इटहरी । ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा आज पोखरा र झापाबिच प्रतिस्पर्धा हुने भएको छ । क्वाटर फाइनलअन्तर्गत आइतबारको दास्रो खेलमा पोखराको सहारा क्लब र झापाको रेड स्टार फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको हो । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि दुवै टिमले राष्ट्रिय खेलाडीलाई मैदानमा उतार्ने भएका छन् । आज विजयी सुरुआत गर्ने टिमले साउन २७ गते हुने क्वाटरफाइनको अन्तिम खेलमा सिरहा र पाँचथर बीचको विजेतासँग सेमिफाइनलमा भेट पक्का गर्नेछ ।यस्तै हिजो सम्पन्न भएको पहिलो उद्घाटन खेलमा आयोजक तेल
इटहरी । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ताप्लेजुङको फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आजदेखि सुरु हुन लागेको हो । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङद्वारा आयोजित उद्घाटन खेलमा आज आयोजक टीम तेल्लोक स्पोर्टिङ क्लबले द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीसँग प्रतिष्पर्धा गर्दैछ । विदेशी खेलाडी सहित मैदान उत्रन लागेको दुवै टिमले विजय हासिल गर्दै सेमिफाइनलमा प्रवेश गर्ने दाबीका साथ मैदान प्रवेश गर्दैछन् । आजको विजेताले सोमबार हुने भारत र काठमाडौँबीचको विजेतासँग सेमिफाइनलमा भेट पक्का गर्नेछ ।
विराटनगर। कोशी प्रदेश कराते महासंघको अध्यक्षमा मोरङका प्रभाकर राना मगर (रिक्की) निर्वाचित हुनुभएको छ। आज बुढीगंगा गाउँपालिका स्थित जेसीज भवनमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट राना अध्यक्षमा निर्वाचित हुनुभएको हो।अधिवेशनबाट उपाध्यक्षमा इलामका कमी राई र उदयपुरका रविन राई, सचिवमा खोटाङ्गका मिलन कसजु, सहसचिवमा सुनसरीका अनिश राजधामी र कोषाध्यक्षमा झापाकी रेनुका राई निर्वाचित हुनुभएको थियो।त्यस्तै, सदस्यमा इलामकी मनकुमारी मुखिया, संखुवासभाका दिपक मगर, ओखलढुङ्गाका राजन दाहाल र झापाका संजयकुमार साह निर्वाचित हुनुभएको निर्वाचन अधिकृत कालिदास भट्टराईले जानकारी दिनुभयो।अधिवेशनमा कोशी प्रदेश खेलकुद विकास
इटहरी । पथरी ११ फुटबल क्लबले आज एक औपचारिक पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबको वार्षिक आर्थिक विवरण सार्वजनिक गर्नुका साथै दोस्रो पथरी शनिश्चरे गोल्डकप २०८२ को औपचारिक घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै क्लबको पथरी स्थित शिखर चोकको प्रधान कार्यालयमा सोको जानकारी दिईएको हो । कार्यक्रमको सुरुवातमा क्लबका सदस्य तथा कोच अर्जुन बस्नेत र प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप संयोजक जितन राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने पथरी शनिश्चरे नगरपालिकाका खेलकुद संयोजक दिपक राईले खेलको महत्त्वबारे जानकारी गराउनुभएको थियो । सोही क्रममा क्लबका अध्यक्ष सुमन बिकले
इटहरी । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । खेलकुदको माध्यमबाट पाथीभरा मन्दिरको प्रचारलाई थप मदत पुर्याउने उद्देश्यसहित पाथीभरा धामबाट बिहीबार खेल तालिका सार्वजनिक गरिएको हो । लाखेजात्रा सञ्चालन समितिद्वारा आगामी साउन २४ गतेदेखि फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदान सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रोदर्श फुटबल क्लब इटहरी सुनसरीबिच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै दोस्रो खेलमा सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच आमनेसामने हुँदैछ । यो दुई टीमबीचको खेल साउन २५ गते हुने तालिकामा
