इटहरी । बराहक्षेत्र १० प्रकाशपुरमा आयोजना गरिएको प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिताको उपाधी आयोजक प्रकासपुर भेट्रान्स फुटबल क्लबले हात पार्न सफल भएको छ । फाइनल खेल “ जनता भेट्रान्स फुटबललाई २–० गोल अन्तरले हराउदै प्रकासपुर भेट्रान्स फुटबल क्लबले जित हासिल गरेको हो । दुबै टिम जितको अभिलाषा लिएर मौदानमा उत्रेकाले खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । खेलमा जनता भेट्रान्स फुटबल क्लबले पटक पटक पाएको अवसर गुमाउन पुगेपछि उपबिजेतामा चित्त बुझाउनु परेको हो ।
प्रतियोगिताको विजेता प्रकासपुर भेट्रान्स फुटबल क्लबले नगद ५० हजार १ सय रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ । उपविजेताले ३१ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ । खेलमा बिभिन्न बिधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘पुरस्कार प्रदान गरिएको थियो । आयोजकले भेट्रान्स कप प्रकाशपुर क्षेत्रको खेलकुदमा नयाँ ऊर्जा थप्ने र अनुभवी खेलाडीबिच मैत्रीपूर्ण प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ । विजेताहरुलाई प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका वडा –१० को वडा अध्यक्ष तेज बहादुर गुरुङ र क्लबका पदाधिकारीहरुले पुरस्कार प्रदान गरेका थिए ।


