सुन्दरहरैचा / सहारा नेपाल साकोस पथरी सेवा केन्द्रले पथरी शनिश्चरे–५ स्थित रामजानकी मन्दिरको सभाहलमा तिज मिलन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका क्रममा १० जना जेष्ठ नागरिकलाई सम्मानसमेत प्रदान गरिएको छ।
समूह अध्यक्ष शोभा पोखरेल दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ की सदस्य मुना खड्का प्रमुख अतिथि रहेकी थिइन्। अन्य अतिथिहरुमा अनुगमन अधिकृत महेश तामाङ, पथरी सेवा केन्द्र संयोजक अशोक आचार्य र पशु प्राविधिक सञ्जित यादवको उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत तथा उद्देश्य प्रस्तुत सेवा केन्द्र प्रमुख कल्पना ढुंगानाले गरेकी थिइन् भने सञ्चालन कर्मचारी उत्तम थापा मगरले गरेका थिए। अनुगमन अधिकृत महेश तामाङले सहकारीको वर्तमान अवस्था र सरकारी नीतिबारे जानकारी गराएका थिए।
ब्यानर वाचन गरी प्रमुख अतिथिबाट कार्यक्रमको उद्घाटन गरिएको थियो। त्यसक्रममा तिजको शुभकामना सहित जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो। साथै सदस्य कविता कार्कीलाई पशु बीमा रकम हस्तान्तरण गरिएको छ।

कार्यक्रमको मनोरञ्जनात्मक पक्षमा तिज गीतमा एकल तथा सामूहिक नृत्य प्रस्तुति भएको थियो। नृत्यतर्फ एकल तर्फ स्नेहा कुँवर पहिलो र सरस्वती गिरी दोस्रो भएका थिए। त्यसैगरी म्युजिकल चेयर खेलमा बिन्दा जोशी प्रथम भएकी थिइन्। संगिनी लगायतका अन्य रमाइला कार्यक्रमहरुले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो l
करीब ६५ जनाको उपस्थिति रहेको कार्यक्रममा सन्दीप मण्डल, शर्मिला ओली, अनुशा खतिवडा लगायतका कर्मचारीहरूको पनि सक्रिय उपस्थिति रहेको थियो।



