काठमाडौं, साउन १६ । सरकारले मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज नियमित पत्रकार सम्मेलनमार्फत सोमवार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो ।मन्त्री गुरुङका अनुसार सोमवारको मन्त्रिपरिषद बैठकले ५ देशका राजदूत फिर्ता, १८ देशमा राजदूत नियुक्ति सिफारिश र २२ सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ । यसैगरी बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख बर्खास्त गरी नयाँ प्रदेश प्रमुखको सिफारिश गरेको छ ।काठमाडौं । सरकारले १५ जिल्लाका पौने ३ लाख गरिब घरपरिवारको अन्तिम सूची मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ ।
काठमाडौं । नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेका थिए ।
काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा नयाँ ईन्चार्ज तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा ईन्चार्ज तोकिएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।शेरधन राई – कोशीलीलानाथ श्रेष्ठ – मधेशडा. राजन भट्टराई – बागमतीकिरण गुरुङ – गण्डकीपद्मा अर्याल – लुम्बिनीगोरखबहादुर बोगटी – कर्णालीलेखराज भट्ट – सुदूरपश्चिम
विराटनगर / निक्षेप तथा कर्जा सुरक्षण कोष र कोशी प्रदेश सरकारबीच विभिन्न उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने विषयको समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यालयका उपसचिव अर्जुनकुमार निरौलाले उक्त सहमति पत्रमा हस्ताक्षर गरे। यो समझदारीले कोशी प्रदेशका नागरिकलाई उद्यमशीलताको विकास र रोजगार सिर्जना गर्न सहयोग पुग्ने बताइएको छ।प्रदेश सरकारको योजना अनुसार कक्षा १२ उत्तीर्ण करिब एक हजार युवालाई तालीम दिई यसै वर्ष अनलाइन रोजगारी दिइनेछ।समझदारी पत्रमा उल्लेख भए अनुसार यसले बैंक तथा वित्तीय संस्थाल
इटहरी / इटहरीको जनता बहुमुखी क्याम्पसमा तेस्रो ईकाई अधिबेसन तथा सांस्कृतिक कार्यक्रम गरिएको छ । जनता बहुमुखी क्याम्पसको नेपाल छात्रा विद्यार्थी संघको तेश्रो इकाई अधिबेशन तथा सांस्कृतिक कार्यक्रम गरिएको हो । अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेशनले विद्यार्थीहरूलाई क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने जनता बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष विकास केशीले बताउनु भयो । अधिवेशनले नेतृत्व विकासका लागि र छात्राहरूबाट अगाडि बढ्छु भनेर छात्रा संगठन अधिवेशन आयोजना गरिएको नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस सभापति सुमन बाबू बस्नेतले बताउनुभयो । छात्राहरूलाई सांस्क
इनरूवा / सुनसरीको सदरमुकाम इनरुवामा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सुनसरीको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ । इनरुवाको राष्ट्र सेवक भवनमा मंगलबार भएको रक्तदान कार्यक्रममा ११० जनाले रगत दान गरेका छन् । संगठनले कर्मचारीको रुपमा सेवारत्त अवस्था सहिद हुनुभएका मनोज, भुपेन्द्र ,सुरेन्द्रको स्मृति दिवसमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको नेपाल निजामती कर्मचारी संगठनका सुनसरी जिल्ला अध्यक्ष चिनेश्वर मेहताले जानकारी दिनुभयो । नेपाल रेड्क्रस सोसाइटी विराटनगरको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको अध्यक्ष मेहताले बताउनुभयो र सम्पन्न भएको रक्तदान कार्यक्रममा एक सय
हेटौंडा / बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामा नियुक्त भएका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा लामालाई नियुक्त गरेका हुन्। उनी नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले आज दिउँसो एमालेको समर्थनमा प्रदेश प्रमुख शर्मा समक्ष मुख्यमन्त्रीमा दावी पेस गरेका थिए। त्यसलगत्तै मंगलबार साँझ प्रदेश प्रमुख शर्माले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। १२ वटा मन्त्रालय रहेको बागमतीमा मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालयमा कांग्रेसले प्राप्त गरेको छ। यद्यपि हालसम्म कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारे भने टुंगो लागेको छैन।
विराटनगर : नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । आज विराटनगरमा महासंघको महानगरपालिका कमिटीको प्रथम अधिवेशन जतिन ताम्राकारलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको हो ।ताम्राकार अध्यक्ष निर्वाचित कमिटीको उपाध्यक्षमा उमेश कट्वाल र दिपा बस्नेत , सचिवमा विशाल बानियाँ , सहसचिवमा अर्चना ढुंगेल र सुनिल मगर र कोषाध्यक्षमा चाँदनी मिश्र लगायत सदस्यमा ३५ जना निर्वाचित हुनुभएको छ ।महासंघको प्रथम महानगर कमिटीको अधिवेशनको उद्धाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले नेपा
उदयपुर । पछिल्लो समय उदयपुरमा नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको छ । मुलुकको समृद्धि र राष्ट्रियताको जगेर्ना एमालेले मात्रै गर्न सक्ने भएको भन्दै समाजमा स्थापित नेता कार्यकर्ताहरु धमाधम एमाले प्रवेश गर्न थालेका हुन ।यही क्रममा चौदण्डीगढी नगरपालिकामा जनता समाजवादी पार्टीका नेता भुपेन्द्र राईको नेतृत्वमा ठुलो संख्यामा बिभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नुभएको छ । शनिवार मात्रै राईको नेतृत्वमा १६२ जना नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो । कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले नवप्रवेसीहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।चौदण्डीगढी नगरपालिका ४ बसाहाम
काठमाडौं । नेपाल खेलकुद महासंघले केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको बधाई तथा शुभकामना दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर महासंघले प्रधानमन्त्री ओली बधाई तथा सफल र सुखद कार्यकालको शुभकामना व्यक्त गरेको हो । महासंघका अध्यक्ष पर्शुराम बस्नेतको नेतृत्वमा गएको महासंघको टोलीले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिएको महासंघका कोषाध्यक्ष तथा प्रवक्ता उज्वल सुवेदीले जानकारी दिनुभयो । महासंघले तीन सय दिन भित्र कीर्तिपुरमा रहेको क्रिकेट रङ्गशालालाई फ्लड लाइट सहित अत्याधुनिक सुविधा सम्पन्न बनाउने निर्णय गर्नुभएकोमा धन्यवाद ज्ञापन समेत ज्ञापन गरेक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.