सुनसरी । नेपाल व्यापार कर्मचारी सङ्घ (युनिकम नेपाल) सुनसरीले व्यापार तथा वाणिज्य क्षेत्रमा कार्यरत कामदारहरूको अधिकार संरक्षण र सामाजिक सुरक्षा सुनिश्चितताका लागि सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

सुनसरी जिल्ला अध्यक्ष कल्याण विक्रम दङ्गालको अध्यक्षता तथा युनिकम नेपाल केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा कोष विराटनगर कार्यालय प्रमुख दीपकराज भट्टले सहजीकरण गर्नुभएको थियो।

"सामाजिक सुरक्षा कोषमा कामदारको अनिवार्य आवद्धता हाम्रो अधिकार मात्र नभई सुरक्षित भविष्यतर्फको कदम हो," सहजीकरण गर्दै प्रमुख भट्टले भन्नुभयो। उहाँका अनुसार, व्यापार तथा वाणिज्य क्षेत्रमा कार्यरत कामदारले पनि सरकारले प्रवर्तन गरेको कोषमार्फत चिकित्सा, मातृत्व, दुर्घटना तथा वृद्धावस्थामा प्रत्यक्ष लाभ लिन सक्नेछन्।

IMG_20250830_134721

नेपालको समृद्धि कामदारमै निर्भर छ, त्यसैले सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवहारिक र प्रभावकारी बनाउन हामीले दबाबमूलक भूमिका खेल्दै कामदारको योगदानको सम्मान गर्दै उनीहरूलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउन युनिकम नेपाल प्रतिबद्ध रहेको युनिcome nepal केन्द्रीय अध्यक्ष पौडेलले

जिल्ला अध्यक्ष दङ्गालले कार्यक्रमको उद्देश्यबारे बताउँदै भने, "हाम्रो प्राथमिकता भनेको व्यापार र वाणिज्य क्षेत्रमा संलग्न प्रत्येक कर्मचारीलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउनु हो। यसका लागि निरन्तर जनचेतना कार्यक्रम र तालिमहरू सञ्चालन गर्दै जानेछौं।"

कार्यक्रममा व्यवसाय प्रशिक्षण केन्द्र इटहरीका प्रमुख पुष्पराज कटवाल, युनिकम नेपालका केन्द्रीय महासचिव एल.एन. दाहाल, प्रदेश अध्यक्ष पून्य प्रसाद लुइटेललगायत स्थानीय व्यवसायी समाजसेवीहरूको उपस्थिती रहेको थियो।

सुनसरी सचिव मोहन पोखरेलका अनुसार कार्यक्रममा सहभागी कामदारहरूले सामाजिक सुरक्षा कोषबारे विस्तृत जानकारी पाएसँगै यसमा आवद्ध हुन सहज हुने विश्वास गरिएको छ।

IMG_20250830_134735