आर्थिक

    Showing ४११-४२० of १,२०४ items.
  • गाईघाट–फत्तेपुर सडकको स्तरोन्नति, कालोपत्रेको काम धमाधम हुँदै

    इटहरी ।  जिल्ला सदरमुकाम जोड्ने उदयपुर जिल्लाकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकको स्तरोन्नतिसँगै कालोपत्रेको काम धमाधम हुँदै छ  । २०२५ साल पहिले नै ट्र्याक खुलेको उक्त सडकको मोतिगढा जोगीदह क्षेत्रको करिब १२ किलोमिटर सडकखण्डमा डिभिजन सडक कार्यालय लहानले धमाधम कालोपत्रे गर्दै छ । नेपाल सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक योजना अनुसार सङ्घीय संसद्को एउटा निर्वाचन क्षेत्रमा कम्तीमा २५ र बढीमा ४० करोड रुपियाँसम्मको लागतमा सडक निर्माण गरिँदै छ । उदयपुरको निर्वाचन क्षेत्र नं। १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने जिल्लाकै सबैभन्दा पुरानो यो सडकमा मोतीगढा–जोगीदह खण्डमा कालोपत्रे गर्ने काम भइरहेक

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • ३३० पटक पढिएको
  • इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि प्रयोगविहीन

    इटहरी । इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि प्रयोगविहीन बनेको छ । इलाम नगरपालिका–९ सेरामा करोडौं खर्चेर निर्माण गरिएको सो शीतभण्डार प्रयोगविहीन बनेको हो । सन्दकपुर गाउँपालिका–३ का किबी किसान देउकुमार राईले सो शीत भण्डार सञ्चालन नभएकाले उत्पादित किबी भण्डारण गरेर राख्न नसकेको गुनासो गर्नुभयो ।  शीत भण्डार सञ्चालन गर्न सकिएमा यहाँ उत्पादिन फलफूल र तरकारीले राम्रो मूल्य पाउने उहाँको भनाइ छ । शीत भण्डार सञ्चालन नहुँदा यहाँ उत्पादित तरकारी तथा फलफुल महँगोमा झापा, मोरङलगायतका जिल्लामा लगेर भण्डारण गर्नुपर्ने बाध्यता छ । आफ्नो उत्पादन सस्तोमा बेच्नुपर्दा कृषिप्रति

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • २७७ पटक पढिएको
  • भद्रपुर राजस्व कार्यालयले पहिलो महिनामा रु ३० करोड सङ्कलन

    इटहरी । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो महिनामा रु ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत हो । कार्यालयले चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिनुभयो । यसमा आयकरबाट रु सात करोड ८३ लाख ६२ हजार, ब्याजबापत रु एक करोड ५१ लाख ६१ हजार, मूल्य अभिवृद्धि करबाफत रु १४ करोड ४५ हजार र अन्तःशुल्कबापत रु छ करोड ८३ लाख ७० हजार राजस्व सङ्कलन भएको हो । गत आव २०८१र८२ को पहिलो महिनामा रु ३० करोड २३ लाख २६ हजार राजस्व सङ

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • २३४ पटक पढिएको
  • पाथीभरामा १० महिनामा सङ्कलित ३६ क्विन्टल सिक्का गणनाको कार्य सुरु

    इटहरी । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पछिल्लो १० महिनामा सङ्कलित ३६ क्विन्टल सिक्का गणनाको कार्य सुरु भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीले भेटी सङ्कलन गरी गणनाको कार्य सुरु गरेका हुन् । अबिर लगायतका फोहोर लागेको सिक्कालाई उपकरणको सहायताले धोएर गणना गरी घाममा सुकाएर गणना गर्ने गरेका छन् । घाम लागेको दिनमा करिब एक क्विन्टल सिक्का गणना हुने समितिले जनाएको छ । यहाँ नेपाली सिक्का मात्र नभएर भारतलगायतका अन्य मुलुकका सिक्कासमेत दर्शनार्थीले चढाउने गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ मा करिब १५ लाख रुपियाँभन्दा बढीको सिक्का मात्र पाथीभरामा सङ्कलन भएको थियो । भेटी गणनाका लागि ८ जना

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ३०३ पटक पढिएको
  • बीपी प्रतिष्ठानमा अनियमितता, सिस्टम र बैंकका कर्मचारीको मिलेमतोमा दिनकै २ लाखसम्म गायब

    इटहरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आर्थिक अनियमितता हुँदै आएको पाइएको छ । काउन्टरबाट असुल हुने आम्दानीको सबै हिस्सा प्रतिष्ठानको खातामा नराखी व्यक्तिले घोटाला गरेको पाइएको हो । रजिस्ट्रार डा। सूर्य संग्रौलाले सनराइज बैंकका शाखा प्रबन्धकसँग साँठगाँठ गरी विगत दुई वर्षदेखि प्रतिष्ठानको बिल काउन्टरबाट दैनिक जम्मा हुने राजश्व हिनामिना गर्ने गरेको उजुरी राष्ट्रिय सतर्कता केन्द्रमा परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्दा कैफियत देखिएको भन्दै सतर्कता केन्द्रले थप छानबिन तथा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाएको छ । प्रतिष्ठान आफैंले त्यस विषयमा छानबिन समि

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ३०९ पटक पढिएको
  • देशमै पहिलो पटक प्रदेश सरकारले कोशीमा खोल्यो प्रदेश राजस्व कार्यालय

