आर्थिक

    Showing ४४१-४५० of १,२४६ items.
  • काँकडभिट्टा नाकाबाट साउन महिनामा १ अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात

    इटहरी । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालू आर्थिक वर्ष २०८२र८३ को साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार रुपैयाँको, अलैँची ३२ करोड ४३ लाख २१ हजार रुपैयाँको, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख रुपैयाँको, अम्लिसो आठ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अद

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ३१८ पटक पढिएको
  • साउनमा कोसी सरकारको खर्च आठ करोड २८ लाख, आम्दानी २० करोड

    इटहरी । चालु आर्थिक वर्ष २०८२ र ८३ को साउनमा कोसी सरकारले कुल आठ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । कुल खर्चमध्ये चालुतर्फ आठ करोड १२ लाख र पुँजीगततर्फ १६ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । गत आवको साउनमा संघीय अनुदान फिर्ता गरेकाले चालु खर्च बढी देखिएको मन्त्रालयको भनाइ छ । त्यसैगरी, सोही अवधिमा प्रदेशको आन्तरिक कोषमा १९ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । चालु आर्थिक वर्ष २०८२र८३ का लागि प्रदेश सरकारले ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन र स्थानीय तहमा दिइने अनुदानमा विभाजित छ । बजेट खर्

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • २९१ पटक पढिएको
  • पाथिभरा मन्दिरमा एक वर्षमा १ करोड ४२ लाख भेटी संकलन

    इटहरी । मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा रु एक करोड ४२ लाख ८१ हजार सङ्कलन भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न पाउ पाथिभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन भएको छ । समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१र८२ मा दान पेटिकाबाट रु ७४ लाख ७४ हजार, सहयोग रसिदबाट रु ४४ लाख ४१ हजार, जिन्सी सामान बिक्रीबाट रु १२ लाख ३८ हजार र आजीवन सदस्यताबाट रु ८८ हजार आम्दानी भएको बताउनुभयो । बैंकमा रहेको बचतको ब्याजबापत रु पाँच लाख ६० हजार, अनलाइनमार्फत आय रु दुई लाख ५४ हजार र विविध आम

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • ४६४ पटक पढिएको
  • युनिकम नेपाल सुनसरीद्वारा सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण

    सुनसरी । नेपाल व्यापार कर्मचारी सङ्घ (युनिकम नेपाल) सुनसरीले व्यापार तथा वाणिज्य क्षेत्रमा कार्यरत कामदारहरूको अधिकार संरक्षण र सामाजिक सुरक्षा सुनिश्चितताका लागि सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।सुनसरी जिल्ला अध्यक्ष कल्याण विक्रम दङ्गालको अध्यक्षता तथा युनिकम नेपाल केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा कोष विराटनगर कार्यालय प्रमुख दीपकराज भट्टले सहजीकरण गर्नुभएको थियो।"सामाजिक सुरक्षा कोषमा कामदारको अनिवार्य आवद्धता हाम्रो अधिकार मात्र नभई सुरक्षित भविष्यतर्फको कदम हो," सहजीकरण गर्दै प्रमुख भट्टले भन्नु

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ४३१ पटक पढिएको
  • ताप्लेजुङको तिम्बुङ पोखरीमा दोस्रो ट्रेल रन, विजेताले ५० हजारसहित ट्रफी र मेडल पाउने

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता हुने भएको छ । गाउँपालिका–१ कालिखोलामा अवस्थित तिम्बुङ पोखरीमा ट्रेल रन प्रतियोगिता हुने भएको हो । चार हजार ३५० मिटरको उचाइमा प्रतियोगिता आगामी भदौ २६ गते हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । तिम्बुङ पोखरी संरक्षण तथा अव्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको दूरी १५ किलोमिटर कायम गरिएको छ । ट्रेल प्रतियोगिताका लागि तिम्बुङ पोखरीदेखि पङ्दुवा पुगी फर्केर ठुलो भञ्ज्याङसम्मको रुट निर्धारण गरिएको छ । कार्यक्रमको समापन समारोह भञ्ज्याङमा हुने छ । प्रतियोगिताको खुल्ला तर्फका विजेताले न

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ४९२ पटक पढिएको
  • डा. महाबीर पुन इलाममा किताब बेच्दै

