सुन्दरहरैचा | मोरङको सुन्दरहरैचा वडा नं ३ लोचानीमा रहेको सिर्जनशिल क्लब, द्वारा "सुन्दरहरैचा सिर्जनशिल रन २०८२" यही आगामि माघ १७ गते गर्ने भएको छ। शारीरिक स्वास्थ्यको महत्वलाई प्रोत्साहन गर्नु र समुदायलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले गर्न लागिएको रनका लागि नगर खेलकुद समिति, सुन्दरहरैचा नगरपालिका को सहयोगमा र सहकार्यमा आयोजना हुने क्लबका अध्यक्ष एकराज पोखरेलले बताए ।
सिर्जनशिल रन २०८२ मा सहभागी हुन विभिन्न उमेर समूहका लागि विविध दौड अन्तर्गत १० कि.मि खुल्ला दौड – सबै उमेर समूहका लागि खुला ५ कि.मि भेट्रान दौड – ४० वर्ष र माथिका लागि १६ वर्ष मुनि ३ कि.मि दौड ,१२ वर्ष मुनि ३ कि.मि दौड रहेको क्लबका उपाध्यक्ष जीवन घिमिरेले बताए
क्लबले सबै समुदाय जातजाति र फरक क्षमता भएकाहरूको लागि समेत काम गर्दै आइरहेकोले यस खेलमा समेत फरक क्षमता भएकाहरूका लागि मध्यनजर गर्दै ह्वीलचियर इभेन्ट अन्तर्गत – ह्वीलचियरमा रहेका व्यक्तिहरूका लागि ३ किलोमिटर को प्रतियोगिता आयोजना गर्ने यस दौडमा भाग लिनका लागि इच्छुकले सिर्जनशिल क्लबको वेबसाइट (www.srijansilclub.org) मा गई अनलाइन दर्ता गर्नुपर्नेछ। दर्ता मिति माघ ७ गतेसम्म राखिएको क्लबका सचिव प्रसान्त विक्रम थापाले बताए।


