महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत महिलाहरुका लागि सिलाई कटाई तथा लहठी चुरी बनाउने सीपमुलक तालिम आज जेष्ठ २१ गतेबाट एकडारा गाउँपालिकामा शुरु भएको छ ।तालिमको उद्घाटन गर्नुहुँदै एकडारा गाउँपालिका उपाध्यक्ष महजबी खातुनले सीपले महिलाहरुलाई आत्मनिर्भर बनाउने कुरा बताउनुभयो ।“महिलाहरुलाई घरभित्रको काममा मात्र सीमित गरिनु हुन्न ।” उपाध्यक्ष खातुनले भन्नुभयो “तालिमबाट सिकेको सीपलाई ब्यवहारमा लागु गरेर आयआर्जन गरी आत्मनिर्भर बन्नु
विराटनगरः कोसी प्रदेश सरकारले प्रदेश स्तरमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्न आगामी आर्थिक वर्षको बजेट केन्द्रीत गर्ने भएको छ । कोशी प्रदेशसभाको जारी बर्खे अधिवेशन अन्तर्गत बुधबारको बैठकमा सरकारका तर्फबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरु प्रस्तुत गर्दै सो कुरा बताएका हुन । अर्थमन्त्रालयको समेत जिम्मेवारीमा रहनु भएका मुख्यमन्त्री कार्कीले विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै तीनै तहको सरकारको समन्वयमा प्रदेशले महत्वपूर्ण र समन्वयकारी भूमिका समेत निर्वाह गर्ने नीति लिने बताए । सो अवसरम
इटहरीः इटहरी उपमहानगरले पेट्रोलियम पदार्थले चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने विस्तृत अनुसन्धान सुरु गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरे संगै इटहरी उपमहानगरले देशमै पहिलो पटक सम्याति इलेक्ट्रो व्हील्स प्रालि सँग सम्झौता गरेको हो । पहिलो चरणमा दुई वटा मोटरसाईकललाई विद्युतीयमा रुपान्तरण र विस्तृत अनुसन्धान गर्ने सहमती भएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । पुरानो मोटरसाईकल उपमहानगरले दिने र सो मोटरसाईकललाई विद्युतीय मोटरसाइकल बनाउने सहमती भएको छ मेयर पौडेलले भने । संघिय सरकारले मर्मत
इटहरी उपमहानगरपालिका कृषि विकास शाखा को आयोजनामा साझेदारीमा ५०% अनुदानमा कृषि यन्त्र उपकरण पावर टेलर वितरण गर्दै उप प्रमुख संगीता चौधरी , कृषि शाखा प्रमुख लगायतका कर्मचारी कृषक हरु - तस्बिर
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासघं कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन इटहरीमा सम्पन्न भएको छ। अखिल नेपाल किसान महाँसंघ कोशी प्रदेश कमिटीका अध्यक्ष दुर्गा थापा स्वस्तिक को अध्यक्षता रहेको कार्यक्रममा अखिल नेपाल किसान महासघं केन्द्रीय कमिटी अध्यक्ष डा.प्रेम दंगालको प्रमुख आतिथ्यता रहेको थियो।यस्तै कार्यक्रममा नेकपा एमाले स्थाई कमिटि सदस्य तथा जन संगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल,नेकपा एमाले स्थाई कमिटि सदस्य तथा कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतम, नेकपा एमाले कोशी प्रदेश कमिटि अध्यक्ष तुलसी न्यौपाने, नेकपा एमाले स्थाई कमिटि सदस्य गुरु बराल, अखिल नेपा
बिराटनगर / सहज च्यालेन्ज फन्ड बिराटनगरले ब्रान्डिङ, प्याकेजिङ र वितरण प्रणाली सम्बन्धि सेवा प्रदान गर्न सेवा प्रदायकलाई आव्हान गरेको छ। पत्रकार सम्मेलन गरि सस्थाले मकै, अलैंची, दुग्ध उत्पादन र तरकारीको मुल्यमा देखिएको अवरोधहरुलाई समाधान गर्न सहयोग पुग्ने बताईएको छ। सो सस्थाले ब्रान्डिङ , सेवा सम्बन्धि कामलाई सहयोग गर्दै आएको छ भने नवप्रवर्द्धनमा सस्थाले ५ देखि ५० लाख रुपैयाँ सम्म सहयोग गर्ने घोषणा गरेको छ। सस्था सङ सहकार्य गर्न असार ५ गते भित्र आवेदन दिईसक्नु पर्ने ब्यवस्था गरेको छ।
इटहरी । कोशी प्रदेशको केन्द्रविन्दुका रुपमा रहेको इटहरीमा पुर्वी नेपालमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरी सुविधा सम्पन्न होटल व्यवसायहरु सञ्चालनमा रहेका छन । तिनीहरु मध्येमा पनि आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाईमा पर्दै आएको होटल इनटुरिष्ट प्यालेसले एक कार्यक्रमका विच आफनो चौथो वार्षिकोत्सव मनाएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ संगित चोकमा रहेको होटल इनटुष्टि प्यालेसले सञ्चालनको चार वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको अवसर पारेर बार्षिकोत्सव मनाएको हो । &n
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो १० वर्षमा नेपालबाट भारतले १० हजार मेगावाट जलविद्युत् किन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा उनका समकक्षी मोदीले ‘लङ टर्म पावर एग्रिमेन्ट’अन्तर्गत १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका हुन् ।अहिले भारतले नेपालबाट ४५० मेगावाट बिजुली किनिरहेको जानकारी पनि उनले दिए ।
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ । बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ रु एक खर्ब ४६ अर्ब र ससर्त अनुदानतर्फ दुई खर्ब २७ अर्ब छुट्याइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु ८७ अर्ब ३५ करोड गरी जम्मा रु एक खर्ब ४६ अर्ब दुई करोड वित्तीय हस्तान्तरण गरिने अर्थमन्त्री डा प्रकाशशरण महतले बताए । आगामी आर्थिक वर्ष
इटहरी । कोशी प्रदेश कार्यसम्पादनमा आधारित अनुदानमा सबैभन्दा धेरै रकम पाउने प्रदेश बनेको छ । संघीय सरकार अर्थमन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणको सारांशमा कार्यसम्पादनमा कोशी प्रदेश उत्कृष्ट देखिएको हो ।कोशी प्रदेशले उक्त शीर्षकमा ४७ करोड ९८ लाख रुपैयाँ अनुदान पाउने भएको छ । दोस्रो स्थानमा रहेको गण्डकी प्रदेशले ४२ करोड ३९ लाख, तेस्रो स्थानमा रहेको बाग्मती प्रदेशले ३५ करोड १९ लाख, चौथो स्थानमा रहेको लुम्बिनी प्रदेशले ३३ करोड ५५ लाख, पाँचौं स्थानमा रहेको कर्णाली प्रदेशले ३० करोड १३ लाख, छैटौं स्थानमा रहेको सुदूरपश्चिमले २५ करोड ४१ लाख र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.