इटहरी। उत्पादन घटिरहेको बेला मूल्य समेत घटेपछि मोरङका सुपारी किसान चिन्तित भएका छन् । गत वर्ष प्रतिकिलो ७० रुपियाँका दरले सुपारी बिक्री गरेका किसानले यो वर्ष प्रतिकिलो ५० रुपियाँ मात्र मूल्य पाएका छन् । दुई वर्षयता लगातार मूल्य बढेपछि मोरङमा धान खेत मास्दै सुपारी खेती गर्ने लहर चलेको थियो । उत्तरी मोरङको लेटाङ नगरपालिका, मिक्लाजुङ र केरावारी गाउँपालिकामा सुपारीको सघन खेती हुने गर्छ । १५ कठ्ठामा सुपारी खेती लगाउँदै आउनुभएका लेटाङ–६ का हरिप्रसाद धिमालले गत वर्ष १० कठ्ठामा लगाएको सुपारीबाठ दुई लाख ५० हजार रुपियाँ आम्दानि गरेको बताउनुभयो । तर यो वर्ष उत्पादन पनि घट्यो मूल्य पनि किलोमा २० रुपियाँ घ
इटहरी । दौतरी बलिया बचत तथा क्रण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिकोत्सव सम्पन्न भएको छ । आइतबार बालिया चौकमा एक कार्यक्रम आयोजना गरी संस्थाले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको हो । दौतरी बालियाका अध्यक्ष उमेश वस्तीको अध्यक्षता र कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सव कार्यक्रममा संस्थाले सञ्चालन गरेको विभिन्न गतिविधिहरू संस्थाका उकृष्ट ५० जना बढी सेयर सदस्याहरुलाई संस्थाले सम्मान गरेको छ । २०६४ सालमा दर्ता भएको संस्था १७ वर्ष सम्म आउँदा धेरै उन्नती प्रगती गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन अ
इटहरी । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त खण्डमा सडकलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ । एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाएको छ । काँकडभिट्टा–लौकही सडक योजना पूर्वी खण्ड दमक कार्यालयका आयोजना प्रमुख ई सुनिलबाबु पन्तले हालसम्ममा सडक स्तरोन्नतिको प्रगति १५ प्रतिशत मात्र रहेको बताउनुभयो । उहाँका अनुसार निर्माण अवधिका आधारमा हालसम्ममा कम्तीमा २० प्रतिशतभन्दा धेरै प्रगति
इटहरी । भोजपुरको एखुवा खोलामा सात करोड ३७ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण गरिएको छ । हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरले निर्माण गरेको हो । एउटा स्पानमा निर्माण भएको पुलको लम्बाइ ३७ मिटर रहेको छ । २०७९ चैतदेखि निर्माण शुरु भएको एखुवा पुलको निर्माण अवधि दुई वर्ष थियो । एखुवा खोला पक्की पुल निर्माण समय अवधिभित्र नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले बताउनुभयो । पुल निर्माण सम्पन्न भएपछि गाडी सञ्चालनमा आएका छन् । खोला पुल नहुँदा सास्ती खेप्नुपरेको स्थानीय बासिन्दालाई सहज भएको छ । पुल ब
इटहरी । आर्थिक वर्ष २०८२र८३ का लागि संघीय सरकारले ताप्लेजुङका ९ स्थानीय तहलाई ९९ करोड २० लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान प्रदान गर्ने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा सरकारले रकम प्रदान गर्ने भएको हो । आयोगका अनुसार सबैभन्दा बढी फुङलिङ नगरपालिकाले १४ करोड ६९ लाख पाउनेछ भने सबैभन्दा कम मैवाखोला गाउँपालिकाले ९ करोड ४४ लाख पाउनेछ । सिरिजंगाले १२ करोड ७८ लाख, फक्ताङलुङले ११ करोड ३३ लाख, मेरिङदेनले १० करोड ७९ लाख, सिदिङवाले १० करोड ३० लाख, पाथीभरा याङवरकले १० करोड ७ लाख, आठराई त्रिवेणीले १० करोड र मिक्वाखोलाले ९ करोड ९० लाख पाउने उल्लेख छ । न्यूनतम अनुदान, सूत्रमा आ
