिनाको भेटी रकम भदौकोभन्दा तेब्बर बढी रहेको छ । समितिका अनुसार गत भदौ महिनामा नौ लाख ९७ हजार रुपियाँ मात्र भेटी सङ्कलन
इटहरी । कोशी प्रदेश सरकारले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूका परिवारलाई राहतस्वरूप रु ३४ लाख ५० हजार वितरण गरेको छ । प्रदेश सरकारले बाढीपहिरोबाट मानवीय क्षति भएका इलाम, पाँचथर, झापा सुनसरी, उदयपुर र खोटाङका परिवारलाई राहत वितरण गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख षडानन्द भट्टराईका अनुसार सबैभन्दा बढी रु २१ लाख ५० हजार राहतस्वरूप इलाममा वितरण गरिएको छ । गत असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षाका कारण इलाममा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको थियो । सरकारले इलामलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । विपद्बाट भएको खोज–अनुसन्धान तथा राहत
इटहरी। पाँचथरको याङवरक गाउँपालिका(६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले भ्यू(टावर निर्माण गरी गाउँलाई उपहार दिनुभएको छ । बेलायती सेनाबाट ५० वर्षअघि सेवा निवृत्त हुनुभएका खेवाङ निरन्तर गाउँमै बसेर सामाजिक क्षेत्रमा योगदान दिँदै आउनुभएको छ । पुष्पलाल ९मध्यपहाडी० लोकमार्ग नजिकै परेवाडाँडाबाट पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न भू(भागको दृश्यावलोकन गर्न सकिने भएपछि खेवाङले भ्यू(टावर निर्माण गर्नुभएको हो । व्यक्तिगत रु १५ लाखको लागतमा निर्माण गरिएको भ्यू(टावरको सोमबार खेवाङ र याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले उद्घाटन गर्नुभयो । खेवाङको ९७औँ जन्मदिनको अवसर पारेर याङवरक गाउँ
इटहरी । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् प्रवक्ता रेवतीरमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्न निर्णय गरिएको जानकारी दिए। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त कार्यालयको पुननिर्माण र केही दिनअघि आएको बाढी पहिरोले भएको क्षतिको पुनर्निर्माणका लागि खर्च गर्नका लागि ती बजेट कटौती गर्ने निर्णय गरिएको मन्त्री भण्डारीले जानकारी दिए। प्रदेश सरका
इटहरी। इलामको सूर्योदय नगरपालिकाले १८ गते रातिको बाढीपहिरोपछि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका कार्यमा नमुना काम गर्दै आएको छ । असोज १९ गते बिहानैदेखि मुख्य मेची राजमार्ग खुलाउन लागेको नगरले हालसम्ममा नगरका १४ वटै वडाको क्षतिग्रस्त सडक खुलाइसकेको छ । नगरले नगर क्षेत्रभित्र मृत्यु भएका परिवारका सदस्यलाई दुई लाख रुपियाँका दरले आर्थिक सहयोग गरिसकेको छ भने ४० भन्दा बढी विस्थापितलाई प्रारम्भिक चरणको राहत वितरण गरिसकेको नगरका विपत् फोकल पर्सन सिर्जन गदालले जानकारी दिनुभयो । नगरले तत्कालै प्रकोप व्यवस्था कोष स्थापना गरेको छ । बाढीपहिरो प्रभावितलाई सहयोग गर्नका लागि सुरुमा नगरका कर्मचारी, व
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.