सुन्दरहरैंचा / प्रजातन्त्र दिवसकाे अवसर पारेर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटचोक सेवा केन्द्रले वित्तिय साक्षरता, पर्यटकीय क्षेत्र सरसफाई तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
सहारा नेपाल सेवा केन्द्र बिराटचाैक संचालन उप समिती सदस्य रन्जु थापाको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राम विस्वास खवासको प्रमूख आतिथ्यमा सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ स्थित किचकगढ पर्यटकीय क्षेत्रमा भएको कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी सहित संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा किचकगढ पर्यटकीय क्षेत्र संचालन समितीका अध्यक्ष ओम प्रकास खवासले सहारा नेपालले सरसफाई का साथै पर्यटन प्रवर्धनका लागि गरेको काम उदाहरणीय रहेको बताउनुभयो।
सेवा केन्द्र प्रमुख कुसुम चुडालले कार्यक्रमको औचित्य र संस्थाको बस्तु तथा सेवा माथि प्रकास पार्नुभयो त्यस्तै वित्तिय साक्षरताका बारेमा कर्मचारी भोजराज भट्टराईले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा सहारा नेपालका अनुगमन अधिकृत महेस तामाङ ले सस्थाको हालको अवस्था र समसामयिक बिसयमा चर्चा गर्नुभएकाे थियाे ।

कार्यक्रममा सुन्दर हरैचा वडा नं. १ का स्थानिय ६५ जना सेयर सदस्यहरुको सक्रिय उपस्थिती रहेकाे थियाे। कार्यक्रममा एक दिने वित्तिय साक्षरता पर्यटकिय स्थल
किचकगढ सरसफाइ सङै मनोरन्जनात्मक कार्यक्रमहरु नाचगान तथा रमाईलाे चिट्ठा पनि रहेको सेवा केन्द्र संचालन उप समितीका सदस्य तथा कार्यक्रम सञ्चालक भेषराज कार्कीले ले बताउनुभयो।


