इटहरी । ताप्लेजुङबाट गएको आर्थिक वर्षमा झण्डै चौध करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१र८२ मा सङ्घ तथा प्रदेश सरकार मातहतका निकाय अर्थात कार्यालयमार्फत उक्त राजस्व रकम सङ्कलन भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका सहलेखापाल नवीन खनालका अनुसार सङ्घ र प्रदेश दुवैतर्फ कुल १३ करोड ८५ लाख ८४ हजार २६७ रुपियाँ राजस्व सङ्कलन भएको छ । सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयमार्फत उक्त राजस्व रकम सङ्कलन भएको सहलेखापाल खनालले जानकारी दिनुभयो । खनालका अनुसार सङ्घीय सरकार मातहतका निकायमार्फत १२ करोड ९५ लाख ५३४ रुपिया
इटहरी । सशस्त्र प्रहरी बल नेपाल नम्बर एक गुल्म हेड क्वाटर कञ्चनजङ्घा ताप्लेजुङमा नवनिर्मित विपद् व्यवस्थापन डिसास्टर मेनेजमेन्ट डिएम स्टोर भवनको उद्घाटन गरिएको छ । ताप्लेजुङमा बाढी पहिरोबाट हुने जोखिम न्यूनीकरण गर्नका लागि आवश्यक सामाग्रीको व्यवस्थापन सहित नवनिर्मित भवनको उद्घाटन गरिएको हो । कुल ८ लाख ६० हजार ७८८ रुपियाँको लागतमा निर्मित भवनको उद्घाटन फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा गरिएको छ । जिल्लामा हुने विपद् प्रतिकार्यका लागि चाहिने आवश्यक सामाग्री समेत स्थानीय तह तथा अन्य सङ्घसंस्थाको समन्वयमा खरिद गरि भण्डारण गरिएको गुल्मका गुल्मपति शसस्त्र प्रहरी नायब उपरीक्
इटहरी । मोरङको उर्लाबारी नगरपालिकामा नयाँ बसपार्कको शिलान्यास गरिएको छ । नगर प्रमुख गङ्गाप्रसाद खरेलले आइतबार उर्लाबारी(६ मा बसपार्क शिलान्यास गर्नुभएको हो । उहाँले शिलान्यास कार्यक्रममा बोल्दै नगरको बेरुजु ३८ करोडबाट घटाएर १६ करोडमा झारेको बताउनुभयो । नगर प्रमुख खरेलले नगरलाई भ्रष्टाचार मुक्त बनाउन प्रयास भइरहेको बताउँदै सुशासन कायम गर्नसके भ्रष्टाचार आफैं घट्दै जाने र शुसासन पहिलो सर्त भएको उल्लेख गर्नुभयो । उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले १२ करोड ९३ लाख रुपियाँको डिपिआर बनेको जानकारी दिँदै ठेक्का ११ करोड तीन लाखमा लागेको बताउनुभयो । नगर विकास कोषको ६० प्रतिशत
इटहरी । ताप्लेजुङमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । लाखेजात्रा पर्वको अवसरमा आउँदो साउन २४ देखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाहिरको एकसहित आठ टोली सहभागी हुने भएका हुन् ।आयोजक लाखेजात्रा सञ्चालन समितिले आइतबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मलेन गर्दै प्रतियोगितामा सहभागी हुने टोलीको विवरण सार्वजनिक गरेको हो । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगितमा सहभागी टोलीमा फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडस्टार फुटबल क्लब झापा सहभागी हुनेछन् । यस्तै, द योङ ब्रदर्स क्लब इटहर
इटहरी । ताप्लेजुङमा एक वर्षको अवधिमा एक हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा एक हजार ५७ वटा सवारी साधन कारबाहीमा परेका हुन् । जसमा ३० वटा टिप्पर, दुई वटा बस, तीन सय ७५ वटा कार, जिप र भ्यान कारबाहीमा परेका छन् । यस्तै, एकसय सातवटा ट्रयाक्टर, चार सय ८२ वटा मोटरसाइकल, ५० वटा टेम्पो र अन्य ११ वटा सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (प्रहरी सहायक निरीक्षक) सुमन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सावारी साधन कारबाहीबाट आठ लाख ३१ हजार पाँचसय रुपियाँ राजश्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा भने एक हजार तीनसय सव
