इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट वडा सदस्यमा उमेदवार दिएकी एक उमेदवार एमाले प्रवेश गरेकी छन् । एसबाट वडा ३ मा वडा सदस्य पदमा उमेदवार दिएकी फलमाया पुलामी मगर एमाले प्रवेश गरेकी हुन् ।

उनलाई एमाले प्रदेश सदस्य हिमाल सुवेदी, एमालेबाट इटहरी उपमहानगरपालिकाको मेयर पदका उमेदवार यामकुमार सुब्बा, उप–मेयर पदकी उमेदवार संगिता चौधरी र एमालेका अन्य नेता कार्यकर्ताले एमालेमा स्वागत गरेका हुन् । पुलामी मगर आजै देखि एमालेको घरदैलो अभियानमा हिडेकी छन् । उनले वाटो विराएकाहरुलाई एमालेमै फर्कन आग्रह समेत गरेकी छन् ।