आर्थिक

    Showing ७०१-७१० of १,२४६ items.
  • प्रजातन्त्र दिवसमा सहारा नेपाल साकोस विराटचोक सेवा केन्द्रद्वारा विभिन्न कार्यक्रम

    सुन्दरहरैंचा /  प्रजातन्त्र दिवसकाे अवसर पारेर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटचोक सेवा केन्द्रले वित्तिय साक्षरता,  पर्यटकीय क्षेत्र सरसफाई तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।सहारा नेपाल  सेवा केन्द्र बिराटचाैक संचालन उप समिती  सदस्य रन्जु थापाको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राम विस्वास खवासको प्रमूख आतिथ्यमा सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ स्थित किचकगढ पर्यटकीय क्षेत्रमा भएको कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी सहित संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा किचकगढ पर्यटकीय क्षेत्र संचालन समितीका अध्यक्ष

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • ३५१ पटक पढिएको
  • सत्र वर्षपछि पुल निर्माण

    इटहरी । विराटनगर–भद्रपुर हुलाकी राजमार्ग अन्तर्गत मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगन्ज गाउँपालिका जोड्ने रतुवाखोलामा १७ वर्षपछि पुल निर्माण भएको छ । पुल सञ्चालनमा आएपछि हिउँदमा भाटेपुल र वर्षायाममा डुङ्गामा पैसा तिरेर आवतजावत गर्नुपर्ने समस्या हटेको छ । दुवैतर्फको पुललाई जोड्ने पहुँचमार्ग भने अझै निर्माण हुन सकेको छैन । पुल निर्माणका लागि मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४र६५ मा कालिका–ओसिए जेभीलाई १० करोड ३२ लाख रुपियाँमा ठेक्का लगाएको थियो । त्यसबेला २०४।८ मिटर मात्रै पुल निर्माण भयो । अधुरै रहेको पुल खोलाको बिच भागमा थियो । झापातर्फ २६ मिटरको एउटा स्पान र मोरङतर्फ ५० मिटरका दु

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ३१६ पटक पढिएको
  • माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु

    इटहरी। जिल्लाको माङ्सेबुङ गाउँपालिकामा एकैपटक चार सिँचाइ आयोजना सुरु भएका छन् । चालू आर्षिक वर्षमा सम्पन्न हुनेगरी  दुई करोड ८० लाख सात हजार छ सय ७८ को लागतमा उक्त सिँचाइ आयोजना सुरु भएका हुन् । सो गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं १ मा दुई, वडा नं ३ मा एक र वडा नं ४ मा एक सिँचाइ आयोजना सुरु भएको गाउँपालिकाका इञ्जिनियर ९अधिकृत छैटौँ० युवराज दाहालले जानकारी दिनुभयो । वडा नं १ स्थित नाङरुङ टोलमा रु ७५ लाख ५९ हजार नौ सय ५६ को लागतमा लम्फेवाखोला नाङरुङ कृषि कोलो सिँचाइ योजना र सोही वडाको साङरेम टोलमा रु ८० लाखको लागतमा साङरेम सिँचाइ योजना सुरु भएको छ । वडा नं ३ को सिङ

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • २७० पटक पढिएको
  • सुन्दरहरैँचामा पुस्तकालय , शैलुन सहित सुविधा सम्पन्न सार्वजनिक शाैचालय निर्माणका लागि एक्स्पाे हुने

    सुन्दरहरैँचा  | माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित  नगरकाे विभिन्न स्थानमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न ज्ञानमूलक पुस्तकालय सहितकाे सार्वजनिक शाैचालय निर्माण सहयोगार्थ सुन्दरहरैँचा विराट एक्स्पाे ४ हुने भएको छ ।सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे आयाेजनामा विराचाेकमा यहि माघ ३० देखि फागुन १० गते सम्म एक्स्पाे सञ्चालन हुने आयाेजकले आइतवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । नगरकाे सलकपुर , विराटचाेक तथा  खाेर्सानेमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न पुस्तकालय सहितकाे सेलुन वाथरूम भएको तीन तल्ले सार्वजनिक शाैचायल निर्माण भएको छ । यहाँ अन्य स्थानमा उत्त कार्यलाई पूरा गर्न एक

    • प्रकाशित मितिः माघ २८, २०८१
    • ५४२ पटक पढिएको
  • हलेसी तुवाचुङमा घरेलु मदिरालाई औद्योगिकीकरण गर्न प्रवर्द्धनको काम थालियो

    इटहरी ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रक्सी ९घरेलु मदिरा०लाई औद्योगिकीकरण गर्ने गरी प्रवर्द्धनको काम सुरु गरेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित पेयपदार्थको प्रयोगमा कमी ल्याउने लक्ष्यका साथ वैधानिक रुपमा घरेलु मदिरा उत्पादन गर्न नगरपालिकाले कार्यविधि बनाएर प्रवर्द्धनको काम सुरु गरेको हो । परापूर्वकालदेखि उत्पादन तथा प्रयोग हुँदै आएको स्थानीय मदिरालाई व्यावसायीकरण गर्दै नगरवासी महिलाको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ‘लोकल रक्सी औद्योगिकीकरण कार्यक्रम’ अघि सारिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । मदिरा उत्पादनलाई औद्योगिकीकरण गर्दै उत्पादित मदिरा उपयोग

    • प्रकाशित मितिः माघ २२, २०८१
    • ३४५ पटक पढिएको
  • दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु

