इटहरी । इटहरीमा पुस ९ गतेदेखि डिभिएम कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल डिभिएम ग्लोबल एकेडेमी, इटहरीको आयोजनामा पुस ९ गतेदेखि १९ गतेसम्म विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको हो।डिभिएम ग्लोबल एकेडेमीको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा मोरङ र सुनसरी जिल्लाका १६ वटा विद्यालयका टिमहरूको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टिमले सिल्ड, प्रमाणपत्रसहित २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमले सिल्ड, प्रमाणपत्रसहित १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द टुर्नामेन्ट’ को रूपम
विराटनगर — नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य परशुराम बस्नेतलाई कोशी प्रदेशमा भव्य स्वागत गरिएको छ। नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई गृह नगर विराटनगर फर्किने क्रममा नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीको आयोजनामा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरिएको महासङ्घ कोशी प्रदेश कमिटीका अध्यक्ष रोहित कोइरालाले बताउनुभयो।कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य बस्नेतले चौतर्फी घेराबन्दीका बाबजुद पनि पार्टी कार्यकर्ता तथा आम नेपाली जनताको साथ र समर्थनले आफू केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएको
इटहरी । तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी फागुन ९ गतदेखि सुनसरीमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन ९ देखि २१ गतेसम्म सुनसरीको डा. खलिल आजाद क्रिकेट मैदानमा तेस्रो संस्करणको कोशी प्राइड लिग आयोजना गरिने जनाएको हो । प्रतियोगिताको यस संस्करणमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स गरि सात टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका प्राविधिक निर्देशक एवंसुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ
इटहरी। ताप्लेजुङमा सम्पन्न ऐतिहासिक पुसे मेला अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ। शनिबार भएको फाइनलमा सभापोखरी भलिबल क्लब सङ्खुवासभालाई ३–० को सोझो सेटमा पराजित गर्दै भोजपुरले उपाधि जितेको हो। भलिबल उपाधि जितसँगै भोजपुरले तीन लाख रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको सभापोखरीले एक लाख ७५ हजार रुपियाँमा चित्त बुझाउनु परेको छ। पुसे मेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगितामा सात टोली सहभागी भएका थिए। जिल्ला सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठुलो बजार दो
इटहरी | योङ्ग ब्वाइज फुटबल क्लबको आयोजनामा तरहरा गोल्डकप फुटबल प्रतियोगिता यहीँ पुस ५ गतेदेखि पुस १२ गतेसम्म तरहरास्थित बहुभाषी खेलमैदानमा सञ्चालन हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन मंगलबार तरहरामा आयोजित पत्रकार सम्मेलनमा क्लबले तरहरा क्षेत्रमा खेलकुद गतिविधि विस्तार गर्ने र स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै तरहरालाई सक्रिय खेलकुद केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मोहन लिम्बुले बताउनु भयो । गोल्डकपमा आरआईसी काठमाडौं, पञ्चायत फुटबल क्लब, उदयपुर फुटबल क्लब, पानबारी फुटबल क्लब, केराबारी फुटबल क्लब, योङ ब्रदर्स फुटबल क्लब, योङ ब्वाइज फुट
सुनसरी | स्पिन्स डान्स स्कुलद्धारा आयोजित द इन्फेरर अफ डान्स नेपाल च्यामपेन्सिप–२०८२ को उपाधि वन क्रू ओडिशाले जितेको छ । सोमबार राती मोरङको बिराटचोक एक्स्पो ग्राउण्डमा सुन्दरहरैचा वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न ग्रान्ड फिनालेमा उपाधि वन क्रू ओडिशाले जितेको हो। उपाधि जितेसंगै वन क्रू ओडिशाले ८० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र हात परेको छ । यस्तै दोश्रो स्थान हासिल गर्दै बुटवलका साजन गुरुङले नगद ५० हजार र मुम्बईका किशन आउजीले तेश्रो स्थान हासिल गर्दै नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको स्पिन्स डान्स स्कुलका डाइरेक्टर विजय थलङ लिम्बुले जानकारी
इटहरी । झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फ०ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो । गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८
इटहरी । ताप्लेजुङको तेल्लोकमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधिका लागि सोमबार झापा र धरानबिच प्रतिस्पर्धा हुँदैछ । झापाको न्यु स्टार क्लब बिर्तामोड र धरानको मरिक फुटबल क्लब उपाधि आफ्नो पोल्टामा पार्ने योजन सहित मैदान उत्रदै छन् । सेमिफाइनमा धरानले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई ट्राइबेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै झापाले म्याङ्लुङ स्पोर्टिङ युवा क्लबलाई ५–२ गोलअन्तरले पराजित गदै फाइनलमा धरानसँगको भिडन्त पक्का गरेको हो । सिरिजङ्गा सिहँ थेवेको जन्मजयन्तीको अवसरमा गत मङ्सिर २३ गतेबाट सुरु भएको प्रतियोगितामा भारतको पारिजात फुटबल क्लब
इटहरी | द शान्तिनगर युथ क्लबको आयोजनामा सम्पन्न दोस्रो वडा स्तरीय स्नुकर च्याम्पियनसिपको उपाधि आशिक राईले हात पारेका छन् ।फाइनल खेलमा विजयी बनेका राईलाई नगद २० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र तथा शिल प्रदान गरिएको छ । त्यस्तै, दोस्रो स्थान हासिल गरेका जनेश तामाङलाई नगद १२ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल प्रदान गरिएको आयोजकले जनाएको छ ।पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल तरुण दल सुनसरीका अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता सिजन गुरुङले यस्ता प्रतियोगिताले खेलाडीहरूको क्षमता विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उहाँले खेलकुदले युवालाई अनुशासित, सक्रिय
इटहरी । ताप्लेजुङमा ऐतिहासिक पुसे मेला यो वर्ष पनि सञ्चालन हुने भएको छ । आगामी पुस १ देखि ५ गतेसम्म मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाको संगम स्थलमा रहेको ताप्लेजुङको दोस्रो ठुलो बजार दोभान बजारमा सञ्चालन हुने भएको हो । वि।सं। २०३१ सालदेखि लाग्दै आएको पुसे मेलामा खेल, कृषि प्रदर्शनी साथै सांस्कृतिक कार्यक्रम सञ्चलन हुने शनिबार पत्रकार सम्मलेन मार्फत जानकारी गराइएको छ । पुसे मेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा सञ्चालन हुने मेलामा अन्तर जिल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, र्याफ्टिङ, कृषि प्रदर्शनी मेला र सांस्कृतिक कार्यक्रमको आयोजना हुने पु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.