बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ नेकपा एमालेका वडाध्यक्ष उम्मेद्वार तथा निवर्तमान अध्यक्ष आसाराम चौधरीमाथि काङ्ग्रेसका युवाहरुबाट दुर्व्यवहार भएको छ। पार्टिको मिटिङ सकेर घर फर्कनेक्रममा रातको ७ बजेको समयमा काङ्गेसका युवाहरुले गुण्डा शैलीमा आएर दुर्व्यवहार गरेका हुन ।

स्थानिय चुनाव नजिकिदै गर्दा पार्टिका योजना भन्दा पनि जन्तालाई प्रलोभन देखाई चुनाव जित्ने रणनिति देखाउदै गरेको युवा परिचालन गरि एकले अर्कोलाई होच्याउने,तर्साउने खराब प्रवृत्ति मौलाउन थालेको स्थानीयबासी बताएका। वैसाख २० गते मंगवार प्रेस मिटमा आशाराम चौधरीले भने जिल्लाको मिटिङ नगरमा भएकाले अलिक ढिला भयो आउदा घर जाने बाटो भएकाले यहाँका जनताले रोके, मलाई यहाका जनताले धेरै पटक बोलाउदा नि उपस्थित हुन सकेको थिइन ,यही मौकामा भेट भयो दुःख सुखका भलाकुसारी भए तर रातको ७ बजेको समयमा नेपाली काङ्ग्रेसका युवाहरु एक हुल आएर अराजकता देखाई दुर्व्यवहार गर्न खोजे तथानाम बोली मेरो भिडियो बनाई चरित्र हत्या गरेका छन् यसप्रति म खेद प्रकट गर्दछु। केही युवाहरुले लठ्ठी मुङ्ग्रासमेत बोकेका थिए तर म स्वच्छ राजनीति गर्ने मान्छे हुँ मलाई केहीको डर लाग्दैन उनले थपे काङ्ग्रेसले सक्छ भने स्वस्थ प्रतिस्पर्धा गरोस तर जनतालाई तर्साउन विभिन्न किसिमका प्रलोभन देखाउने अनि धम्की दिने काम स्थानियबासीमा नगर्न पनि अनुरोध गरे।

स्थानिय रामेश्वर सदाले भने गाउँठाउको मान्छे भएकाले चक्रघट्टिबाट घर फर्कदा हामीले रोकेका हौँ तर कुनै प्रलोभन देखाउन हैन उहाँ हाम्रो भगवानसरको मान्छे हो तर काङ्ग्रेसले खटाएका युवाहरुले एक्कासी आसाराम चौधरीमाथि गालि गरि दुर्व्यवहार गर्न खोजे।