इटहरी । धनकुटाको छथर जोरपाटी गाउँपालिका र साँगुरीगढी गाउँपालिकाले आठौँ स्थापना दिवस मनाएका छन् । छथर जोरपाटी गाउँपालिकाले जोरपाटीमा र साँगुरीगढी गाउँपालिकाले भेडेटारमा विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएका हुन् । छथर जोरपाटी गाउँपालिकाको स्थापना दिवसको उद्धाटन गर्दै पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य राजेन्द्र राईले जनताको आय स्तरमा वृद्धी भयो भएन भनेर काम गर्ने बेला आएको बताउनु भयो। उहाँले मुलुकको विकासको लागि राज्यले निति बनाएर जनसंख्या बढाउनु पर्ने बेला आएको बताउनु भयो । छथर जोरपाटी गाउँपालिकाले स्थापना दिवसमा क्षेत्री ब्राह्मण समुदायको संगीनी नृत्य, लिम्बूको साकेला, राईको चण्डी नृत्य, शेर्पाको स्याब्ब्रु नृत्य, मगरको हुर्रा नाच, दलित समुदायको पञ्चेबाजा, नेवारको लाखे सहित कर्मचारीको विभिन्न नृत्य प्रस्तुत गरिएको थियो। स्थापना दिवसको अवसरमा सञ्चालित वडास्तरीय भलिबल प्रतियोगितामा सहभागी भइ विजयी खेलाडीलाई गाउँपालिकाले सम्मान गरेको छ । यस्तै गत वर्ष एसइइमा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र एक जना छात्रालाई नगद ५० हजारले पुरस्कृत गरिएको छ। संघीयताले गाउँको विकासमा योगदान गरेको भन्दै गाउँपालिका स्थापना भएको दिनलाई उत्सवका रुपमा मनाइएको गाउँपालिका अध्यक्ष सुब्बाले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र घिमिरेले गाउँपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले गाउँपालिकाले चालु आर्थिक वर्षमा ४७ करोड २० लाख ९ हजार १ सय ५९ रुपैयाँ विनियोजन गरेकोमा हाल सम्म १४ करोड ८१ लाख १६ हजार ५ सय ५३ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । उहाँले यसमा हाल सम्म औसत वितिय प्रगती २८ दशमलव ५ प्रतिशत र भौतिक प्रगती ५६ प्रतिशत भएको जानकारी दिनुभयो । जस अन्तरगत चालु तर्फ २९ करोड ४२ लाख ७७ हजार ८ सय ४१ रुपैयाँ विनियोजन भएकोमा हाल सम्म १३ करोड ३३ लाख रुपैयाँ खर्च हुँदा औसत वितिय प्रगती ४६ प्रतिशत र भौतिक प्रगती ६५ प्रतिशत रहेको छ । यस्तै पुँजीगत तर्फ १७ करोड ८७ लाख ३१ हजार ३ सय १८ रुपैयाँ विनियोजन भएकोमा हाल सम्म १ करोड ८१ लाख रुपैयाँ खर्च हुँदा औसत वितिय प्रगती ११ प्रतिशत र भौतिक प्रगती ४७ प्रतिशत रहेको प्रमुख प्रशासकिय अधिकृत घिमिरेले जानकारी दिनुभयो । यस्तै साँगुरीगढी गाउँपालिकालेस् थापना दिवसको अवसरमा विविध क्षेत्रमा योगदान पु¥याउने विभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको छ। गाउँपालिकाले विभिन्न वडामा वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण गर्न जग्गा प्रदान गर्नेलाई सम्मान गरेको हो । यस्तै कार्यक्रममा उत्कृष्ट कर्मचारी माया राई, लक्ष्मी चौधरी, दिपक राई र नगरप्रहरी सोम राई लाई २५ हजार नगद, दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ । यस्तै खेलको माध्यमबाट गाउँपालिकालाई चिनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक, गाउँपालिकामा सबैभन्दा बढी विद्यार्थीलाई उत्रिर्ण गराउन सफल विद्यालयलाई जनही नगद, २५ हजार, दोसल्ला र सम्मान पत्रले समान गरिएको गाउँपालिका अध्यक्ष जितेन्द्र राइले बताउनु भयो ।