इटहरी । दौतरी बलिया बचत तथा क्रण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिकोत्सव सम्पन्न भएको छ । आइतबार बालिया चौकमा एक कार्यक्रम आयोजना गरी संस्थाले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको हो । दौतरी बालियाका अध्यक्ष उमेश वस्तीको अध्यक्षता र कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सव कार्यक्रममा संस्थाले सञ्चालन गरेको विभिन्न गतिविधिहरू संस्थाका उकृष्ट ५० जना बढी सेयर सदस्याहरुलाई संस्थाले सम्मान गरेको छ । २०६४ सालमा दर्ता भएको संस्था १७ वर्ष सम्म आउँदा धेरै उन्नती प्रगती गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार, संस्थामा ३ करोड १८ लाख ७३ हजार ९ सय सेयर पुर्जी रहेको छ। साथै, संस्थामा १८ सय ९३ सेयर सदस्य रहेका छन्। संस्थाको जम्मा सम्पत्ति २५ करोड ९ लाख १४ हजार ८ सय ३८ रुपैयाँ रहेको छ ।  कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले देशभर बढ्दै गएको सहकारी ठगीका घटनाप्रति चिन्ता व्यक्त गर्दै, सहकारी सञ्चालन सहकारीको सिद्धान्त र मर्मअनुसार भए कुनै समस्या नआउने बताउनुभएको छ । उहाँले दौँतरीबालिया सहकारीको साधारण सभाको प्रतिवेदन सकारात्मक रहेको जानकारी गराउँदै, सहकारी सही रूपमा सञ्चालन गरिएमा यसले आर्थिक समृद्धिमा टेवा पु¥याउने उल्लेख गर्नुभयो । विगतका ठूलो चुनौतीहरूको सामना गर्दै अहिले १७ वर्ष पुरा गर्दै गर्दा संस्थाले ठूलो उन्नति र प्रगति गरेको जानकारी दिँदै, सेयर सदस्यहरूको माग र निर्देशन बमोजिम सस्था सञ्चालन भइरहेको संचालक समिति अध्यक्ष उमेश बस्तीले बताउनु भएको छ । वार्षिक उत्सव कार्यक्रममा गायक महेश बुढाथोकीको साङ्गीतिक प्रस्तुति समेत रहेको थियो । विशिष्ट अतिथिका रूपमा सुन्दर हरैचाका नगरप्रमुख केदार प्रसाद गुरागाई, अन्य अतिथिहरू, र सस्थाका सदस्यहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।