इटहरी । कोशी प्रदेश एथलेटिक्स संघको प्रथम अधिवेशनबाट अध्यक्षमा राजकुमार थापा चयन हुनुभएको छ । अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। संघका संयोजक राजकुमार थापाको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव कृष्ण बस्नेत (पर्शुराम) प्रमुख अतिथि हुनुहन्थ्यो । नवगठित कार्यसमितिमा उपाध्यक्षमा राजेशमान श्रेष्ठ र अमित गुरुङ, सचिवमा नारायण श्रेष्ठ, कोषाध्यक्षमा धनकुमारी लिम्बू चयन हुनुभएको छ । त्यस्तै सदस्यमा मदन कुमार शाह, दिपेश बास्तोला, सुनिल कुमार लालवाणि, शान्ता श्रेष्ठ, देवराज चौधरी, सरोज सिंह लगायत १४ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गर
इटहरी / आइडियल स्पोर्ट्स एकेडेमीको आयोजनामा चौथो अन्तर विद्यालय इनडोर क्रिकेट लिग २०८२ यहि आउँदो श्रावण २० गतेदेखि सुरु हुने भएको छ। इटहरीमा आयोजना हुने यस प्रतियोगितामा सुनसरी जिल्ला तथा कोशी प्रदेशका करिब ३२ विद्यालयहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।यस लिगको उद्देश्य सुनसरी जिल्लामा ग्रासरुट क्रिकेटको विकास गर्नुका साथै अफ सिजनमा खेलाडीहरूलाई इनडोर खेलमार्फत सक्रिय राख्नु रहेको आयोजकले बताएका छन्। उनीहरूका अनुसार, युवा पुस्तालाई खेलप्रति प्रेरित गर्नु र अभ्यासको निरन्तरता कायम गर्नु प्रतियोगिताको मुख्य ध्येय हो।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई इटहरीमा विगत दुई वर्षदेखि स
इटहरी। तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । हरेक वर्ष लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिने पूर्वकै सर्वाधिक दर्शक सहभागी हुने प्रतियोगिता आगामी साउन २४ देखि ३१ गतेसम्म सञ्चालन हुने भएसँगै तयारीलाई तीव्र पारिएको हो । प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिले शुक्रबार सदरमुकाम फुङ्लिङमा पत्रकारहरुसँग भेटघाट गर्दै गोल्डकपको तयारीबारे जानकारी गराएको हो । विगतका वर्षमा भन्दा प्रतियोगितालाई अझ व्यवस्थित र आकर्षक बनाउनेगरी तयारीलाई तीव्रता दिएको समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । अध्यक्ष मादेनका अनुसार व्यस्थापकीय त
तरहरा | 'यो र्याली होइन, दौड होइन, यो हो एउटा यस्तो यात्रा जहाँ सबै विजेता हुन्छन्' भन्ने नारासहित तरहरा कोरा २०२५ च्यारिटी साइकल राइड कार्यक्रम आगामी श्रावण ३ गते, शनिबार बिहान तरहरा चोकबाट सुरु हुने भएको छ।तरहरा साइकलिङ क्लबको आयोजनामा प्रत्येक वर्षझैँ यसपालि पनि यो राइड शिक्षा, स्वास्थ्य र वातावरण जस्ता सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको हो । यस कार्यक्रमबाट संकलित रकम श्री जनसहयोग उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको रूपमा प्रदान गरिने कार्यक्रम संयोजक सुरज तामाङले बताउनुभयो । कोरा भन्नाले धार्मिक स्थलहरू वर
तरहरा | ‘स्वास्थ्यका लागि दौडौँ, समुदायका लागि जोडौँ’ भन्ने मूल नाराका साथ नियमित रूपमा सञ्चालन हुँदै आएको लोकप्रिय दौड कार्यक्रम ‘तरहरा रन’ ले हालै आफ्नो १०० औं हप्ता सफलता र उत्साहका साथ सम्पन्न गरेको छ। निरन्तर प्रयास, समुदायको साथ, र स्वास्थ्यप्रेमीहरूको सहभागिताले यो दौड कार्यक्रम आज तरहराको परिचय र गौरवको विषय बनेको छ।शनिबार बिहानको शीतल वातावरणमा आयोजित विशेष कार्यक्रमले यो ऐतिहासिक अवसरलाई अझ उत्सवमय र अर्थपूर्ण बनायो। कार्यक्रमका दौरान ईटहरी उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, वडा नं. २ की वडाध्यक्ष सुन्दरदेवी, शान्तिनगरका वडाध्यक्ष माधव कोईराला, प्रहरी चौकी तरहराका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.