आर्थिक

    Showing ४६१-४७० of १,२०४ items.
  • कोशी प्रदेशको गत वर्षको आम्दानी २९ अर्ब ३३ करोड

    इटहरी । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१र८२ मा कुल २९ अर्ब ३३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको वार्षिक आय विवरणअनुसार प्रदेशको आम्दानीको ठूलो हिस्सा संघीय सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँडमा निर्भर रहेको देखिएको छ । प्रदेशको कुल आम्दानीमा सबैभन्दा ठूलो योगदान समानीकरण अनुदानको रहेको छ । यस शीर्षकमा प्रदेशले संघीय सरकारबाट ८ अर्ब २० करोड ६२ लाख रुपैयाँ प्राप्त गरेको छ । यो कुल आम्दानीको करिब २८ प्रतिशत हो । त्यस्तै, राजस्व बाँडफाँडअन्तर्गत मूल्य अभिवृद्धि कर ९भ्याट० प्रदेशको दोस्रो ठूलो आम्दानीको स्रोत बनेको छ । भ्याट बाँडफा

    • प्रकाशित मितिः साउन १, २०८२
    • ३२३ पटक पढिएको
  • भोजपुर हतुवागढीको निर्माणाधीन पालिका भवनको काम अन्तिम चरणमा

    इटहरी ।  हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित सात करोड ५० लाख ४४ हजार १३७ को लागतमा निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार भवनको काम ९० प्रतिशतभन्दा बढी पूरा भएको छ । आगामी भदौसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । भवन गाउँपालिकाको ४० प्रतिशत र केन्द्र सरकारले ६० प्रतिशत लगानी गर्ने गरी निर्माण थालिएको हो । केन्द्र सरकारले हालसम्म साझेदारी रकमको दुई करोड ३७ मात्र प्राप्त भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । गाउँपालिकाले पाँच करोड लगानी गरिसकेको छ । गाउँ

    • प्रकाशित मितिः साउन १, २०८२
    • २७६ पटक पढिएको
  • मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोडले वृद्धि

    इटहरी । मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोड रुपियाँले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ को तुलनामा आर्थिक वर्ष २०८१र०८२ मा ९३ लाख ३१ हजार ६६ रुपियाँ बढी राजस्व सङ्कलन भएको हो । आर्थिक वर्ष २०८१र०८२ मा कुल तीन करोड ७२ लाख ३९ हजार ४३७ रुपियाँ राजस्व सङ्कलन भएको छ । मालपोत कार्यलय ताप्लेजुङका प्रमुख निर्मल शेर्पाका अनुसार पुँजीगत लाभकरतर्फ एक करोड ८८ लाख ५० हजार ७६७ रुपियाँ र रजिष्ट्रेशन दस्तुर, न्यायिक सेवा, मोठ–रोक्का, प्रतिलिपि प्रदान मार्फत एक करोड ८३ लाख ८८ हजार ६७० रुपियाँ गरी कुल तीन करोड ७२ लाख बढीको राजस्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ मा पुँजीगत ल

    • प्रकाशित मितिः साउन १, २०८२
    • ३१२ पटक पढिएको
  • सहारा नेपाल साकोस कर्मचारीमाथि भएको दुर्व्यवहारको प्रति सेयर सदस्य तथा कर्मचारी द्वारा दुःख व्यक्त

    सुन्दरहरैचा / एकीकृत कर्मचारी संगठनले कर्मचारीमाथि भएको दुव्र्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको देशकै ठूलो सहकारी अन्तरगतको एकीकृत कर्मचारी संगठन सहारा नेपाल साकोसले बिज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । कर्मचारीमाथि दुव्र्यवहार साथै सेवा केन्द्र प्रमुखलाई हातपात समेत गरी निकृष्ट कार्य गरिएको थियो । सहारा नेपाल बचततथा ऋण सहकारी संस्था अन्तरगत सेवा केन्द्र मधुमल्लामा कार्यरत सेवा केन्द्र प्रमुख रमेश राई र कर्मचारी शुसिला लामिछानेलाई सदस्यले कर्जा नबिकरण गर्ने शिलशिलामा मिक्लाजुङ गाउँपालिका–२ रचना टोलमा बोलाइएको थियो । स

    • प्रकाशित मितिः साउन १, २०८२
    • ४५७ पटक पढिएको
  • धरान–चतरा सडकमा पुल निर्माण कार्य ९५ प्रतिशत सम्पन्न

    इटहरी । धरान–चतरा सडकखण्डमा पर्ने तीन वटा पुल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत रहेको सडकखण्डमा पर्ने बाघखोला, बगुवाखोला र ठकुरीखोलामा पुल निर्माण गरिएको हो । निर्माणाधीन तीन वटा पक्की पुलको ९५ प्रतिशत काम सकिए पनि पुलसँग जोडिएका सडकको काम भने बाँकी छ । बहुवर्षीय योजना अन्तर्गत झापाको बाहुनडाँगीदेखि खुर्कोट हुँदै महाकालीसम्म एक हजार दुई सय किलोमिटर मदन भण्डारी राजमार्ग निर्माण अन्तर्गत पुल निर्माण भइरहेका हुन् । पुल निर्माणमा खटिएको सूर्य एन्ड सन्स निर्माण कम्पनीका इन्जिनियर उमेश श्रेष्ठका अनुसार बाघखोला, बगुवाखोला र ठकुरीखोलाको पुल निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । बर्ख

    • प्रकाशित मितिः साउन १, २०८२
    • २५७ पटक पढिएको
  • बराहक्षेत्रमा कानुनी आधारविना तोकादेशमै कर्मचारी नियुक्ति र विज्ञापन वितरण

