सुन्दरहरैचा / सहारा नेपाल साकोस पथरी सेवा केन्द्रले पथरी शनिश्चरे–५ स्थित रामजानकी मन्दिरको सभाहलमा तिज मिलन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका क्रममा १० जना जेष्ठ नागरिकलाई सम्मानसमेत प्रदान गरिएको छ।समूह अध्यक्ष शोभा पोखरेल दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ की सदस्य मुना खड्का प्रमुख अतिथि रहेकी थिइन्। अन्य अतिथिहरुमा अनुगमन अधिकृत महेश तामाङ, पथरी सेवा केन्द्र संयोजक अशोक आचार्य र पशु प्राविधिक सञ्जित यादवको उपस्थिति रहेको थियो।कार्यक्रमको स्वागत तथा उद्देश्य प्रस्तुत सेवा केन्द्र प्रमुख कल्पना ढुंगानाले गरेकी थिइन् भने
इटहरी । कोशी प्रदेशका पाँच जिल्लामा बढ्दै गएको हात्ती–मानवबिचको द्वन्द्वका कारण स्थानीयवासीमा देखिएको हात्तीविरोधी भावना न्यूनीकरण गर्न कोशी प्रदेश सरकारले बिमा कार्यक्रम अगाडि बढाएको छ । चालु आर्थिक वर्षदेखि नमुना परियोजनाका रूपमा झापाबाट बिमा कार्यक्रम कार्यान्वयन गर्ने गरी झापा डिभिजन वन कार्यालयका नाममा ५० लाख रुपियाँ स्वीकृत भइसकेको छ । कार्यक्रमको मोडालिटीबारे बिमा प्राधिकरण र कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकारीबिच छलफल भइरहेको मन्त्रालयका सचिव विशाल घिमिरेले बताउनुभयो । अब बिमा कार्यक्रम लागु हुने नगरपालिका, डिभिजन वन कार्यालय, बिमा प्राधिकरण र बिमा कम्पनीबिच
इटहरी । भोजपुर सदरमुकाममा निर्माणाधीन ढल आयोजना तोकिएको समयमा सम्पन्न नहुँदा स्थानीयवासीले लामो समयदेखि ठूलो सास्ती भोग्नुपरेको छ । संघीय सरकारको ८५ प्रतिशत र भोजपुर नगरपालिकाको १५ प्रतिशत लागत साझेदारीमा जीवाईइ सीएल बीडि टीएन एस जेभी कम्पनीसँग २०७९ असार २९ गते सम्झौता भएको यस आयोजनाको कुल लागत ५० करोड ३१ लाख ४२ हजार ६ सय ६३ रुपैयाँ निर्धारण गरिएको थियो । सम्झौता अनुसार काम २०८१ असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने भए पनि हाल सम्म करिब ६५ प्रतिशत मात्र काम भएको छ । ढल निर्माणका क्रममा टुडिखेल मुनी देखि बैंकरोड हुँदै च्याङबेनी चोक सम्मको सडक मेसिन लगाएर भत्काइए पनि समयमै पुनर्निर्माण नगरिएकाले स
इटहरी । ताप्लेजुङमा अलैँची खेतीतर्फ किसानको आकर्षण बढेको पाइएको छ । पछिल्लो समय अलैँचीको मूल्य आकर्षक रुपमा वृद्धि भएपछि खेतीतर्फ किसानको आकर्षण बढेको हो । अलैँची खेतीतर्फ किसानको आकर्षणसँगै उनीहरुले धान, मकै, कोदोजस्ता खाद्यान्न बाली उत्पादन हुने खेतीयोग्य जमिन मासेर अलैँची रोप्न थालेका हुन् । पछिल्लो समय वृद्धि भएको अलैँचीको मूल्य कायम रहेमा खाद्यान्न बालीभन्दा अलैँचीबाट धेरै गुणा बढी आम्दानी हुने भएकाले खेतीतर्फ किसान आकर्षित भएका हुन् । गएको आर्थिक वर्षमा अलैँचीको मूल्य अत्यधिक राम्रो आएकाले जिल्लाका किसान खेती गर्नेतर्फ आकर्षित भएका हुन् । मिक्वाखोला गाउँपालिका –४ साँवाका स्थानीय इन्द्र थ
इटहरी । तीनदिनदेखिको अविरल वर्षासँगै गएराती आएको पहिरोले धरान उपमहानगरपालिका( ३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षती पुर्याएको छभने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् । राति करिब १ः३० बजे खसेको पहिरोले धरान( ३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पुर्याएको छ । स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए । घटनापछि तत्कालै घटनास्थल पुग्नुभएका धरान उपमहानगरपालिका ( ३ का वडासदस्य मिङ्मा भोटेले वडाको विपद् व्यवस्थापन बजेट र नगरपालिकाको सहकार्यमा पर्खाल निर्माणलगायतका काम गरिने बताए । उनका अनुसार सो क्षेत्रका १२ भन्दा बढी घर उ