    इटहरी।  जिल्लाको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गर्नुभएको हो । दक्षिणी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो सडक ग्रामीण सडक सञ्जाल सुधार परियोजना ९आरसीआइपी० कार्यान्वयन एकाइ, कोशी प्रदेशको बजेटमा निर्माण हुने जनाइएको छ । बाइस दशमलव सात किलोमिटरको यो सडक कालोपत्र रु ७२ करोड ९८ लाख लागतमा गर्न लागिएको हो ।   शुभारम्भ कार्यक्रममा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्र

    • प्रकाशित मितिः माघ २२, २०८१
    • २९७ पटक पढिएको
  • पूर्वपश्चिम राजमार्ग विस्तार तीव्र, निर्माण कार्यले गति लिँदै

    इटहरी। एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र रूपमा भइरहेको छ । सडक विस्तारका लागि २०८० कात्तिक २ गते सम्झौता भई माघ १९ गतेदेखि काम सुरु भएको हो । एक वर्षको अवधिमा ११ प्रतिशत भौतिक र ६।५५ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना निर्देशनालय ९एडिबी० का निर्देशक चूडाराज ढकालका अनुसार माघ १९ मा काम सुरु भए पनि रुख कटान, बिजुलीका पोल सार्ने, खानेपानीका पाइप स्थानान्तरण गर्ने, केबल नेटका तार हटाउनेलगायतका कामले साइट क्लियर गर्न  बढी समय खर्च भयो । अझ असोजसम्म परेको काम गर्न ‘डिस्टर्ब’ भयो । उहाँले अब समग्रमा मासिक ३।५ प्रतिशतको भौतिक

    • प्रकाशित मितिः माघ २२, २०८१
    • २७३ पटक पढिएको
  • सरस्वतीको मूर्तिबाट करोडको कारोबार

    इटहरी । सुनसरीमा सरस्वती पूजाका लागि एक हजारभन्दा बढी मूर्तिको कारोबार भएको छ । सुनसरीका मूर्तिकारका अनुसार एक हजार बढी मूर्ति बिक्री हुँदा एक करोडको आर्थिक कारोबार भएको छ । एक महिनाअघिदेखि आकर्षक रूपमा बनाएको मूर्तिबाट राम्रो आम्दानी गरेको इनरुवाका मूर्तिकार लक्ष्मण मेहताले बताउनुभयो । आफूहरूलाई एक महिनादेखि भ्याइनभ्याइ भएकोमा सोमबार सरस्वती पूजा हुने भएकाले आइतबार मात्रै एक सयभन्दा बढी मूर्ति आफूले बिक्री गर्दा पाँच लाखको कारोबार भएको मेहताले बताउनुभयो । सरस्वती पूजाका लागि विद्यालय, शैक्षिक संस्था र व्यक्तिले समेत मूर्ति लाने भएकाले सोचेभन्दा राम्रो आम्दानी भएको अर्का मूर्तिकार सञ्जय चौधरील

    • प्रकाशित मितिः माघ २१, २०८१
    • २९२ पटक पढिएको
  • सोलुखुम्बुमा जापानी लगानी,माउन्ट फुजी स्प्रिङले हिमाली पानी निर्यात गर्ने

    इटहरी। जापानको माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेट कम्पनीले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा लगानी गर्ने भएको छ । सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख शेर्पा र जापानी लगानीकर्ता ‘माउन्ट फुजी स्प्रिङ’ कम्पनीका अध्यक्ष अवाइ हिडेरो बिच सहमति भएको हो । जापान भ्रमणमा रहनुभएका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाको पहलमा वैदेशिक लगानीमार्फत शुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गरी विदेशमा निर्यात गर्न लगानी गर्ने सहमति भएको हो । जापानलगायत विश्व बजारमा उच्च गुणस्तरको पिउने पानी उत्पादन गरी निर्यात गर्दै आएको सो कम्पनीसँग सिङ्गापुर, मलेसिया, युएई, साउदी र कतारलगायतका देशमा पानी प्रशोधन ग

    • प्रकाशित मितिः माघ १६, २०८१
    • ३११ पटक पढिएको
  • भुक्तानी नपाउदा दूध सङ्कलन प्रभावित

    इटहरी । झापामा दुग्ध सङ्कलक सहकारी संस्थाहरूले दुधको भुक्तानी नपाएका कारण समस्या भएको बताएका छन् । जिल्लाको कमल गाउँपालिका र गौरादह नगरपालिकाका किसानको दूधको करिब तीन करोड भुक्तानी हुन नसकेको बताइएको छ । महारानीझोडा साना किसान कृषि सहकारी संस्थाका प्रमुख प्रबन्धक चिरञ्जीवि भण्डारीका अनुसार दूधको रकम नपाएका कारण आफुहरूले किसानलाई ८७ लाखभन्दा बढि भुक्तानी दिन बाँकी रहेको छ । दूध सङ्कलन गर्ने की नगर्ने भनेर अन्योल भएको भण्डारीको भनाइ छ । एक वर्ष अघिदेखिको भुक्तानी आफुहरूले पाउन बाँकी रहेको दुग्ध सङ्कलक किसानहरूले बताउँदै आएका छन् । सहकारी संस्थाहरूले पैसा नपाएपछि दूध ल्याएका किसानहरूले पनि भुक्ता

    • प्रकाशित मितिः माघ १५, २०८१
    • ३८२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]