उपमहानगरपालिका वडा नम्बर २ मा लोकप्रिय व्यक्तित्व युवा नेता माधव कोइरालाको उमेदवारीले वडावासीमा उत्साह बढाएको छ ।नेकपा एमाले तर्फबाट इटहरी उपमहानगरपालिकाका वडा नम्बर २ अध्यक्ष पदका लागि उम्मेदवार बनेका माधव कोइरालाको नेतृत्वमा घरदैलो अभियान समेत सुरु गरेपछि उनि लोकप्रिय बन्दै गएका हुन ।घरदैलो अभियानलाई निरन्तरता दिदै स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पाटि नेकपा एमालेको तर्फबाट इटहरी २ को वडा अध्यक्ष पदका लागि लागि उम्मेदवार बनेका कोइरालाको टिम वडावासीहरूको घर - घरमा पुगेर आर्शिवाद लिदै चुनाव चिन्ह सुर्यमा मतदान गरी उम्मेदवारहरूलाई बिजयी बनाउन अनुरोध गरेका छन् ।कोइ
इटहरीः सामान्यतया कविको पहिचान बनाएका इटहरीको कोशी सेन्ट जेम्स कलेजका अध्यक्ष मनु मन्जिल नेपाली कांग्रेसमा खुलेर राजनीति गर्न थालेका छन् । नेपाली कांग्रेसले बनाएको चुनावी घोषणापत्र लेखनका संयोजक रहेका मनु मन्जिलले त्यो अगाडि इटहरी कांग्रेसको टोल कमिटि गठनमा समेत भाषण गरेका थिए । उनको भाषण बिमल नेपाल नामका नेपाली कांग्रेसका समर्थकले फेसबुकमा हालेका थिए । गत आइतबार इटहरीमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको घोषणा सार्वजनिक समारोहमा समेत मन्जिलले भाषण गरे । भाषणमा उनले छोटो सम्बोधन गर्दै घोषणापत्र लेखनको तरिका देखी गठबन्धनको विजय किन आवस्यक भन्ने बारेमा बोलेका थिए । उनले बोलेको भिडियो नेपाली कां
विराटचोकः नेकपा एमालेले सुन्दरहरैंचा नगरपालिकाका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । त्यस्तै, ५ बुँदे सङ्कल्प पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।प्रतिबद्धतापत्रमा नगरवासीले भोग्नुपरेको सेवामा ढिलासुस्ती, पक्षपात र अनियमितता तुरुन्तै रोकिने तथा हरेक कार्यालय सिसीटिभीबाट निगरानी गरिने उल्लेख छ । नगरको रिङ रोड निर्माण एवम् सुत्केरी महिलालाई ५ हजार रुपैयाँ र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई १ हजार रुपैयाँ पोषण सुविधा उपलब्ध गराइने उल्लेख छ ।गरिबीको रेखामुनि रहेका नगरवासीलाई निःशुल्क सीप, सहकारीमार्फत् सहुलियतपूर्ण कर्जा र बीमा उपलब्ध गराई स्वरोजगार बनाउने र आम्दानी बढाउने कार्यक्रम शु
इटहरी : यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरू अहिले घरदैलो अभियानमा छन् ।यसैबीच बैशाख २४ गते इटहरीमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आउने भएका छन् ।एमाले इटहरीको चुनावी सभालाई सम्बोधन गर्न उनी बैशाख २४ गते बिहान साढे १० बजे इटहरी आउने कार्यक्रम रहेको बताइएको छ ।सभामा अध्यक्ष ओलीसँगै एमालेका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेताहरूको उपस्थिति रहने जनाइएको छ ।
लमजुङ / हिमाली जिल्ला मनाङमा निर्वाचनको सरगर्मी बढेसँगै गाउँघरमा मानिसको चहलपहल बढेको छ । निर्वाचनमा खटिने क्रममा नेता तथा कार्यकर्ताका कारण बजारसँगै ग्रामीण क्षेत्रमा चहलपहलसमेत बढेको स्थानीयवासीले बताएका छन् ।सहर केन्द्रित भएर बसेका नेता तथा कार्यकर्ता भोट माग्नका लागि गाउँतिर पसेका कारण ग्रामीण भेगमासमेत निर्वाचनको प्रभाव देखिएको छ ।स्थानीय व्यापारीहरूका अनुसार निर्वाचनका उम्मेदवार चयनपछि झनै व्यापार व्यवसाय वृद्धि भएको छ । निर्वाचनले खास गरेर होटल व्यवसायी उत्साहित छन् ।स्थानीय व्यापारी म्याक्स विश्वकर्माले निर्वाचनको घोषणा भएपछि गाउँ मानिसको चहलपहल बढेको बताए । निर्वाचनका गतिविधिका कारण व
