भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ४८ करोड ८९ लाख ३६ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १५औँ गाउँसभाबाट उपाध्यक्ष विनिता ढकालले प्रस्तुत गर्नुभएको बजेटमा सामाजिक, न्यायिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, खानेपानी, खेलकुद, कृषि, विद्युत् लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।उपाध्यक्ष ढकालले सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८२, र विनियोजन विधेयक २०८२ समेत पेश गर्नुभएको हो। ती विधेयकमाथि विस्तृत छलफल गरी आगामी असार २० गतेभित्र पारित गर्ने सहमति समेत सभाबाट प्राप्त भएको छ। प्रस्तुत नीति तथा कार्यक्रमहर
केराबारी । मोरङको केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ९५ बुँदे व्यापक विकास नीति तथा कार्यक्रम घोषणा गर्दै ८४ करोड ८ लाख ५८ हजार बजेट सार्वजनिक गरेको छ ।गाउँपालिकाको १६ औँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा अध्यक्ष सुमन मिरिङचिङको नेतृत्वमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे ।कार्यक्रममा कृषि क्षेत्रमा प्रविधिको प्रयोग, उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत, कृषि सहकारीहरूको सशक्तीकरण तथा कृषक मैत्री कार्यक्रमहरू अघि सारिएको छ। पर्यटन क्षेत्रको सम्भावना पहिचान गरी प्रचार–प्रसार, पूर्वाधार निर्माण, तथा स्थानीय संस्कृति र प्रकृतिमा आधारित पर्यटन विकास योजना समेत
इटहरी । मोरङको विराटनगर महानगरपालिकाले आगमी आर्थिक वर्ष २०८२–८३ का लागि चार अर्ब ४० लाखको बजेट विनियोजन गरेको छ। मंगलबार नगर सभाको १६ औँ अधिवेशनको बैठकमा उपप्रमुख शिल्पा निरला कार्कीले आगामी वर्षका लागि नीति कार्यक्रमका साथै बजेट प्रस्तुत गर्नुभएको हो। महानगरले पूर्वाधार विकासमा विशेष ध्यान दिएको छ। भौतिक पूर्वाधारको समपूरक योजना, सडक र बस्ती विकास, नगरस्तरीय योजनालगायत शीर्षकमा एक अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपियाँ विनियोजन गरिएको छ। सामाजिक विकासतर्फ शैक्षिक कार्यक्रमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्यका लागि १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रममा ९१ लाख र संघसंस्थालाई अनुदान स्वरूप
इटहरी । इलाम नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्व १४ करोड ३४ लाख १३ हजार रुपियाँको बजेट सर्वजनिक गरेको छ । आज सुरु भएको इलामनगर सभाको १७ औं अधिवेशनमा उप–प्रमुख विष्णु दाहालले उक्त बजेट प्रस्तुत गर्नुभएको छ । आगामी आर्थिक वर्ष ०८२(०८३ का लागि पेश गरिएको बजेटमा प्रशासनिक तर्फ कूल बजेटको १३ प्रतिशत, पूूर्वाधारमा २० प्रतिशत, सामाजिक विकासमा ५६ प्रतिशत, आर्थिक विकासमा छ प्रतिशत, शुसासनतर्फ चार प्रतिशत, वन–वातावरण र विपदमा एक प्रतिशत, वित्तिय व्यवस्थामा दुई प्रतिशत विनियोजित गरिएको छ । उप–प्रमुख दाहालले चालुु आर्थिक वर्ष ०८१(०८२ मा संघीय र प्रदेश सरकार मार्फत आएको समानिकरण, समुपु
इटहरी । मोरङको रतुवामाई नगरपालिकाले ८३ करोड ८५ लाख ११ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । सोमबार साँझ स्थानीय विश्वनाथ मन्दिरको सभाहलमा भएको १६ औँ नगरसभाको बैठकमा नगर उपप्रमुख दमयन्ता देवी चुडालले आगामी आर्थिक वर्ष २०८२र२०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । नगर उपप्रमुख चुडालले आम्दानी तर्फ घरभाडा, राजस्व तथा प्राकृतिक स्रोतसाधनबाट २७ करोड रुपियाँ सङ्कलन गर्ने अनुमान गर्नुभएको छ । यसैगरी, सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान १५करोड ३६ लाख, सङ्घीय सरकारबाट राजश्व बाँडफाँड १२ करोड ५० लाख ४५ हजार ३१९ रुपियाँ प्रदेश सरकारबाट वित्तीय समानीकरण अ
इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिकाले गाउँसभाको १६ औं अधिवेशनमा आर्थिक वर्ष २०८२र०८३ का लागि ७९ करोड ९२ लाख ८७० रुपियाँको बजेट प्रस्तुत गरेको छ । पालिकाको सभाहलमा भएको गाउँसभामा उपाध्यक्ष दिनेश पौडेलले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको हो । उपाध्यक्ष पौडेलले आम्दानी तर्फ १० करोड ६२ लाख ६८ हजार ८३० रुपियाँ आन्तरिक आम्दानी हुने अनुमान गर्नु भएको छ । यस्तै नदीजन्य दहत्तर बहत्तरबाट १३ करोड १२ लाख एक हजार ५०६ रुपियाँ मालपोत रजिष्ट्रेसनबाट एक करोड नौ लाख ८१ हजार ६३ रुपियाँ र विज्ञापन करबाट ३ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट राजस्व बाडँफाँट ७४ लाख २९ हजार, सङ्घीय
इटहरी । इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर पुष्पनारायण चौधरीमाथि आर्थिक अनियमितता, वातावरण प्रदूषणप्रति उदासीनता, तथा स्थानीय उद्योग कलकारखानाहरूबाट अवैध रकम असुली गरेको आरोप लागेको छ । यस बाहेक खाला कटान नियन्त्रण तथा तटबन्ध कार्यक्रम र खोला सरसफाईको नाममा इन्जिनियर चौधरीले उपमहानगरपालिकाबाट लिएको ११ लाख ६४ हजार ३१७ रुपयाँ नियम सम्बत् खर्च नभएको भन्दै महालेखा परिक्षकको कार्यालयले समेत अनियमिततर्फको बेरुजु देखाएको छ । लामो समयदेखि उपमहानगरपालिकामा कार्यरत इन्जिनियर चौधरीमाथि वातावरण प्रदूषण अनुगमन र नियन्त्रणको जिम्मेवारीमा रहँदा व्यापक अनियमितता गरेको स्थ
इटहरी । चालु आर्थिक वर्षको ११ महिनामा नेपाली अर्थोडक्स चिया निर्यातमा ४०।५ प्रतिशतले वृद्धि भएको छ । यो वर्ष उत्पादन पनि राम्रो भएकाले निर्यातको अवस्था राम्रो भएको उद्योगीले बताएका छन् । नेपाली चियाको निर्यातको अवस्था हेर्दा पनि गत वर्षभन्दा यो वर्ष निकै राम्रो छ । चालु आवको ११ महिनामा तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजार मूल्य बराबरको चिया निर्यात भएको झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले जनाएको छ । यो अवधिमा एक करोड ४४ लाख ६३ हजार ३३५ किलो चिया निर्यात भएको छ । आव २०८०र८१ को ११ महिनामा भने दुई अर्ब ५२ करोड ८३ लाख दुई हजार रुपियाँ मूल्यको चिया निर्यात भएको थियो । गत वर्ष एक करोड १४ लाख ९
इटहरी । ताप्लेजुङको पाँच स्थानीय तहहरूले दुई अर्ब ५० करोड ९२ लाख १६ हजार ७९१ रुपियाँको बजेट प्रस्तुत गरेको छ । आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लाका पाँच गाउँपालिकाले बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्ने गाउँपालिकाहरूमा सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मेरिङ्देन गाउँपालिका र मैवाखोला गाउँपालिका रहेका छन् । सबैभन्दा पहिले गत असार पाँच गते सिदिङ्वा गाउँपालिकाले ४४ करोड ५२ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गरेको थियो । गाउँपालिकाको केन्द्र साब्लाखुमा उपाध्यक्ष कृष्ण कुमारी कडरियाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । सिरिजङ्घा गाउँपालिकाले आइतबार
संखुवासभा | संखुवासभाको मादी नगरपालिकाको १७ औं नगरसभा सम्पन्न भई आर्थिक वर्ष २०८२/८३ का लागि ५४ करोड ११ लाख २६ हजार रुपैयाँ बराबरको वार्षिक बजेट पारित गरिएको छ। नगरपालिकाको विकास योजना, सामाजिक कार्यक्रम र संस्थागत सुदृढीकरणका लागि सो बजेट ल्याइएको हो।नगरसभा नगर प्रमुख जीवन लिङ्थेपको अध्यक्षतामा र नगर उपप्रमुख सुनिता भट्टराई दाहालको प्रमुख प्रस्तुतीमा सञ्चालन गरिएको थियो। उपप्रमुख दाहालले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै स्थानीय आवश्यकता, जनताको सहभागिता र दीर्घकालीन विकास योजनालाई ध्यानमा राखेर बजेट निर्माण गरिएको जानकारी दिनुभयो।सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, दलि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.