बराहक्षेत्र । महेन्द्र माध्यमिक विधालयले आयोजना गरेको ५ कि.मि को तित्रीगाछी रन प्रतियोगितामा धरानका प्रशान्त तामाङ विजयी बनेका छन्।सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित श्री महेन्द्र मावि तित्रीगाछिले बिधालय स्थापनाको ५० औ बर्षको अवसर पारेर आयोजना गरेको स्वर्ण सप्ताहब्यापि कार्यक्रम अन्तरगत आज बिहान तित्रीगाछी रनको आयोजना गरिएको हो।धरान,इटहरी,बराहक्षेत्र लगायत वपभिन्न स्थानबाट जम्मा ७० जना प्रतियोगीले प्रतियोगितामा सहभागी मध्ये धरानका प्रशान्त तामाङले १५ मिनेट १५ सेकेण्डमा निर्धारित समय दुरी पारी गरि विजयी बनेका हुन्।त्यसैगरी बराहक्षेत्रका सूर्य तामाङले १६ म
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका ७ मा रहेको महेन्द्र माध्यमिक विधालयको ५०औ स्वर्ण महोत्सवको सप्ताहब्यापी कार्यक्रम अन्तरगत शनिबार आयोजना गरिएको अन्तर माध्यमिक बिज्ञान प्रदर्शनी प्रतियोगितामा महेन्द्र माध्यमिक बिधालय चक्रघट्टीले प्रथम स्थान हासिल गरेको छ। तेस्तै गरि आदर्श मा बि चतराले दोस्रो स्थान हासिल गरेको छ भने मोहन माबी मधुबनले तृतीय स्थान हासिल गरेको प्रतियोगितामा महेन्द्र माबी तित्रीगाछीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ।विधालयमा अध्ययनरत विद्यार्थीहरुलाई बिज्ञान र प्रबिधिको क्षेत्रमा नयाँ नया नवीन खोज गर्न प्रेरित गर्दै विद्यार्थी
इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट अन्तर्गत हिसान फुटबलको उपाधी धरान मेघा हिमालयन कलेजले जितेको छ । इटहरी रगंशालामा माघ ७ गते बाट सुरु भएको खेल शुक्रबार सम्पन्न फाइनल खेलमा ज्ञानदर्पण स्कूल इटहरीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै धरान मेघाले उपाधी जितेको हो । इटहरी रंगशालामा सम्पन्न फाइनल खेलमा धरान मेघालाई उपाधी जिताउन शेखर कुवरले २ तथा अंकित थापा र सुगम जीमीले एक एक गोल गरे । फाइनल खेलको म्यानअफ द म्याच धरान मेघाका सुगम जीमी घोषित भए ।प्रतियोगिताको सर्वउत्कृष्ट खेलाडी धरान मेघाकै सुभाष मगर, क
इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०७९ अन्तर्गत हिसान क्रिकेटको उपाधी इटहरीको कस्तुरी कलेजले जितेको छ । इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा आज बुधबार सम्पन्न फाइनलमा कोशी कलेज इटहरीलाई ७ बिकेटले पराजित गर्दै कस्तुरीले उपाधी जितेको हो ।प्रतियोगितामा टस हारेर पहिले ब्याटिंग गरेको कोशी कलेजले निर्धारित १० ओभरको खेलमा ६ बिकेट गुमाउदै ७५ रन बनाएको थियो ।कोशीका मनिष माझीले १६ रन बनाउदा एमडी आरिकले १५ र अदित्य श्रेष्ठले १३ रन जोडे । प्रदिप निरौलाले ४ र प्रकाश चौधरीले २ रन बनाए । सन्देश कार्कीले १ रन मात्र जोडे । जवाफमा ७६ रनको बिजयी लक्ष्य पछ्याएको कस्त
इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको हिसान स्पोट्स मिट अन्तरगत हिसान भलिवल प्रतियोगितामा पुरुष तर्फ विश्वआर्दश कलेज र महिला तर्फ पनि विश्वआर्दश कलेजलेका विद्यार्थी विजयी भएका छन । पूर्वाञ्चल स्कुलको खेल मैदानमा भएको फाइनलमा पुरुष तर्फ विश्वआर्दशले विश्वआर्दश कलेजले मेघा कलेजलाई हराउदै विजयी भएको हो । त्यसै गरी महिला तर्फ विश्वआर्दश कलेजले नै पूर्वाञ्चल कलेजलाई हराउदै विजयी भएको छ । पुरुष तर्फको फाइनलमा विश्वआर्दशले सोझो सेटमा मेघालाई हराएको थियो भने महिला तर्फ पनि विश्वआर्दशले नै सोझो सेटमै पुर्वाञ्चललाई हराएको थियो । हिसान स्पोष्ट मिट अन्तरगतको
