काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पो अन्तर्गत ऊर्जा क्षेत्रमा बातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयमा आयोजना गरेको सत्रको अध्यक्षता गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।नेपालमा लामो समयदेखि महिला सशक्तीकरणका निम्ति काम हुँदै आएको भन्दै उहाँले अहिले बिस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको बताउनुभयो । मूलरुपमा संविधान जारी भएपछि राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुन
दमक / इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई नेपाल खेलकुद महासंघले सहयोग गरेको छ ।नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यता तथा प्रदेश अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा बसेको कोशि प्रदेश कमिटीको छैठौं विस्तारित बैठकले निर्णय गरेर निर्वाचनमा सहजता होस भनेर सहयोग गरिएको प्रदेश सचिव भिम लिवाङले बताउनुभयो ।नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष पर्सुराम बस्नेतको नेतृत्वमा केन्द्रीय सचिव बिप्लब घोस, कोशी प्रदेश अध्यक्ष राजकुमार थापा, एङगल गुरुङ, दिनेश सुवेदी, सिपि पौडेल, बिकल पौडेल लगायत टोलीले उम्मेदवार सुहाङलाई आर्थि
इटहरी / अनेरास्ववियु जनता बहुमुखी क्याम्पस कमिटीको २० औं क्याम्पस सम्मेलनबाट सन्तोष तिम्सिनाको अध्यक्षतामा १५ क्याम्पस कमिटीको संगठन निर्माण भएको छ । उज्ज्वल सिग्देलको नेतृत्वमा संगठित क्याम्पस कमिटीले २० औं क्याम्पस कमिटी सम्मेलन गरेको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटी अध्यक्ष जीवी गजलको प्रमुख आतिथ्यतामा जनता बहुमुखी क्याम्पस कमिटीको २० औं क्याम्पस सम्मेलनबाट निर्वाचित ९ पदाधिकारी ५ विभाग सहित ५१ सदस्य क्याम्पस कमिटी निर्वाचित भएका छ । अध्यक्षमा सन्तोष तिम्सिना, उपाध्यक्ष -दिपेन्द्र खडिवडा, उपाध्यक्ष -स्मारिका कटुवाल, सचीव -नेत्र बस्नेत, सह-सचीव -सविन लुइँटेल, अनिल कार
दमक / नेपाल खेलकुद महासंघको विस्तारित बैठक बैषाख ११ गते दमकमा बस्ने भएको छ ।महासंघले ईलाममा हुन गइरहेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाइ जिताउन बिभिन्न कमिटी परिचालन गरि अघि बढिरहेको र महासंघले विस्तारित बैठकमा केन्द्रिय तथा प्रदेश प्रतिनिधि हरुले देसले खोजेको युवाले रोजेको युवा नेम्बाङ लाइ जिताउने प्रतिवद्धताका साथ अघि बढ्ने खेलकुद महासंघ कोशी प्रदेश अध्यक्ष राजकुमार थापाले बताउनुभयो ।नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा हुने बैठकमा इलाम उपनिर्वाचन प्रतिनिधि सभा सदस्य उम्मेदवार सुहाङ नेम्बाङ, केन्द्रीय पदाधिकारी साथै प्रदेश कम
तेर्ह्रथुम / नेकपा एमाले तेह्रथुमको अधिवेसन को मिति तय भए सगै नेकपा एमाले तेह्रथुमका नेताहरु अधिवेशनको तयारिमा लागेका छन, नेतृत्व कस्ले गर्ने भन्ने बारे तेह्रथुमको चिया पसल देखि चोक चोकमा चर्चा चल्न थालको छ । अध्यक्षका आकांक्षीमा शिव प्रसाद ढुङ्गाना र गोबिन्द राज श्रेष्ठ देखिएका छन् । ढुङ्गाना बिगत ३ कार्यकाल पार्टि को जिल्ला सचिव सम्हालि सकेका छन भने श्रेष्ठ स्थानिय सरस्वति मावि मा प्रधानाध्यापक भएर यहि बैशाख १३ गते शिक्षक पेसाको अवकास हुदैछ, अबकास भएसगै नेकपा एमालेको नेतृत्वमा आउन चाहन्छन श्रेष्ठ ।तेह्रथुम बासि नेकपा एमालेका नेता कार्यकर्ताको माग भने ढुङ्गानाले सचिवको जिम्मेवारी
