इटहरी । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ । उत्पादन कम भए पनि बजारमा मुल्य गत वर्षको तुलनामा वृद्धि भएको छ । यतिबेला धनकुटाको खोकु, छिन्ताङ्, बुधुक, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाबाट धरानस्थित कृषि उपज बजारमा किसानले सुन्तला बिक्री गर्न ल्याइरहेका छन् । धरान कृषि बजारमा गत वर्षमा पुस र माघ महिनाको तुलनामा यस वर्ष कमै मात्रामा सुन्तला ल्याइएको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले बताउनुभयो । यस वर्ष स
इटहरी। ओखलढुङ्गा सदरमुकाममा पर्यटकीय झोलुङ्गे पुल बन्ने भएको छ । हुलाकडाँडादेखि वीरेन्द्रपार्कसम्म ४२५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल बन्न लागेको हो । उक्त पुल निर्माणका लागि सङ्घीय सरकारबाट सात करोड बजेट सुनिश्चितता भएसँगै पुल बन्ने आशा पलाएको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले बताउनुभयो । ओखलढुङ्गाका सङ्घीय सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको पहलमा पुल बन्ने बजेटको स्रोत सुनिश्चितता भएको प्रमुख खनालले जानकारी दिनुभयो । सिद्धिचरण नगरपालिका–११ को हुलाकडाँडादेखि वडा नं। १२ को वीरेन्द्रपार्कसम्म पर्यटकीय पुल बने सँगै नगरपालिका र समग्र जिल्लाको पर्यटन प
इटहरी । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको सात अर्ब ९० करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कूल ९५ दशमलव आठ किलोमिटरको निर्माण आर्थिक वर्ष २०७६र७७ देखि सुरु भएको हो । हालसम्ममा सडकतर्फ सात वटा र पुलतर्फ ४२ वटा ठेक्का व्यवस्थापन भएको र औसत ८० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए । विभिन्न चरणमा गरी राजमार्ग निर्माणमा १० अर्ब १३ करोड रुपैयाँ बराबरको ठेक्का लागेको थियो । जसमा ७८ प्
इटहरी। कोभिड सङ्क्रमणका कारण तहसनहस बनेको नेपाली चियाको विदेशी बजार विस्तार हुन थालेको छ । उत्पादकका अनुसार यस वर्ष उत्पादन भएको तयारी चिया पूर्ण रूपमा निर्यात भइसकेको छ । तयारी चिया करिब सक्किएको इलामको साँखेजुङस्थित ग्रिनहिल टी इन्डस्ट्रिजका सञ्चालक टङ्क दाहालले बताउनुभयो । यसैबिच नेपाली चियाको निर्यात बढाउन केन्द्रीय चिया सहकारी सङ्घले नेपालको सहकारी र फ्रान्सको एक सहकारीसँग सम्झौता गरेर चिया निर्यात थालेको छ । फ्रान्सको ‘इक्युटेबल कोअपरेटिभ’ सँग वार्षिक सम्झौता गरी चिया निर्यात थालेको सङ्घले जनाएको छ । विभिन्न विदेशी संस्थाबाट निरन्तर अर्गानिक प्रमाणीकरण भइरहेका सहकारीको चिया पठाउन थ
बिराटनगर / कोशी प्रदेश सरकारले बजेटमा व्यवस्थित ढंगले योजना समेट्नका लागि आयोजना बैंक सञ्चालनको प्रकृया सुरु गरेको छ । यो आयोजना बैंक सुरु भएमा प्रदेशमा व्यवस्थित रुपले योजनाहरु कार्यान्वयनमा जाने कोशी प्रदेश सरकारले विश्वास लिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट बनाउँदा चर्काे आलोचना खेप्नु परेको र त्यसलाई थितिमा बाँधेर काम गर्न आयोजना आवश्यक्ता परेको बताउनुभयो । उहाँले आयोजना बैंकमार्फत योजनाहरु ल्याउनका लागि प्रदेश योजना आयोगलाई जिम्मेबार र बलियो बनाएर लैजाने बताउनुभयो । कोशी प्रदेश आयोजना बैंक कार्यविधि २०८१को मस्यौदालाई सरोकारवालासँग छलफल गर्दै मुख्यमन्त्री कार्कील
इटहरी । ताप्लेजुङमा कोदो उत्पादनमा कमी आएको छ । जिल्लाका अधिकांश किसानले कोदो खेती लगाउन छाडेपछि उत्पादनमा कमी आउन थालेको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षभन्दा यो वर्ष कोदो उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा यो वर्ष चार हजार २५६ मेट्रिक टन मात्र कोदो उत्पादन भएको छ । जिल्लामा दुई हजार ९६२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट उक्त परिमाणमा कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष थापामगरले जानकारी दिनुभयो । थापामगरका अनुसार गत वर्ष चार हजार २७०।३० मेट्रिक टन कोदो उत्पादन भएको थियो । पछिल्लो समय बसाइँसराइसहित विभिन्न कारणले गाउँबाट जनशक्ति
काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट प्रयास गरेका छन् । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात भएको हो । ‘धक्काधक्की भएको र कसले गरेको भन्ने पहिचान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेव
काठमाण्डौ । बढ्दो बसाइँसराइ र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रम बढेपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९र८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ५५ प्रतिशतले घटेको उल्लेख छ । कृषि भूमि घटन जाँदा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसारलगायत बालीले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल कम भएको हो । कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफलमध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७
इटहरी । खोटाको हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा रु ६९ हजारका दरले खरिद गरिएको हातेट्रयाक्टर नगरभित्रका विभिन्न १२ कृषक समूहलाई उपलब्ध गराइएको हो । प्रविधिमैत्री कृषि प्रणाली लागू गर्ने नगरपालिकाको योजनासहित कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । नगर प्रवक्ता गिरीका अनुसार वडा नं १ बाहुनीडाँडामा एक, वडा नं ४ बडहरेमा एक, वडा नं ५ दुर्छिममा एक, वडा नं ७ महादेवस्थानमा एक, वडा नं ८ धितुङमा एक, वडा नं ९ स
इटहरी । विराटनगर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको महानगर अटिजम सेवा केन्द्र सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको छ । अटिजम सेवा केन्द्र सञ्चालनका लागि साझेदार संस्थाका रुपमा छनौट भएको करुणा फाउण्डेसन नेपाल र विराटनगर महानगरपालिकाबीच सोमबार सम्झौतापत्र आदानप्रदान भएको छ । सेवा केन्द्रमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, फाउण्डेसनका तर्फबाट कार्यकारी निर्देशक दीपकराज सापकोटा र कोशी प्रदेश प्रमुख योगेन्द्र गिरीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार फाउण्डेसनले अटिजम सञ्चालनमा प्राविधिक सहयोग गर्नेछ । जसअन्तर्गत सेवा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.