नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनहरुबाट आफ्नो पार्टी सरकारमा पुनःस्थापना हुने दाबी गरेका छन्।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘आसन्न स्थानीय तह र संघीय संसद निर्वाचनबाट जनताको समर्थनसहित एमालेलाई तीनै तहका सरकारमा पुनःस्थापना गर्दै हामी राष्ट्रको यस अभिभारा पूरा गर्ने छौँ।सन्देशमा उनले एमालेले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको उल्लेख गरेका छन्।सन्देशमा उनले नेपालको श्रमिक आन्दोलनले यस दिवसलाई श्रमिकहरूको सम्मानित, सुरक्षित
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुर्खेतको भेरीगंगा नगरपालिका-१ की सम्झना कार्कीले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्। उनले नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएकी हुन्।उनका दाजु नवराज कार्की २०७४ सालको स्थानीय तह निर्वाचन वडा नम्बर १ का वडाध्यक्ष निर्वाचित भएका थिए । निर्वाचित भएको ४ वर्ष ८ महिनामा २०७८ फागुन ८ गते सवारी दुर्घटनामा उनको मृत्यु भयो।विपरीत दिशाबाट आएको गाडीसँग नवराज सवार मोटरसाइकल ठोक्किएको थियो। उनले वडाध्यक्षको कार्यभरमा रहँदा वडामा थुप्रै काम अघि बढाएका थिए। केही पूरा भए, केही पूरा हुने क्रममा थिए। आफ्नो कार्यकालमा पूरा नभएका र कार्यान्वयन नभएका योजना
मोरङ :सुन्दरहरैचा वडा न ७ मा नेकपा माओवादी केन्द्र का वडा अध्यक्ष का उम्मेदवार मिलन लुइँटेल प्रति युवा भएका कारण जनता को चासो बढेको देखिन्छ। सुन्दरहरैचा ७ मा तिर्पक्षिय भिडन्त हुने देखिन्छ। सानै उमेर मा दर्जनौ संघ सस्था मा आवद्ध र पाटी वाड को नेतृत्व समालेका छन । २७ वार्षिय उमेर का लुइँटेल साबिक को सुन्दरपुर २ डाडागाउ मा जन्मिएका हुन। २०६७ साल बाट कलिलो उमेर मा बिद्यार्थी राजनीति मा अखिल क्रान्तिकारी इकाइ समिती सचिब अध्यक्ष हुँदै राजनीति मा होमिएका हुन। . २०६९ साल मा वाइसियल नेपाल को मोरङ क्षेत्र न ८ को सदस्य हुदै २०७० साल मा पाटी को सुन्दरपुर गाउँ कमिटी सदस्य र वाइसियल मोरङ को जिल्ला सदस
मोरङ :सुन्दरहरैंचामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन भएको छ। नेपाली कांग्रेस पार्टीको सम्पर्क कार्यालय बिराटचौक पत्रकार सम्मेलन गर्दै गठबन्धन सहित चुनावी कार्यक्रममा सरिक हुने जनाएको छ। गठबन्धन गर्दै नेपाली कांग्रेसको तर्फबाट मेयरमा शिव प्रसाद ढकाल र उपमेयरमा नेकपा माओवादी केन्द्रका नवराज चपागाईंलाई उम्मेदवार भएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सचिव ललित श्रेष्ठले पार्टीको केन्द्रीय समितिको निर्देशन तथा प्रदेश, जिल्ला र नगर समितिको निर्णयअनुसार गठबन्धन गरिएको बताए । आवश्यकताका आधारमा गठबन्धन हुने प्रष्ट्याउँदै आवश्यक परे अझै पनि गठबन्धन गर्न सकिने बताए
धर्मदेवी । संखुवासभाको धर्मदेवीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् । एकीकृत समाजवादीको तर्फबाट धर्मदेबी नगरपालिका वडा नम्बर ३ उम्मेदवार वडासदस्यका उम्मेदवार रहेका प्रदीप खुलाल बस्नेत नेकपा एमालेमा प्रवेश गरेका हुन् । शनिबार मझुवा टोलमा भएको कोणसभामा एमाले प्रवेश गरेका बस्नेतलाई प्रदेश कमिटी सदस्य भीम लिंखा, नगर इञ्चार्ज तथा मेयरका उम्मेदवार उदयचन्द्र पौडेल, जिल्ला कमिटी सदस्य तथा उपमेयरकी उम्मेदवार लक्ष्मी गिरी र जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य दिनेशराज अधिकारी लगायतले नेकपा एमालेमा स्वागत गर्नुभयो । उनी धर्मदेबी नगर कमि