    बराहक्षेत्र, सुनसरी – बराहक्षेत्र नगरपालिकाले यस आर्थिक वर्षमा पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन शीर्षकमा विनियोजन गरेको २५ लाख रुपैयाँमध्ये २३ लाख ५८ हजार ६ सय ७८ रुपैयाँ खर्च गर्दा सार्वजनिक खरिद नियमावली २०६४ को उल्लंघन भएको महालेखा परीक्षण प्रतिवेदनले औंल्याएको छ ।सार्वजनिक खरिद नियमावलीको नियम ३१ अनुसार बीस लाख रुपैयाँभन्दा बढीको सेवा खरिद खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने उल्लेख छ। तर नगरपालिकाले सूचना तथा सन्देश प्रकाशनको काममा कुनै सार्वजनिक सूचना जारी नगरी, नगर प्रमुखको तोक आदेशकै भरमा मिडियाहरुलाई रकम वितरण गरेको देखिएको हो।महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा भनेको छ, “पाल

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ५५० पटक पढिएको
  • अरूण गाउँपालिकामा बहुउद्देशीय आध्यात्मिक प्रतिष्ठान निर्माण

    भोजपुर | करिब पाँच करोड रुपैयाँको लागतमा निर्माण हुने बहुउद्देशीय आध्यात्मिक प्रतिष्ठानको शिलालेख अनावरण कार्यक्रम अरूण गाउँपालिकामा सम्पन्न भएको छ। उक्त परियोजनामा भारतीय दूतावास, काठमाडौंको ८० प्रतिशत तथा अरूण गाउँपालिकाको २० प्रतिशत आर्थिक सहयोग रहनेछ।शिलालेख अनावरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा अरूण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री तथा भारतीय दूतावास, काठमाडौंका काउन्सिलर अभिनाश कुमार सिंहको उपस्थिति रहेको थियो।कार्यक्रममा उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, भारतीय दूतावासका एटेची उपेन्द्र सिंह नेघी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, संस्थाका पदाधिकारी, वडाध

    • प्रकाशित मितिः असार ३१, २०८२
    • ६१६ पटक पढिएको
  • सुनसरी उद्योग वाणिज्य सङ्घको सोमवार सम्पन्न निर्वाचन मतगणना भोली मङ्गलवार बिहान देखी हुने

    धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको आज सोमवार सम्पन्न निर्वाचनमा कुल २ हजार ३४० मत खसेको छ । कुल २ हजार ९०७ मतदाता मध्ये यसपालीको निर्वाचनमा ८० दशमलव ४९ प्रतिशत मत खसेको निर्वाचन अधिकृत राजेन्द्र शर्माले बताए । मतगणना भोली मङ्गलवार बिहान देखी हुनेछ ।प्रारम्भिक चरणमा राजनीतिक दलहरू तटस्थ रहेको देखिएको थियो। तर अध्यक्ष पदका उम्मेदवार गोपाल श्रेष्ठ एमाले निकट भएतापनि अर्का उम्मेदवार शिवराज श्रेष्ठ एमाले पार्टी धरान नगर सचिवालय सदस्य भएकाले उनैलाई आधिकारिक उम्मेदवारको मान्यता दिएर एमाले पार्टी चुनावमा होमिएको देखियो ।एमाले निकट सङ्घका पूर्व अध्यक्षहरू, अग्रज व्यवसायीहरू गोपाल श्रेष्ठको पक्षमा पहिल

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २९३ पटक पढिएको
  • उदयपुर बरुवा खोला झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

    इटहरी । उदयपुरको त्रियुगा नगरपालिका– ११ र १३ जोड्ने डिम्किस्थित डाक्टर रणशेर राई समाधिस्थल जाने बरुवा खोलामा बनाउन थालिएको झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सस्पेन्सन बृज डिभिजन आयोजनाद्वारा अघिल्लो वर्ष बनाउन सुरु गरिएको उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै वर्षा याममा बरुवा खोला वारपार गर्न सदावहार उच्च जोखिम मोल्दै आएका यस क्षेत्रका स्थानीयहरुमा अब त्यस्तो जोखिम मोल्नुपर्ने बाध्यताको अन्त्य भएको छ । दुई सय ६६ मिटर लामो यो पुल निर्माणका लागि नेपाल सरकारको आर्थिक वर्ष २०८१र०८२ को सङ्घीय बजेटबाट स्रोत सुनिश्च

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २३१ पटक पढिएको
  • फुङ्लिङ बजारभित्रको अढाई किलोमिटर बढी सडक कालोपत्रे

    इटहरी । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारभित्रको अढाई किलोमिटर बढी सडक कालोपत्रे गरिएको छ । मेची राजमार्ग हुँदै फुङ्लिङ नगरपालिकाको कार्यालय जोड्नेसहित बजारभित्रका विभिन्न सडकहरु कालोपत्रे गरिएको हो । फुङ्लिङ नगरपालिकाले मुख्य बजारभित्रका सडकहरु निर्माण कम्पनी र उपभोक्ता समितिमार्फत कालोपत्रे गरेको हो । नगरपालिकाभित्रको २।५४७ किलोमिटर सडक कालोपत्रे गरिएको छ । उक्त दूरी बराबर कुल तीन करोड ९८ लाख ५६ हजार ७२३ रुपियाँ बजेटको लागतमा बजार क्षेत्रको सडक कालोपत्रे गरिएको हो । फुङ्लिङ नगरपालिकाका प्राविधिक हेमराज बिष्टका अनुसार बजार क्षेत्रको तोक्मेडाँडादेखि कफीहाउस लाइन हुँदै नगरपालिका कार्यालय जोड्ने

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २१४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]