बैसाख ३० गते हुने स्थानिय तहको निर्बाचन मा नेकपा एमाले को चुनाबि प्रचार प्रसारमा नेकपा एमालेको भातृ संगठन राष्ट्रीय युवा संघ नेपालले ठुलो भुमिका खेल्दै आएको छ । अझ इटहरीमा नगर वडा देखि टोल टोलमा युवा संघका सदस्यहरु लागि परेका छन ।
घरदैलो कार्यक्रम , नारा जुलुस देखि सभा सम्मेलन सम्म युवा संघका युवाहरु अग्रणी भुमिकामा देखिन्छन । कार्यक्रमको स्वयम सेवक देखि सुरक्षा समेतको जिम्मेवरी युवा संघका युवा हरुले गर्दै आएका छ्न । तेस्को ज्वलन्त उदाहरण आज इटहरीमा भएको नगर स्तरीय बृहत् चुनाबि जनसभा ! नेकपा एमाले अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री के पि शर्मा ओलीले सम्बोधन गर्ने उक्त कार्यक्रममा हजारौं युवा परिचालित थिए । सो कार्यक्रममा सुरक्षा लगायत ब्याबस्थापनको धेरै काम युवा संघका युवा हरुले नै गरेका थिए / राष्ट्रीय युवासंघ सुनसरी, राष्ट्रीय युवा संघ इटहरी नगर कमिटीका एक हजार भन्दा बढि युवाले इटहरी चोकमा शक्ति प्रदर्शन गरेका थिए ।
नेकपा एमाले चुनाब प्रचार प्रसारमा राष्ट्रीय युवा संघले ठुलो भुमिका खेलेको राष्ट्रीय युवा संघ सुनसरीका अध्यक्ष सुजन लामा बताउछन उन्का अनुसार युवा संघका युवाहरुको सर सल्लाह लिएर काम गर्ने गरेको र चुनाबि प्रचार प्रसारमा पनि युवा हरुकै राय लिने गरेको छ ।