इटहरी / CFMOTO Nepal ले आफ्नो नयाँ संस्करणको 450SR-S प्रिमियम स्पोर्ट्स बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधिसहित आएको यो बाइकको मूल्य रु १३.४९ लाख तोकिएको छ।यो बाइकमा 449.5cc को ट्विन-सिलिन्डर इनलाइन, लिक्विड-कुल्ड, 4-स्ट्रोक DOHC इञ्जिन जडान गरिएको छ, जसले ९,५०० RPM मा ५१ hp पावर र ७,५०० RPM मा ४० Nm टर्क प्रदान गर्छ। Euro V+ उत्सर्जन मापदण्ड अनुसार बनेको बाइकमा १४ लिटर क्षमताको फ्युल ट्यांक, स्लिपर क्लच, छ-स्पीड गियरबक्स, र डुअल-च्यानल ABS जडान गरिएको छ।नयाँ अपडेट अनुसार, 450SR-S मा अपग्रेड गरिएको स्विङआर्म र पहिलेको २२०mm को साटो २४०mm ठूलो रियर डिस्क ब्रेक राखिएको
इटहरी / लामो समयदेखि प्रतिक्षामा रहेको BYD Seagull, जसलाई नेपाली बजारमा BYD Atto 1 नाम दिइएको छ, NAIMA Nepal Mobility Expo 2025 मा औपचारिक रुपमा सार्वजनिक गरिएको छ। यो इलेक्ट्रिक गाडी दुई फरक भेरिएन्टमा उपलब्ध गराइएको छ, जसको मूल्य क्रमशः रु २८.९५ लाख र रु ३२.९९ लाख तोकिएको छ।BYD Atto 1 को Dynamic भेरिएन्ट मा ३०.०८ kWh क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले WLTP अनुसार २३० किलोमिटर रेन्ज दिन्छ। उस्तै, Premium भेरिएन्ट मा ३८.८८ kWh ब्याट्री रहेको छ जसले ३०० किलोमिटर रेन्ज प्रदान गर्छ।नेपालमा Cimex Inc. को आधिकारिक बिक्रि वितरणमार्फत उपलब्ध हुने यस गाडीको बुकिङ NAIMA Auto Show 2025 को अवस
इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोलाबाट उत्पादित काबेली–३ क्यासकेट जलविद्युत आयोजनाको उत्पादन परीक्षण उत्पादन सुरु गरिएको छ । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको २१।९३ मेगावाट क्षमताको आयोजनाको उत्पादन परीक्षण मङ्गलबारदेखि सुरु भएको हो । आयोजनाका सम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार २०७९ साल माघ ५ गतेबाट काम सुरु भई आयोजना निर्माण कार्य सम्पन्न भएसँगै विद्युत उत्पादनको परीक्षण सुरु गरिएको हो । मङ्गलबारदेखि सुरु भएको उत्पादन परीक्षण सफल भएपछि औपचारिक रुपमा आयोजनाको विद्युत उत्पादन सुरु हुने सम्पर्क अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो । काबेली–३ को आयोजनास्थल
इटहरी । दुई वर्षअघि महामारीको रूप लिएर कोशी प्रदेशमा हजारौँ पशुचौपायाको ज्यान लिएको लम्पी स्किन रोगको प्रकोप पुनः बल्झिएको छ । दुई वर्षअघि सञ्चालन गरेको खोप अभियानका कारण नियन्त्रणमा रहेको यो रोगविरुद्ध तीनै तहका सरकारले नियमित खोप कार्यक्रमलाई निरन्तरता दिन नसक्दा बल्झिएको निष्कर्ष निकालिएको छ । कोशी प्रदेशमा दुई वर्षपछि लम्पी स्किन रोगबाट किसानहरूले फेरि क्षति बेहोर्न थालेका छन् । कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको तथ्याङ्कअनुसार अघिल्लो सातासम्म २२ हजार १२२ गाई र भैंसी यसबाट सङ्क्रमित भएका छन् भने ६३७ को मृत्यु भइसकेको छ । यस पटक सङ्क्रमणको सबैभन्दा बढी मार झापा जिल्लाले खे
इटहरी । कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा गत माघयता विद्युत् ट्रान्सफर्मर चोरीका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ट्रान्सफर्मर चोरीमा संलग्न आरोपित सात जना र चोरिएका ट्रान्सफर्मरको सामान खरिद गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको विवरण मङ्गलबार सार्वजनिक गरेको हो । यो समूहले मोरङका ८, सुनसरीका १२ र झापाका दुई स्थानका ट्रान्सफर्मर चोरी गरेको आरोप छ । चोरीमा संलग्नबाट सिँचाइ प्रयोजनका लागि जडान गरिएका ट्रान्सफर्मर झिकेर बिक्री गर्दै आएको पाइएको थियो । घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिदिन नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश कार्यालयले कोशी प्रदेश
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.