इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १ मा एमाले तर्फबाट वडाध्यक्ष पदमा विजय राईले उम्मेदवारी दिएका छन् । उनले २०३५, ३६ सालदेखि राजनितिक यात्रा सुरु गरेका उनले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को सभापति सम्हाले । स्ववियू सुनसरी जिल्ला कमिटीको सदस्य भएर दुई कार्यकाल काम गरे । उनले २०४३ सालमा नेपाल कम्यूनिष्ट पार्टी र नेपाली कांग्रेसको संयुक्त पञ्चाधराउ अभियानमा पञ्चायत कालमा दुई वटैको जनपक्ष उम्मेदवार भएर हाँसपोसा गाउँ पञ्चायतको वडासदस्यमा निर्वीरोध निर्वाचित भएर जनताको सेवा गरे ।
   अशोक राईको नेतृत्वमा सुनसरी जिल्ला कमिटी भातृ संगठन नेपाल किसान संगठनको कोषाध्यक्ष र सचिवको पदमा रहेर समेत काम गरेका उनले ४५ सालको जनआनदोलनमा सक्रिय भूमिका निर्वाह गरे । नेकपा एमाले मदन भण्डारीको नेतृत्वमा घोषणा भइसकेपछि उनी एमाले हाँसपोसा गाउँ कमिटीको सदस्य रहेर काम गरे । उनले नेकपा एमाले १ नं. वडा कमिटीको सदस्य, नेकपा एमाले उपमहानगरपालिकाको नगर समितिको सदस्य तथा सचिवालय सदस्य, १ नं. वडाको सह इञ्चार्ज भएर काम गरिसकेका छन् । बीचमा केही समय राजनितिबाट विश्राम लिएका उनी हाल एमाले पार्टीको कमिटिमा छैन । 
         उनले आफू वडाध्यक्षमा उम्मेदावरी दिंदै गर्दा सडक ढल डुवान क्षेत्रको निकाश, बिजुली, खानेपानी, शिक्षा क्षेत्र, धार्मिक पर्यटकिय क्षेत्रको विकास, दलित, पिछडीएका वर्गहरुको उत्थान, कृषि क्षेत्रलाई प्रोत्साहन, सुशासनको अनुभूति गराउने र वडाबाट भ्रष्टाचार रहित चुस्तदुरुस्त सेवाहरु दिने योजना रहेको बताए । 
            वडाध्यक्षको मृत्यु भएका कारण अन्यले बडा चलाउनु परेको बताउँदै अहिले घरदैलो कार्यक्रममा हिड्दै गर्दा आफूले विकासको अनुभूति नपाएको बताए । उनले भने, ‘म घरदैलो कार्यक्रममा जाँदै गर्दा स्थानियले बाटो, बिजुलि अव्यवस्थित भएको गुनासो पोख्नुभयो । मैले पनि बाटोहरुको रुपरेखा राम्रो नभएको अवस्था पाए । सबैभन्दा पिछडीएको वडा नै यहीँ भएको महसुस गरे ।’ 
               उनी आफू जित्नेमा पूर्ण विश्वस्त रहेको बताउँछन् । आफ्नो प्रतिवद्धता घोषणाको आधार, जनताको घरदैलोमा जाँदा उनीहरुको प्रतिक्रिया नै जितको बलियो आधार भएको उनले बताए । 
          उनले भ्रष्टाचार रहित यहाँको सम्मुनत समाजको विकासको निम्ति अगुवाइका साथ उम्मेदवारी दिएको बताए । उनले भने, ‘मलाई माया गरेर मतदान गरिदिनुहुन सम्पूर्ण वडावासीमा आग्रह गर्दछु । म सम्मुनत समाजको सुखी र समृद्ध नेपालीको आवास दिलाउने गरी काम गर्नेछु ।’