    इटहरी । कोशी प्रदेश सरकारले प्रदेश राजस्व कार्यालय सुनसरीको इटहरीमा सञ्चालनमा ल्याएको छ । देशमा कुनैपनि प्रदेश कार्यालयले सञ्चालनमा ल्याएको यो पहिलो राजस्व कार्यालय हो । प्रदेशस्तरीय राजस्व संकलनलाई प्रभावकारी र व्यवस्थित बनाउन सोमबार देखि यो कार्यालय सञ्चालनमा आएको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले बताउनुभयो । कार्यालय उद्घाटन गर्दै उहाँले विगतमा प्रदेश सरकार अपेक्षा अनुसार राजस्व संकलन गर्न नसकेको स्वीकार गर्दै जनतामाथि अतिरिक्त करको बोझ नपर्ने गरी राजस्व वृद्धिको वातावरण बनाउने उद्देश्यले यो कार्यालय स्थापना गरिएको बताउनुभयो । गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले ४ अर्ब ९८

    • प्रकाशित मितिः भदौ २, २०८२
    • ३७६ पटक पढिएको
  • इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

    इटहरी । इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१र८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा इञ्जीनीयर अर्जुन घिमिरेका अनुसार सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत माईजोगमाई गाउँपालिका–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोला र केचना–कञ्चनजङ्गा ९मेची करिडोर० सडकअन्तर्गत इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलामा बेलिब्रिज निर्माण भई सञ्चालनमा आएको हो । जोगमाई खोलामा रु एक करोड ९१ लाख २१ हजार ६३२ को लागतमा ४० मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो

    • प्रकाशित मितिः भदौ १, २०८२
    • २९४ पटक पढिएको
  • नेपालको प्लाइउड निर्यात पुनः अवरुद्ध, भारतीय भन्सारमा ट्रकहरू रोकियो

    इटहरी । नेपालबाट भारत निर्यात हुने प्लाइउडमा पुनः झमेला सिर्जना गर्दै भन्सारमा रोकिन थालिएको छ । पछिल्लो पटक निकासी भएर भारतको भन्सार कार्यालय पुगेको प्लाइउडको जाँचपास नगरी १२ दिनदेखि रोकिएको हो । कोशी प्रदेश अन्तर्गत झापाको काँकडभिट्टा र मोरङको विराटनगर नाकाबाट निकासी भइसकेपछि पानीट्याङ्की भन्सार र जोगबनी भन्सारले ट्रक रोकेर राखिदिएको उद्योगीले गुनासो गरेका छन् । पानीट्याङ्की भन्सारमा आठ वटा र जोगबनी भन्सारमा छ वटा ट्रक रोकिएको उनीहरूले बताएका छन् । उद्योगीका अनुसार भारतको राजस्व अनुसन्धान विभाग (डिआरआई) ले नेपालबाट निर्यात हुने प्लाइउडमा ब्युरो अफ इन्डियन स्टान्डर्ड (बिआइएस) मान्यताप्राप्त उ

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ४१२ पटक पढिएको
  • पथरीमा सहारा नेपाल साकोसद्वारा तिज मिलन तथा वित्तीय साक्षरतासहित जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

    सुन्दरहरैचा / सहारा नेपाल साकोस पथरी सेवा केन्द्रले पथरी शनिश्चरे–५ स्थित रामजानकी मन्दिरको सभाहलमा तिज मिलन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका क्रममा १० जना जेष्ठ नागरिकलाई सम्मानसमेत प्रदान गरिएको छ।समूह अध्यक्ष शोभा पोखरेल दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ की सदस्य मुना खड्का प्रमुख अतिथि रहेकी थिइन्। अन्य अतिथिहरुमा अनुगमन अधिकृत महेश तामाङ, पथरी सेवा केन्द्र संयोजक अशोक आचार्य र पशु प्राविधिक सञ्जित यादवको उपस्थिति रहेको थियो।कार्यक्रमको स्वागत तथा उद्देश्य प्रस्तुत सेवा केन्द्र प्रमुख कल्पना ढुंगानाले गरेकी थिइन् भने

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ४९३ पटक पढिएको
  • कोशी प्रदेशमा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि बिमा कार्यक्रम

    इटहरी । कोशी प्रदेशका पाँच जिल्लामा बढ्दै गएको हात्ती–मानवबिचको द्वन्द्वका कारण स्थानीयवासीमा देखिएको हात्तीविरोधी भावना न्यूनीकरण गर्न कोशी प्रदेश सरकारले बिमा कार्यक्रम अगाडि बढाएको छ । चालु आर्थिक वर्षदेखि नमुना परियोजनाका रूपमा झापाबाट बिमा कार्यक्रम कार्यान्वयन गर्ने गरी झापा डिभिजन वन कार्यालयका नाममा ५० लाख रुपियाँ स्वीकृत भइसकेको छ । कार्यक्रमको मोडालिटीबारे बिमा प्राधिकरण र कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकारीबिच छलफल भइरहेको मन्त्रालयका सचिव विशाल घिमिरेले बताउनुभयो । अब बिमा कार्यक्रम लागु हुने  नगरपालिका, डिभिजन वन कार्यालय, बिमा प्राधिकरण र बिमा कम्पनीबिच

    • प्रकाशित मितिः साउन २७, २०८२
    • २४१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]