लेटाङ । देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिंदै जाँदा चुनावी चहलपहल सुरु भएको छ । जसअनुशार आज देशभरका अधिकांश क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् । यसै क्रममा मोरङको लेटाङस्थित लेटाङ बहुमुखि क्याम्पसमा पनि उम्मेदवारी दर्ता गराइएको छ । लेटाङ क्याम्पसमा निकै राम्रो उपस्थिति रहेको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सशक्त उम्मेदवारहरु प्रस्तुत गरेको छ । लेटाङमा अनेरास्ववियुले नगर कमिटी सहसचिव समेत रहेका वीवीएस तेश्रो वर्षमा अध्ययनरत छवि श्रेष्ठलाई सभापतिको उम्मेद्वार बनाएको छ । श्रे
इटहरी : प्रदेश १ को नामकरण कोसी राखिएको भन्दै आइतबार (आज) प्रदेशभर बन्द गरिएको छ ।किराँत मोर्चाले कोसी प्रदेश नामकरणको विरोधमा बन्द गरेको हो ।अहिले कोसी प्रदेशका सबैजसो जिल्लामा बन्दका कारण जनजीवन प्रभावित बनेको छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बन्दका कारण अहिले कुनै पनि सवारी साधनहरू सञ्चालन छैनन् ।ठूला देखि साना सवारी साधनसहित मोटरसाइकल समेत चल्न नदिँदा समस्या भएको छ ।इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधव काफ्लेका अनुसार अहिले इटहरीका विभिन्न ठाउँमा बन्दको प्रभाव छ । इटहरीबाट धरान जाने ६ लेन सडकअन्तर्गत तरहरामा अहिले बन्दकर्ताले आन्दोलन गरिरहेका छन् ।६ लेन सडकमै दुव
इटहरी \ जातीय पहिचान सहितको प्रदेशको माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका पहिचान पक्षधर जातीय समूहले आन्दोलन चर्काउने घोषणा गरेका छन् ।कोशी प्रदेश नामाकरणको निर्णयप्रति असन्तुष्टि जनाउँदै पूर्वका जातीय समूह संगठीत भएर आन्दोलन चर्काउने घोषणा गरेका हुन् । विगतमा किरात, लिम्बुवान, कोचिला लगायतका राज्य माग गरेर थुप्रै सडक आन्दोलन भएका थिए । आन्दोलनको मर्म विपरीत र ऐतिहासिक आधारमा उठाएको राजनीतिक आन्दोलनका बिपरीत कोशी प्रदेश नामाकरण गरिएकोमा १३ वटा जातीय समूहले आन्दोलन चर्काउने घोषण गरेका हुन् । किरात राई यायोक्खा, नेपाल शेर्पा संघ, नेपाल आदिवासी ज
इटहरी : इटहरी अस्पतालमा विद्यार्थीले पूर्ण छुट पाउनुपर्ने मागसहित नेपाल विद्यार्थी संघ (नेविसंघ) ले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई ध्यानकर्षण पत्र बुझाएको छ ।बिहीबार नेविसंघ जनता बहुमुखी क्याम्पसका इकाई सभापति सहदेव काफ्लेसहितको टोलीले मेयर पौडेलको ध्यानाकर्षण गराएको हो ।जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू खासगरी पहाडी क्षेत्रबाट आएका र कोठाभाडामा बस्दै आएका कारण पनि स्वास्थ्य समस्या पर्दा आर्थिक रूपमा समस्या हुने भएकाले अस्पतालमा पूर्ण छुटको माग राखिएको काफ्लेले बताए ।‘विभिन्न ठाउँबाट जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरूलाई इटहरी उपमहानगरको मातह
काठमाडौ। स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार बिहान ११ बजे देखी २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो । भोलि प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नामावली पनि भोलि नै प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित हुनुभएको हो । मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । पूर्व सभामुख समेत रहनुभएका पौडेल कांग
काठमाडौ। त्रिभुवन विश्वविद्यालयले आउँदो चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया सुरु हुँदै छ ।प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ । उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ ।आउँदो चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ ।यस्तो छ कार्यतालिका
धनकुटा । संसारका मजदुर एक हौं माक्सबाद, लेनिनबाद माओबादी जिन्दाबाद भन्ने नाराका साथ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति धनकुटाको चौथो पुर्ण बैठक तथा संगठन सुदृढीकरण एवंम् जनसम्बध विस्तार अभियान धनकुटामा सम्पन्न भएको छ । प्रदेशको सर्कुलरका विषयमा जानकारी, जिल्ला स्थित सातै पालिकाको गतिविधी रिपोटिङ्ग, सचिवालय टिम गठन गरि जनवर्गीय जिम्मेबारी बाँडफाडका साथमा बैठक सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति धनकुटाका संयोजक कुसुम कुमारी श्रेष्ठ (जुली) ले जानकारी दिनुभयो ।शहज बेला नभएर संकटकालीन समयमा पार्टीलाई बचाउन र अ
विराटनगरमा विहीबारदेखि नेपाल चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन शुरु भएको छ ।हेल्थ केयर एण्ड वेल बिइंग, करेन्ट ट्रेण्ड्स एण्ड च्यालेन्जेज भन्ने नारा सहित आयोजना गरिएको सो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरुको सुरक्षा सरकारको जिम्मेवारी भएको बताउनुभयो । उहाँले जनताको स्वास्थ्य सुरक्षाका लागि आवश्यक समन्वय र सहकार्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । सो कार्यक्रममा नेपाल चिकित्सक संघले स्थापना गरेको रुपा फाउण्डेशन अवार्ड चिकित्सक तर्फ
प्रदेश १ सरकारले फागुन १८ गते बिहीबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताब पारित भएकोले प्रदेश १ सरकार मन्त्रिपरिषद्को निर्णय बाट प्रदेस १ भरका सम्पूर्ण बासिन्दा हरुलाई बधाई दिदै सार्बजनिक बिदा दिएको हो।बुधबार प्रदेश १ आन्तरिक तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेस १ भरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा बिदा दिने निर्णय गरेको हो।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.