इटहरी । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको प्रतिमासहित पार्क निर्माण गरिएको हो । माझ किरातका रुपमा परिचित खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्कमा कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानी छ । करिब रु १४ करोड लागतमा ‘फाइबर’ प्रयोग गरेर निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्क उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का लि
केराबारी / उत्तरी मोरङको केराबारी गाउँपालिकाले मागमा आधारित कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र रहेका विभिन्न सहकारी संस्था, कृषक समूह तथा व्यक्तिगत फर्मका सदस्यहरूलाई लक्षित गरी १७ थान मोटरसहितको घाँस काट्ने मेसिन (च्यापकटर) ७५% अनुदानमा वितरण गरेको छ।केराबारी गाउँपालिका ले आफ्ना नीति तथा योजनाअनुसार विभिन्न क्षेत्रमा बजेट छुट्याएर काम गरिरहँदा कृषकका मागका आधारमा पशुपन्छी शाखा को समन्वयमा उक्त कृषि सामग्रीहरू वितरण गरेको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ ले बताउनुभयो ।घाँस काट्ने मेसिन वितरणसँगै कृषकहरूको काम सजिलो हुने, पशुपालन व्यवसायमा आधुनिकता ल्याउने र उत्पादकत्वमा व
भावना वर्देवाइटहरी । झापा सदरमुकाम भद्रपुर नगरपालिका ८ चन्द्रगढीस्थित अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह जीपी भवनको निर्माण कार्य सुरु हुने भएको छ। करिब सात वर्षदेखि निर्माण कार्य रोकिएको जीपी भवनको निर्माण कार्य सुरु हुने भएको हो। भवन निर्माण कार्य अघि बढाउन सहरी विकास मन्त्रालयमार्फत तीन करोड रूपैयाँ बजेट विनियोजन भएको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए। बजेट प्राप्त भएसँगै आगामी आर्थिक वर्षदेखि काम सुरु गरेर अधुरो भवनलाई पूरा गर्ने बाटो खुलेको उनले बताए। खरिद ऐन १४औँ संशोधनसँगै जीपी भवन निर्माणमा देखिएको कानूनी बाधासमेत हटेको नगरप्रमुख पोखरे
सुनसरी – नेकपा एमाले सुनसरी जिल्ला कमिटी स्थानीय विकास विभागको आयोजनामा "विकास र समृद्धि योजना चित्र निर्माण कार्यशाला" इनरुवामा सम्पन्न भएको छ।कार्यक्रम नेकपा एमाले सुनसरी जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष परशुराम यादवको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेरधन राईले जनताको घरघरमा पुगेर उनीहरूको समस्या पहिचान गर्दै त्यसको समाधानका लागि योजनाको खाका तयार पार्ने अभियान सुरु गरिएको जानकारी दिनुभयो। उहाँले २०८२ सालभित्र कोशी प्रदेशका सबै जिल्लामा समृद्धिका लागि योजना
भावना वर्देवाइटहरी । चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा ९१ करोड ७७ लाख रकम अर्थात् पाँच दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ९० प्रतिशत अर्थात् ४३ करोड ७४ लाख ४७ हजारले बढेको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार चालु आ
इटहरी । मोरङको कटहरी गाउँपालिकामा दुई अर्ब रुपियाँको लगानीमा सामुदायिक अस्पताल निर्माण गरिएको छ । जीवन विकास समाज अन्तर्गतको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले अस्पताल सञ्चालन गरेको प्रतिनिधि सभा सदस्य तथा समाजका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिनुभयो । कटहरी–२, हल्दीबारी भन्ने ठाउँमा निर्माण गरिएको दुई सय शैयाको अस्पताल यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने सांसद मण्डलले जानकारी दिनुभयो । आमनागरिकलाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाहका लागि दुई बेडको सुविधासम्पन्न सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले सेवा प्रवाह सुरु
इटहरी । धनकुटाको दाह्रेगौडा–घुमाउने–मूल खर्क सडक खण्डमा कालोपत्रेको काम सुरू भएको छ । डिभिजन सडक कार्यालय धनकुटाले दुई प्याकेजमार्फत छ करोड ४४ लाख रुपियाँको लागतमा नाला, पर्खाल मोड सुधार र कालोपत्रेको काम अघि बढाएको हो । २०५४ सालमा ट्रयाक खुलेको यो सडकमा चालु आर्थिक वर्षमा कालोपत्रे हुन लागेको हो । दाह्रे गौडाबाट घुमाउने–मूल खर्क हुँदै लेगुवा जोड्ने ३१ किलोमिटरमध्ये यो आर्थिक वर्षमा पहिलो खण्डको १९ सय ५० मिटर सडक कालोपत्रे हुनेछ । १९ सय ५० मिटरमध्ये दुई चरणमा गरी सात सय मिटर दुई करोड चार लाखमा र १२ सय ५० मिटर चार करोड ४४ लाखमा ठेक्का लागिका सुरु भएको सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ । सो
इटहरी । ताप्लेजुङको सदरमुकाम फुङ्लिङकी एक व्यूटीपार्लर व्यवसायी पुरस्कृत हुनुभएको छ । फुङ्लिङ बजारस्थित न्यू सौन्दर्य व्यूटीपार्लरकी सञ्चालक सितला श्रेष्ठ जिल्लाकै उत्कृष्ट उद्यमीका रुपमा पुरस्कृत हुनुभएको हो । व्यूटीपार्लर व्यवसायी श्रेष्ठलाई कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले ६५ हजार रुपियाँ नगदसहित पुरस्कृत गरेको हो । उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत श्रेष्ठले नगद साथै सम्मानपत्र पाउनुभएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले सफल महिला उद्यमी तथा उत्कृष्ट व्यवसायी छनोट गर्दै श्रेष्ठलाई पुरस्कृत गर्न प्रदेश सरकारसमक्ष सिफारिस गरेको थियो । सातौं राष्ट्रिय महिला अधिका
इटहरी । जिल्लाको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति गरिएको छ । एक करोड ७० लाख लागतमा तीन खण्डमा सडक स्तरोन्नति गरिएको हो । भोजपुर नगरपालिका–६ का वडाध्यक्ष शैलेन्द्र कार्कीका अनुसार वडाको प्रयासमा धनकुटास्थित सघन सहरी कार्यालयको रु एक करोड, केन्द्र सरकारको रु ६० लाख र प्रदेश सरकारबाट प्राप्त रु १० लाखमा नौ किलोमिटर देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति भएको छ । अब यो सडकमा सहज रूपमा बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने छ । यो भोजपुर सदरमुकामलाई रामप्रसादराई गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकालाई जोड्ने सबैभन्दा छोटो सडक हो । वडामा सानाठूला गरी १७ वटा सडक रहेकामा
इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका र वैदेशिक रोजगारीबाट फर्किएकालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पारित गरेको ‘बङ्गुर प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यस वर्ष ११५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी वितरण गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । नगरपालिकाबाट गठित छनोट समितिको सिफारिसमा ६८ घरपरिवारलाई एक÷एकवटा बङ्गुरको पाठा उपलब्ध गराइएको नगरप्रवक्ता गिरीले जानकारी दिनुभयो । करुणा फाउनडे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.