इटहरी । कोशी प्रदेशको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पो, २०२५ शुरू हुँदैछ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो विराटनगरस्थित डिग्री क्याम्पसको खाली मैदानमा एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम छ । माघ २० गतेसम्म सञ्चालन हुने सो एक्स्पोमा विशेषगरी प्रदेशका उपभोक्ता, उत्पादक र बिक्रेताबीच प्रत्यक्ष सम्पर्क स्थापित भई औद्योगिक तथा कृषि उत्पादन र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । यसैगरी आयोजक पक्षबाट यस क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, कृषि, उद्योग, बैंकिङ तथा रोजगारीका क्षेत्रमा सकारात्मक प्रभा
इटहरी । यो वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले किसानको धान खरिद गर्न गत मङ्सिरमा न्यूनतम समर्थन मूल्य तोकेको थियो । कम्पनीले गत मङ्सिरमा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ५८० दशमलव ६२ तोकेको थियो, जुन तत्कालीन बजार मूल्यभन्दा बढी रहेको प्रमुख लोवाले बताए । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्दा यस वर्ष रञ्जित मन्सुली धान प्रतिक्विन्टल रु चार हजारसम्ममा बिक्री गरेको अर्जुनधारा नगरपालिका–४ का किसान पहलमान खड्काले बताए । गत वर्ष तीन हजारदेखि
इटहरी । विश्व बैङ्कको सहयोगमा सुरु गरिएको गाईघाटस्थित त्रियुगा नगरपालिका क्षेत्रमा सानाठुला गरी विभिन्न १३ वटा सडक निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समयसीमाभित्र काम सम्पन्न नभए विश्व बैङ्कको सहयोग कटौती हुने भएपछि निर्माण कम्पनीले सडक निर्माणको कामलाई तीव्रता दिएको हो । अबको पाँच महिनाभित्रमा सम्पूर्ण काम समाप्त गर्ने गरी क्यालेन्डर डेका आधारमा तीव्र गतिमा उच्च गुणस्तरको कालोपत्रे सडक निर्माणलाई तीव्र गतिमा अगाडि नबढाउने हो भने तोकिएको मितिमा काम सम्पन्न गर्न नसकिने र त्यसबाट यो योजना नै अलपत्र हुनसक्ने भएकाले अब चौबिसै घण्टा निर्माण कार्य गर्न जरुरी भएको त्रियुगा नगरप
इटहरी। निर्माण कम्पनीले भुक्तानी नपाएपछि लामो समय निर्माण रोकिएको उर्लाबारीको ५।२७६ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुचारु भएको छ । करिब तीन महिना काम रोकिएपछि उर्लाबारी नगरपालिकाले पटक पटक प्रधानमन्त्री र वल्र्ड बैङ्कका प्रतिनिधिसँग छलफल गरेपछि काम अगाडि बढेको हो । उर्लाबारी नगरपालिकासँग निर्माण कम्पनीले मोबिलाइजेसन शुल्क भनेर अढाई करोड रुपियाँ लिएको थियो । २०७९ फागुन २१ गते निर्माण सम्झौता भएको सडक भारतको सिपेल इन्फ्रा हैदरावालले ग्लोबल टेन्डरमार्फत निर्माणको जिम्मा लिएको थियो तर सिपेलले काम गरेन । उर्लाबारीका स्थानीय निर्माण व्यवसायी अर्जुन तुम्रोकको तुम्रोक कन्स्ट्रक्सनलाई काम
इटहरी। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१र८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार ९साउन–पुस० सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । गत आव २०८०र८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो । चिया निर
सुनसरी । सुनसरीको गढीगाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ ।“कृषि, शिक्षा पर्यटन र उधोगमा अगाडीः स्वस्थ्य,सुन्दर र समतामुलक र समृद्ध गढी” भन्ने मुल नाराका साथ पुर्व मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा गढी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ ।कार्यक्रममा पूर्व मन्त्र भगवती चौधरीले शुभकामना मन्तव्य राख्दैं गढीगाउ“पालिका किसानै किसानले भरीएको गाउ“पालिलकाले जग्गा उपलब्ध गराएमा आधुनिक शित भण्डार बनाउने योजना अघि बढाउने बताइन् ।गढीका जनताले उपयुक्त ठाउँ उपलब्ध गराउन सके चौधरीले बेरोजारीको समस्या समाधानका लागि उधोग धन्दा स्थापना गर्न पलह गरिने बताइन् ।चौधरीले आफ्नो क्षेत्रमा दैनिक सकेजत
इटहरी । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा दुई लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्यका साथ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा भएको छ । कोशी प्रदेशको अर्थतन्त्रलाई चलायमान तुल्याउने र स्थानीय उत्पादनको प्रवर्द्धन गरिने महोत्सवमा एक सय ५० सुविधासम्पन्न व्यापारिक प्रर्दशनी कक्ष रहने बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले बताए । मंगलबार देखि माघ १९ गतेसम्म बिर्तामोडको वडा नम्बर ५ मा महोत्सव सञ्चालन हुने भएको हो । जहाँ एक सय १८ प्रर्दशनी कक्ष अट्ने नेपालको सबैभन्दा ठूलो ह्याङ्गर प्रयोगमा ल्याइने भएको छ । हाल ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्
इटहरी । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ । उत्पादन कम भए पनि बजारमा मुल्य गत वर्षको तुलनामा वृद्धि भएको छ । यतिबेला धनकुटाको खोकु, छिन्ताङ्, बुधुक, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाबाट धरानस्थित कृषि उपज बजारमा किसानले सुन्तला बिक्री गर्न ल्याइरहेका छन् । धरान कृषि बजारमा गत वर्षमा पुस र माघ महिनाको तुलनामा यस वर्ष कमै मात्रामा सुन्तला ल्याइएको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले बताउनुभयो । यस वर्ष स
इटहरी। ओखलढुङ्गा सदरमुकाममा पर्यटकीय झोलुङ्गे पुल बन्ने भएको छ । हुलाकडाँडादेखि वीरेन्द्रपार्कसम्म ४२५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल बन्न लागेको हो । उक्त पुल निर्माणका लागि सङ्घीय सरकारबाट सात करोड बजेट सुनिश्चितता भएसँगै पुल बन्ने आशा पलाएको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले बताउनुभयो । ओखलढुङ्गाका सङ्घीय सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको पहलमा पुल बन्ने बजेटको स्रोत सुनिश्चितता भएको प्रमुख खनालले जानकारी दिनुभयो । सिद्धिचरण नगरपालिका–११ को हुलाकडाँडादेखि वडा नं। १२ को वीरेन्द्रपार्कसम्म पर्यटकीय पुल बने सँगै नगरपालिका र समग्र जिल्लाको पर्यटन प
इटहरी । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको सात अर्ब ९० करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कूल ९५ दशमलव आठ किलोमिटरको निर्माण आर्थिक वर्ष २०७६र७७ देखि सुरु भएको हो । हालसम्ममा सडकतर्फ सात वटा र पुलतर्फ ४२ वटा ठेक्का व्यवस्थापन भएको र औसत ८० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए । विभिन्न चरणमा गरी राजमार्ग निर्माणमा १० अर्ब १३ करोड रुपैयाँ बराबरको ठेक्का लागेको थियो । जसमा ७८ प्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.