विराटनगर । मोरङको उर्लबारी नगरपालिकाकी उप-मेयर लक्ष्मीदेवी भण्डारीले निर्वाचन आचारसहिताको धज्जी उडाउदै नेकपा एमालेको चुनावी सभामा सामेल भएकी छिन् ।नेकपा एमाले उर्लाबारीले आसन्न् बैशाख-३० को स्थानियतहको निर्वाचनलाई लक्षित गरी यतिवेला वडावडामा कोणसभा र घरदैलो कार्यलाई तिव्र पारेको छ एमालेले उर्लाबारीको मेयरमा गंगा खरेल र उप-मेयरमा मिनादेवी पौडेललाई उम्मेदवार बनाएको छ । सोही उम्मेदवारहरुलाई टोलटोलमा भोटमाग्दै बर्तमान उपमेयर लक्ष्मीदेवी भण्डारी पनि सामेल हुने गरेको पाइएको छ ।स्थानियतह निर्वाचन आचारसहिता २०७८ ले बहालवाला स्थानियतहका जनप्रतिनिधि र कर्मचारीले कुनै पनि उम्मेदवारलाई प्रतक्ष्य
पहिलो संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई चुनावमा हराएर चर्चा कमाएका रोल्पाली माओवादी नेता झक्कुप्रसाद सुवेदी यतिबेला असजिलोमा छन् । स्थानीय तह निर्वाचनमा झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी विप्लव नेतृत्वको नेकपाको निर्देशन बमोजिम स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवार बनेका छन्।बुवा नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता हुन् भने छोरा विप्लवका जिल्ला स्तरीय नेता हुन् । छोरा नै अर्को दलको प्रतिनिधित्व गर्दै स्वतन्त्रबाट उम्मेदवार बनेपछि सकस थपिएको हो । माओवादी केन्द्रका नेतासमेत रहेका उनीहरू रोल्पा सुनिल स्मृति गाउँपालिका वडा न. ६ गजुलका स्थायी वासिन्दा हुन् । वडाध्यक्
संघीयतापछि बनेको संविधानले राज्यसंरचनाका अधिक अधिकार गाउँगाउँ सम्म पुर्यायो । त्यसपछिको पहिलो स्थानीय तहको निर्वाचनमा अधिकांश युवा आकांक्षी थिए । त्यहि भिडमा थिए धनकुटाको महालक्षमी नगरपालिका ३ का भरत थापा । तत्कालिन माओवादी केन्द्रबाट वडाअध्यक्षको उमेद्वार बनेका उनि गाउँमा लोकप्रिय थिए । पढाइमा सँधै अब्बल उनि साहित्यमासमेत रुचि राख्ने हुँदा राम्रो कविता लेख्नेमा दर्ज भएका थिए । गाउँको विकासमा सेवा गर्ने भावले कम्मर कसेका लागेका थापालाई जनताले नचुन्ने कुरै भएन ।धेरैले मलाई सानो उमेर छ अर्कोपटकका लागि प्रयास गर्नु भने ।उनले भने, तर उमेर सानो ठुलो हुँदैन । मलाई भित्रैदेखि जनताको सेवा गर्न सक्छुभन
इटहरी / इटहरीमा विकासको अर्को युग सुरु गर्न नेपाली काँग्रेसबाट इटहरी उपमहानगरपालिका वडा न १ मा वडा अध्यक्षको उम्मेदवारी दिएको कैलाश कार्कीले बताउनुभएको छ । उहाँले अघिल्लो पाँचवर्ष आफ्नै पार्टीबाट जितेर जाने वडा अध्यक्षले गरेको कामको अर्को नयाँयुग सुरु गर्ने वताउनुभएको हो । इटहरीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उहाँले पुर्वाधारका धेरै कामहरु अघिल्लो पाँचवर्षमा भएको बताउँदै अबको पाँचवर्ष पुर्वाधारको स्तरोन्नती तथा इटहरी वडा न १ को दीर्घकालिन समस्या समाधान र यहाँको व्यवस्थित विकासमा केन्द्रित गर्ने बताउनुभयो । उहाँले विज्ञहरुको सल्लाह र योजनाअनुसार वडावासीको सहयोग जुटाउँदै
मोरङ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता समक्ष राजनैतिक दल तथा स्वतन्त्रण उमेदवारहरुले समेत आफुहरु विजयी भए नगरविकासका लागि गर्ने कार्यहरुलाई समेटेर घोषणापत्र सार्वजनिक गर्ने क्रम पनि बढेको छ ।यही क्रममा मोरङको सुन्दरहरैचा नगरपालिकामा नेपाली काँग्रेसले भौतिक विकास तथा मानवीय विकासका ९ वटा शिर्षक समावेश गरे सङकल्प पत्र सार्वजनिक गरेको छ । शिक्षा खेलकुद र बालबालिका, स्वास्थ्य, कृषि उद्यम र रोजगारी, पर्यटन प्रवद्र्धन, वातवारण, सरसफाइ तथा विपद् व्यवस्थापन, सुशासन तथा सेवा प्रवाह, प्रविधि, भौतिक पूर्वाधार, कला, साहित्य, पत्रकारिता र मानव संश
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.