आउँदो फागुन २६ गते विराटनगरमा आरटिएन कार -याली आयोजना गरिने भएको छ ।विराटनगर राउण्ड टेबुल नं. ५ ले आयोजना गर्न लागेको सो कार -यालीमा नेपाल र भारतका करिब १ सय वटा मोटर कारहरुको सहभागिता रहने बताइएको छ । पर्यटन प्रवद्र्धनका लागि टिएसडी अर्थात समय, गति र दुरीका आधारमा गराउन लागिएको सो कार ¥यालीले मोरङ, सुनसरी र झापाका विभिन्न भागमा दौड लगाउनेछ । करिब ५० लाख रुपैया खर्च लाग्ने सो कार ¥यालीका विजेताहरु पहिलो, दोश्रो र तेश्रोलाई करिब ८ लाख रुपैयाँका पुरस्कारहरु वितरण गरिने आयोजक विराटनगर राउण्ड टेबुल नं. ५ का अध्यक्ष ऋषभ दाहालले जानकारी द
जिल्लाकै सर्वाधिक राशि पुरस्कार भएको फुटबल प्रतियोगिता ‘ सोनापुर गोल्ड कप’ को दास्रो संस्करण माघ २१ गतेबाट सुरू हुने भएको छ । मेमोरि युवा क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।दुहवि नगरपालिकामा हुने प्रतियोगितामा राष्ट्रिय एवं स्थानीय क्लबको सहभागीता रहने आयोजक क्लबले जनाएको छ । ‘जिल्लाभित्र र बाहिरका गरी कुल १६ टिम सहभागी हुन पाउछन्,’ क्लबका अध्यक्ष खडग माझिले भने, ‘एक टिमबाट तीन जनाभन्दा बढी विदेशी खेलाडी खेल्न पाउदैनन् ।’ प्रतियोगिता माघ २८ गतेसम्म चल्ने छ । प्रतियोगिता संचालनका लागी २५ लाख बढी लाग्ने अनुमान गरिएको छ । ०७८ सालबाट सुरू गरिएको
इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको हिसान स्पोट्स मिट अन्तरगत हिसान रनको पाँच किलोमिटर दौउडमा नमुना कलेजका सरोज सिहं प्रथम भएका छन । हिसान स्पोट्स २०७९ अन्तरगत इटहरीमा भएको हिसान रनमा सिहंले निर्धारित दुरी १४ मिनेट १० सेकेण्डमा पुरा गरि प्रथम वन्न सफल भएका हुन । त्यसै गरी सुनाखरी एकेडेमीका रोदन राईले १४ मिनेट ३५ सेकेण्ड र धरान उच्चका अर्जुन कुमार राईले १४ मिनेट ३६ सेकेण्डमा निर्धारित दुरी तय गर्दै क्रमशः दोस्रो र तेस्रो वनेका छन । हिसान रन अन्तरगत नै छात्रातर्फ धरान आदर्शकी आयुषा लिम्बु प्रथम भइन भने
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०७९ अन्तर्गत हिसान रनमा छात्रतर्फ नमुना कलेज प्रथम भएका छ।इटहरीमा आज शुक्रबार बिहान भएको ५ किलोमिटर लामो दौडमा नमुना कलेजका सरोज सिंहले निर्धारित दुरी १४ मिनेट १० सेकेण्डमा पुरा गरेर प्रथम भए । सुनाखरी एकेडेमीका रोदन राईले १४ मिनेट ३५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए ।धरान उच्चका अर्जुन कुमार राईले १४ मिनेट ३६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए ।ईटहरी नमुना कलेजको प्रशासन प्रमख हरी प्रसाद ढकालले विजेतालाइ प्रोत्साहन सहित धन्यवाद दिएका छन् ।े समय समयमा भइरहने कार्यक्रममा ईटहरी नमुना कलेजल सहभ
इटहरी । शिक्षा आर्जनका साथै चौतर्फी रुपमा विद्यार्थीको विकासमा जोड दिदै विगत ९ वर्ष देखि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालले सञ्चालन गर्दै आएको हिसान स्पोट्स मिट यस वर्ष पनि हुने भएको छ ।हिसान सुनसरीले प्रेस मिटको आयोजना गरी यही माघ ६ गते देखि १४ गते सम्म हिसान स्पोष्ट्स मिट आयोजना गरिने जानकारी दिएको हो । हिसान सुनसरीमा आवद्ध ३७ शिक्षालयका २२सय विद्यार्थीको प्रत्यक्ष तथा १०हजार विद्यार्थीको अप्रत्यक्ष सहभागिता हिसान स्पोष्ट्समा रहने हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले जानकारी दिए ।त्यसै गरी हिसान सुनसरीको विद्यालय शाखा अन्तगर रहेको हिसान स्कुल इटहरीले पनि सोही स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.