इटहरी । गत आर्थिक वर्षमा सोलुखुम्बुको ३७ करोड रकम बढी फ्रिज भएको छ । गएको आर्थिक वर्ष २०८१(८२ मा ३७ करोड ७४ लाख १० हजार ६ सय ६७ रुपियाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नवीन राईले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घ र प्रदेश गरी ४ अर्ब ६१ करोड १३ लाख ३९ हजार ५ सय ५२ रुपैयाँ विनियोजित बजेटमध्ये सो रकम फ्रिज भएको हो । जिल्लामा सङ्घबाट चालु र पुँजीगत गरी ४ अर्ब १० करोड ९८ लाख २२ हजार पाँच सय ५२ रुपियाँ र प्रदेशतर्फको चालु र पुँजीगत गरी कुल ५० करोड १५ लाख १७ हजार गरी कुल ४ अर्ब २३ करोड ३९ लाख २८ हजार आठ सय ८४ रुपियाँ ९९ पैसा रकम खर्च भएको कार्यालयको तथ्या
इटहरी । झापा जिल्लामा आर्थिक वर्ष २०८१र८२ (असार–साउन) मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाए। दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भए। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार एक वर्षमा ५२ हजार ८७५ सवारी चालकलाई कारबाही गरिएको छ। यो कारबाहीबाट ३ करोड ९५ लाख ५५ हजार ५६० रुपैयाँ राजस्व सङ्कलन भएको छ। मादक पदार्थ सेवन (मापसे) मा ३१७४ जना कारबाहीमा परे, जसबाट १८ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। जिल्लाभर ट्राफिक सचेतना कार्यक्रममा विद्यालय तहका ८४६१ विद्यार्थीलाई ट्र
इटहरी । ताप्लेजुङबाट गएको आर्थिक वर्षमा ४८ करोड रुपियाँ बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१र८२ मा उक्त रकम फ्रिज अर्थात सरकारको केन्द्रीय खातामा फिर्ता भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार ताप्लेजुङका विनियोजित चालु तथा पुँजीगत बजेटबाट कुल ४८ करोड छ लाख ५८ हजार १३६ रुपियाँ रकम खर्च हुन नसकी फ्रिज भएको हो । फ्रिज भएको रकममध्ये सङ्घतर्फको चालु र पुँजीगत दुवै बजेटबाट ३९ करोड ४८ लाख ७० हजार ६८४ रुपियाँ रहेको छ । बाँकी प्रदेशतर्फको बजेटबाट आठ करोड ५७ लाख ८७ हजार ४५२ रुपियाँ फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्
इटहरी । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ तुलनामा आर्थिक वर्ष २०८१र०८२ झण्डै दोब्बरले राजस्व सङ्कलन गरेको हो । नापी कार्यालय ताप्लेजुङका प्रमुख तथा नापी अधिकृत इन्जिनियर रजिता श्रेष्ठका अनुसार आर्थिक वर्ष आर्थिक वर्ष २०८१र०८२ मा कुल २८ लाख ४६ हजार ८२५ रुपियाँ राजस्व उठाइएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ मा कुल १६ लाख ५४ हजार ८३७ रुपियाँ मात्र राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा ११ लाख ९१ हजार ९८८ रुपियाँ बढी राजस्व सङ्कलन भएको अधिकृत इन्जिनियर श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार गत आव २०८१र०८२ मा क्षेत्रिय किताब उत
इटहरी । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशभित्र पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेअनुसार बिहीबार खोटाङको दिक्तेल बजारमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडामा कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास निर्देशनालयको मातहतमा रहनेगरी पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै अब खोटाङवासीले योजनाको फाइल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगरलगायत जिल्ला
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.