    इटहरी । राष्ट्रिय अविस्कार केन्द्रका संस्थापक वैज्ञानिक डा। महाबीर पुन अहिले इलामका विभिन्न क्षेत्रमा किताव बेच्ने दौरानमा हुनुहुन्छ । मेची महाकाली अभियानअन्तर्गत ४३औं जिल्लाका रुपमा इलाममा किताब बेच्न आइपुग्नु भएका डा। पुनले इलामका पाँचवटा पालिकामा किताब बेची सक्नु भएको हो ।वीरगन्जको कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नै आत्मकथा समेटिएको किताब र केहि सयगोगी लिएर डा। पुन इलामको माई नगरपालिकाबाट किताब बेच्दै इलाम प्रवेश गर्नुभएको एक साता भयो । उहाँले माई नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिकामा किताब बेचेर इलाम नगरपालिकामा शुक्रबार साझदेखि किताब बेच्दै हुनुहुन्छ ।

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ३७७ पटक पढिएको
  • भारतको वाणिज्य विभागले मेची र विराटनगर भन्सारमार्ग हुँदै निर्यात भएका नौ वटा प्लाइउड बोकेका ट्रक जफत गरेपछि पूर्वका दुई नाकाबाट प्लाइउड निकासी ठप्प

    इटहरी । भारतको वाणिज्य विभागले नेपालबाट प्लाइउड बोकेर गएका नौ वटा ट्रक जफत गरेपछि पूर्वका दुई नाकाबाट यसको निकासीमा अवरोध भएको छ । विभागले भारतको डाइरोक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स ९डिआरआई० को मद्दतमा मेची र विराटनगर भन्सार कार्यालयबाट निकासी भएका प्लाइउड बोकेका नौ वटा ट्रक जफत गरेसँगै नेपाली उद्योगीले निर्यात बन्द गरेका हुन् । मेची भन्सार कार्यालयबाट निकासी भएका आठ वटा ट्रक भारतीय भन्सार कार्यालय पानीट्याङ्कीमा साउन दोस्रो हप्तादेखि रोकेर गत हप्ता जफत गरिएको थियो । यसै गरी विराटनगर भन्सार कार्यालयबाट गत शनिबार निकासी भएको एउटा ट्रक जोगबनी भन्सारमा रोकेर मङ्गलबार जफत गरिएको हो । मेची भन्सार

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • ४८४ पटक पढिएको
  • गाईपालनबाट मासिक तीन लाखभन्दा बढी आम्दानी

    इटहरी । इलामको सूर्योदय नगरपालिका–३ का गोपाल आचार्यले व्यावसायिक गाईपालनबाट मासिक तीन लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । आचार्यले गाईपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक तीन लाखभन्दा बढी आम्दानी गरेको बताउनुभयो । आफ्नो र अन्य जमिन भाडामा लिएर उहाँले सञ्चालन गरिरहनुभएको ‘पञ्चामृत गाई फार्म’ बाट दैनिक १६० देखि दुई सय लिटरसम्म दुध उत्पादन हुन्छ । दुध डेरीमा पु¥याउँदा प्रतिलिटर ६० रुपियाँका दरले बिक्री हुने उहाँले जानकारी दिनुभयो । अन्य खेतीबालीबाट सधैँ दुःख मात्र भएपछि आचार्यले २०७० सालमा राष्ट्रिय वाणिज्य बैङ्कबाट १० लाख रुपियाँ ऋण लिएर दर्ता गरी गाई फार्म सुरु गर्नुभएको थियो । अहिलेसम्म आच

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ५०५ पटक पढिएको
  • गत वर्षको तुलनामा काँकरभिट्टाबाट आयात घट्यो, निर्यात र राजस्वमा भने वृद्धि

    इटहरी । चालु आर्थिक वर्ष २०८२र ८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट रु तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । यो गत आव २०८१र८२ को सोही अवधिको तुलनामा रु १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा रु तीन अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको साउनमा रु एक अर्ब ५४ करोड २८ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ८० करोड ८२ लाखको

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • ५८४ पटक पढिएको
  • पाथीभरा क्षेत्र विकास समितिको ३६ लाखभन्दा बढी बेरुजु बाँकी

    इटहरी । पाथीभरा क्षेत्र विकास समितिको बेरुजु झण्डै साढे ३६ लाख रुपियाँ देखिएको छ । पछिल्लो एक दशकको अवधिमा समितिको फर्स्योट हुन बाँकी रहेको बेरुजु ३६ लाख ३९ हजार २९८ रुपियाँ देखिएको हो । समितिले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा आर्थिक वर्ष २०७१(०७२ देखि आर्थिक वर्ष २०८०(०८१ सम्ममा उक्त रकम बराबरको बेरुजु फर्स्योट  हुन बाँकी रहेको उल्लेख गरिएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार महालेखा परीक्षकले औँल्याएको बेरुजुमध्ये केही रकम फर्स्योट भएका छन् । हाङबाङ कार्यकारी निर्देशकको जिम्मेवारी नियुक्त हुनु भएपछि ४६ हजार रुपियाँको बेरुजु रकम फर्स्योट  भएको समितिले जनाएक

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • २९६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]