धनकुटा । पहिलो पटक छथरजोरपाटी गाउँपालिकामा सञ्चालन गरिएको प्राङ्गारिक कफी चक्र सम्बन्धि दुईदिने तालिम सम्पन्न भएको छ । विदेशि मुलुकमा गएर अर्काको गुलामि गर्नु भन्दा आफ्नै स्वदेशमा बसेर बाझो जग्गामा कफि खेति गर्न सके कफि नै आम्दानिको श्रोत बन्ने सहभागिहरूको भनाई रहेको छ ।तालिममा कत्ले, मिलीविगलगायतका किराको व्यावस्थापनका उपाय, नर्सरी, छहारी व्यावस्थापन, मलखाद, रोपण, कफि टिपाई, काँटछाट, कफि प्रशोधनलगायतको जानकारी पाउँदा खेति गर्न शहज हुने तालिममा सहभागी छथरका किसान भुपाल भट्टराई ले बताउनुभयो । उक्त तालिम छथरजोरपाटी गाउँपालिकामा सञ्चालन भएको थियो ।राष्ट्रिय चिया तथा कफि विकास
रामधुनी : नेकपा एमाले बाट रामधुनी ५ का वडा अध्यक्षका उम्मेदवार खेमराज पौडेलले कारागार बाट निस्कने फोहोर व्यवस्थापन र डुबानको समस्या सधान गर्ने बताएका छन् ।कारागारबाट निरन्तर रुपमा निस्कने फोहोरको लामो समय देखी आजित भएका स्थानीयलाई फोहोर प्रशोधन गरी समाधान गर्ने बाचा पौडेलले गनु भएको छ । कारागार बाट निस्केको फोहरका कारण बिभिन्न रोग लाग्ने गरेकाले यसको सधान गर्ने उहाले बाचा गनु भएको छ । यस्तै, उहाले हरेक वर्ष झरी पर्ने सिजनमा निकास नभएका कारणले गर्दा रामधुनी ५ ले डुबानको समस्या झेल्दै आएकोले गर्दा रामधुनी ५ बासीलाई डुबान मुक्त आफू निर्वाचित भएको पहिलो दिन द
हेटौंडा /आज आइतबार नेकपा एमालेले हेटौंडामा आमसभा गर्दैछ । आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर ओली हेटौंडा आउन लागेका हुन् ।आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्ताहरू सहित ४० हजार भन्दा बढीको सहभागिता रहने दावी गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल र्याली गरी हुप्राचौरमा आमसभा गरिने एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले बताए ।
स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले 'डिजिटल' प्रचारप्रसारको माध्यमलाई तीव्रता दिएका छन् । फेसबुक, ट्वीटर, टिकटक, युटुब, भाइबर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालबाट उम्मेदवारहरू आफ्ना प्रतिबद्धता व्यक्त गर्दै मत मागिरहेका छन् । निर्वाचनलाई आधार मानेर बनाइएका गीत पनि सामाजिक सञ्जालमा 'अपलोड' गरिरहेका छन् । यसका लागि उनीहरूले लाखौँ रुपैयाँ खर्च गरिरहेका छन्।जनीतिक दलहरू ले आफ्ना प्रतिबद्धता व्यक्त गर्दै आफ्ना उम्मेदवारलाई मतदान गर्न अपिलसमेत गरिरहेका छन् । अहिले सामाजिक सञ्जालभरि उम्मेदवारका प्रचारप्रसार तीव्र रूपमा भइरहेको छ। पहिलापहिलाको निर्वाचनमा पोस्टर बनाएर गाउँघर
इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ५ का भिष्म कुमार घिमिरेले नेकपा एमाले तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । २०४२ सालमा ९ कक्षामा पढ्दा देखि अनेरास्ववियूको प्रारभिक कमिटिको अध्यक्ष भएर काम गरेका उनले त्यसबेला देखि नै आफ्नो राजनितिक यात्रालाई निरन्तर्ता दिंदै आइरहेका छन् । हाल उनी इटहरी उपमहानगर वडा नं. ५ नेकपा एमालेका वार्ड कमिटि अध्यक्ष समेत हुन् ।उनले पूर्वाधार विकास निर्माणका कामहरु समय अनुसार हुँदै जाने भएकाले आफूले उम्मेदवारी दिंदै गर्दा पूर्वाधार भन्दा पनि शिक्षा, स्वास्थ्य र युवाहरुको स्वरोजगारका विषयहरुमा बढि ध्यान दिने बताए । उद्यमी महिलाहरुलाई उद्यमशिल्तामा लगानी गर्न लगा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.