नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासघं कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन इटहरीमा सम्पन्न भएको छ। अखिल नेपाल किसान महाँसंघ कोशी प्रदेश कमिटीका अध्यक्ष दुर्गा थापा स्वस्तिक को अध्यक्षता रहेको कार्यक्रममा अखिल  नेपाल किसान महासघं केन्द्रीय कमिटी अध्यक्ष डा.प्रेम दंगालको  प्रमुख आतिथ्यता रहेको थियो।

यस्तै कार्यक्रममा नेकपा एमाले स्थाई कमिटि सदस्य तथा जन संगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल,नेकपा एमाले स्थाई कमिटि सदस्य तथा कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतम,  नेकपा एमाले  कोशी प्रदेश कमिटि अध्यक्ष तुलसी न्यौपाने, नेकपा एमाले स्थाई कमिटि सदस्य गुरु बराल, अखिल  नेपाल किसान महासघं केन्द्रीय कमिटी उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज बेनु सिवाकोटी,अखिल  नेपाल किसान महासघंका महासचिव, बाबुराम थापा, नेकपा एमाले सुनसरी अध्यक्ष रेवती भण्डारी लगायत को उपस्थिति रहेको थियो ।

347600901_212375701634307_1634386445991798882_n

कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि डा. दंगालले किसानका हक हितका बारेमा चर्चा गर्दै विचौलियाहरु द्वारा किसानमा परेको समस्या न्युनिकरणमा जोड दिनु भयो । यस्तै उहाँले नेपालको भुमिले कृषि क्रान्ति गर्ने मान्छे खोजेको तर युवाहरु भने विदेश तिर पलायन भैरहेको कुरालाई लक्षित गर्दै भन्नु भयो, बुबा ले काम गर्ने मान्छे पाछैन,उता छोराले काम पाछैन यस्तो विडम्बनापूर्ण अहिलेको संकारले समाज पतन तर्फ जाने उदृद गर्दै विदेश जानुको सट्टा स्वदेश मै व्यवसायिक कृषि पेसा अंङ्गाले आफू पनि स्वरोजगार हुन सकिने तथा देश समृद्धिको दिसामा अगाडि बढ्ने बताउँदै युवाहरु कृषिमा नै केन्द्रित भइ आफ्नो मुख्य पेसा बनाउन आग्रह गर्नु भयो ।

351909824_6130436327024957_2693914254103792755_n

त्यस्तै विशिष्ट अतिथी भानुभक्त ढकालले नेपाल किसान महाँसंघले कोशी प्रदेशका सबै किसानले यो संगठन किसानको संगठन हो भन्ने बनाउने  तरिकाले काम गर्नु पर्ने बताउनु भयो ।

350843355_562278879430668_5588062223244009413_n

अव नयाँ कमिटी गठन भैसकेकाले आम कोशी प्रदेशका कृषकहरुका हक हितमा संगठनले आफ्नो गतिविधि अगाडी बडाउने अध्यक्ष दुर्गा थापा स्वस्तिकको  प्रतिक्रिया दिनुभयो ।

image_2023-06-06_080513132

कार्यक्रमको सञ्चालन अखिल नेपाल किसान महासघं कोशी प्रदेश  सचिवालय  सदस्य लोकेन्द्र  कुमार संजेलले गर्नु भएको थियोे ।