आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मोरङ सुन्दरहरैचामा नेपाली काँग्रेसले संकल्प पत्र सार्वजनिक गरेको छ । 

सोमबार एक कार्यक्रमको आयोजना गर्दै नेपाली कांग्रेस सुन्दरहरैचाले चुनाबका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारले विजयी भएपछि पाँच वर्षभित्र गर्ने कार्यको संकल्प पत्र सार्वजनिक गरेको हो । संकल्पत्रमा सुशासन र पारदर्शितालाई प्रमुख मुद्दाको रूपमा प्राथमिकता दिइएको छ । यस्तै, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, डुबानको समस्या समाधान, सहरी सौन्दर्यीकरण कृषि, भाषा संस्कृतिको संरक्षण, फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । 

संकल्पत्रमा सहकारी क्षेत्र, सुकुम्बासी तथा भूमिहीन, विपद व्यवस्थापन, सूचना तथा सन्चार, शान्ति सुरक्षा र आय श्रोतमा वृद्धि गर्ने विषयलाई पनि समेटिएको छ। 

संकल्पपत्रमा नगरमा भएका बृद्धबृद्धाहरुलाई निशुल्क स्वास्थ्य सेवा र बृद्ध भत्ताका कुराहरुलाई पहिलो मुद्धा बनाउदै आगामि दिनमा समुन्नत सुन्दरहरैचाको निमाणर् गर्ने मेयर पदका उम्मेदवार शिव प्रसाद ढकालले बताउनुभयो ।