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई संविधानविद् डा. भीमार्जून आचार्यले संविधानमा लेखिएको प्रदेश सरकारको गठन प्रक्रिया र सर्वोच्च अदालतको आदेश पूरा पढ्न सुझाव दिएका छन् ।सोमबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ जना सांसदले कार्कीलाई दिएको समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री कार्कीले आफूले विश्वासको मत नलिने बताउँदै आएका छन् ।मुख्यमन्त्री कार्कीको उक्त तर्क संविधान र कानुनसम्मत नभएको आचार्यको भनाइ छ । उनले भने, ‘अहिले मुख्यमन्त्रीको तर्क अदालत र कानुनसम्मत छैन । उहाँ जुन दलको समर्थनमा मुख्यमन्त्री हुनुभएको थियो, ती दलले समर्थन फिर्ता लिने बित्तिकै विश्वासको मत लिनुपर्छ । ३
इटहरी / आगलागीबाट क्षति भएको इटहरी ३ सुनौलो टोलका हरेराम ऋषिदेवको घर राष्ट्रिय यूवा संघले बनाउने भएको छ । राष्ट्रिय युवा संघ नेपाल इटहरी ३ वडा कमिटिले ऋषिदेवको घर निर्माण थालेको हो।आगलागीबाट नष्ट भएको ऋषिदेवको घर इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीको प्रत्यक्ष संलग्नतामा निर्माण शुरु गरिएको राष्ट्रिय युवा संघ इटहरी नेपाल इटहरीले जनाएको छ ।ऋषिदेवको घर निर्माणका लागि इटहरीका युवाहरु स्वतस्फुर्त भेला भएर श्रमदानमार्फत घर निर्माण अभियान शुरु गरेको हो ।
विराटनगर / कोशी प्रदेशमा एमाले र माओवादीले हिक्मत कार्कीको नेतृत्वमा सरकार गठनको दाबी पेस गरेका छन् । एमालेका ४० र माओवादीका १३ प्रदेश सभा सदस्यको हस्ताक्षर लिएर एमाले र माओवादी सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुख पर्शराम खापुङ्ग समक्ष गएका हुन् ।यस अघि एमालेका ३९ जना प्रदेश सभा सदस्यले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका छन् ।यस्तै एमाले र माओवादीका प्रदेश सभा सदस्यहरूले कार्कीलाई दिएको विश्वासको मत समेत फिर्ता लिएका छन् । समर्थन फिर्ता र विश्वासको मत समेत फिर्ता लिएकाले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि दाबी पेस भएक
इलाम। इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा बाम गठबन्धनका सुहाङ्ग नेम्बांगले मनोनयन दर्तागर्नु भएको छ ।बाजा गाजा र झाँकी सहित निर्वाचन कार्यालयमा पुगेका सुहाङ्गको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धिरेन्द्र शर्मा रमण रहनु भएको छ । एमाले इलामका उपसचिव रवीन्द्र उम्मेदवारको आकाङ्क्षी थिए । यस्तै धिरेन्द्र शर्मा रमण भने माओवादीका केन्द्रीय सदस्य हुन् । उनी माओवादीबाट उम्मेदवारको सिफारिस भएका थिए ।सुहाङले मनोनयन दर्तामा जानु अघि भानु रत्न चोक इलाममा रहेको सहिद रत्न कुमार वान्तावा, सहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्नु भएको थियो ।मुख्य निर्वाचन अधिकृतको क
इटहरी / इटहरी खानेपानी उपभोक्ता समितिको सदस्य चयनको लागि भएको निर्वाचनमा ५२.५८ प्रतिशत मात्रै मतदान भएको छ ।करिब ८ हजार ९ सय मतदाता रहेकामा ९ हजार ६ सय १४ जनाले मात्रै मतदान गरेको निर्वाचन समितिका सहसंयोजक चन्द्र प्रसाद भट्टराइले जानकारी दिए ।धेरै मतदाता इटहरी भन्दा बाहिर रहेको र मृत्यु भएर गएका व्यक्तिहरूको नाममा जडान भएको धाराको नामसारी नभएको कारणले अपेक्षा गरेअनुरूप मतदान नभएको उनलृ बताए । ११ वटा मतदान केन्द्रका २० वटा बुथमा मतदान भएको थियो । भोलि देखि मतगणना सुरु हुने भएको छ ।भोलि बिहान ८ बजे सर्वपक्षीय बैठक बस्ने र मतगणना सुरु हुने भएको छ ।खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.