इटहरी। भोजपुरको पौवादुङमा गाउँपालिकाले सात सय ५० किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले यहाँका किसानलाई रु ५१ लाख बराबरको कृषि सामग्री वितरण गरिएको हो । गाउँपालिकाले किसानको मागको आधारमा ५० प्रतिशत अनुदानमा आवश्यक कृषि सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । किसानलाई व्यावसायिक अकबरे खुर्सानीखेतीको लागि मल्चिङ प्लाष्टिक, प्लाष्टिक टनेल, हातेट्र्याक्टर, प्लाष्टिक पोखरी, स्प्रे गरी रु ५१ लाख बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो । किसानलाई एक हजार पाँ
इटहरी । कोशी प्रदेशका महिलाहरुले उत्पादन गरेको ढाकाको बजारीकरण र प्रवद्र्धन गर्ने उदेश्यले विराटनगरमा ढाका महोत्सव सुरु भएको छ । महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गर्नुभयो । सो क्रममा उहाले पोशाकमा स्थानीय उत्पादनलाई अनिवार्य गर्ने बित्तिकै स्थानीय महिलाहरुले रोजगारी पाउने र ढाका लगायतका अन्य कपडाको विक्री बढ्ने बताउनुभयो । उहाले आर्थिक र कानुनी रुपमा नै नीति बनाउन सके स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले महिला उद्यमशिलता र स्थानीय उत्पादन प्रवद्र्धनका लागि आवश्यक कार्यक्रम ल्याउन प्रदेश सरकार प्रतिवद्ध रहेको उल्ले
इटहरी । भारतले साँझ ६ देखि बिहान ६ बजेसम्मका लागि विद्युत् कटौती गरेपछि त्यसको मारमा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योग पर्ने देखिएको छ । उद्योगीले भारतले विद्युत् कटौती गरेपछि औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन सक्ने सम्भावना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले गत पुसदेखि दैनिक चारदेखि छ घण्टासम्म विद्युत् कटौती हुँदै आएको औद्योगिक क्षेत्रमा रातभर आपूर्ति बन्द हुने कुराले उद्योगीलाई समस्यामा पार्ने बताउनुभयो । उद्योग सङ्गठनले विद्युत् आपूर्ति सहज बनाइदिनुपर्ने भन्दै नेपाल विद्युत् प्राधिकरणलाई ध्यानाकर्षणसमेत गराइसकेको अध्यक्ष सुरानाल
इटहरी । खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित १० वटा घर जलेर नष्ट भएका छन् । सामुदायीक वनबाट बस्तीमा छिरेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको एउटा विद्यालयको भवन र ९ परिवारका १० वटा घर जलेर नष्ट भएको हो। बाल्छीखोला पाखा सामुदायीक वनको नमेल्खाबाट चैत ३ गतेदेखि सुरु भएको डढेलो दाम्ली खोला पार गरेर ४ गते बस्तीमा छिरेको हो।डढेलोले स्थानीय वालकन्य आधारभूत विद्यालयको काठबाट बनाइएको दुई कोठे भवनको कार्यालय कोठा जलेको छ। यस्तै, डिकुवाका कृष्णबहादुर राई, अदमे राई, हिरासेर राई, नगेन्द्र राई, पविन्द्र राई, हिराधन राई, चैनकुमार राई, टंकबहादुर राई र रणबहादुर राईको घर जलेको हो। बाल्सीखोला पाखा स
इटहरी । सुनसरीमा केही वर्षअघिसम्म बढ्दो क्रममा रहेको सूर्यमूखी खेतीमा यस पटक कमी आएको छ । विभिन्न रोग र किराको प्रकोप बढेपछि सूर्यमुखी खेतीमा कमी आएको हो । विभिन्न रोग किरा र मौसमले साथ नदिँदा उत्पादन प्रभावित बन्न थालेपछि किसानले सूर्यमुखी खेती गर्न छाडेका छन् । जिल्लाको सदरमुकाम इनरुवासहित दक्षिणी क्षेत्र हरिनगर, देवानगन्ज, बर्जु र गढीमा खेती कम भएको छ भने लगाएको ठाउँमा पनि राम्रो नफलेको किसान नीरज यादवले गुनासो गर्नुभएको छ । त्यसै गरी उत्तरी क्षेत्र वराहक्षेत्र र रामधुनी नगरपालिकाका किसानले सूर्यमुखी खेती गर्न छाडेका भोव्रmाहा नर्सिङका किसान राजेन्द्र मेहताले बताउनुभयो । कृषि ज्ञान के
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.