राजनीति

    Showing १,९५१-१,९६० of २,३०२ items.
  • मेयर उम्मेदवार ढकालविरुद्ध काँग्रेसभित्रै तीव्र असन्तुष्टि, भन्छन् ‘मेयर आफैले माहोल बिगार्नुभो’

    सुन्दरहरैँचा । स्थानीय तहको निर्वाचन र प्रमुख उपप्रमुख पद पछिल्लो समय राष्ट्रिय राजनीति गर्ने नेताहरुको लागिसमेत आकर्षक मानिने गरेको छ । टिकट पाउन लामो लबिङ र रस्साकस्सी नै चल्ने गरेको छ । तर मोरङ्गको सुन्दरहरैँचा नगरपालिकामा भने उपमेयर पदको लागि सिफारिसमा परेकी एक जना नेतृले भने उम्मेदवारी नै दर्ता गराइनन् ।सुन्दरहरैंचा नगरपालिकाको लागि नेपाली काँग्रेस प्रदेश १ समितिले शिवप्रसाद ढकाललाई मेयरमा र इशरवतीकुमारी माझीलाई उपमेयरमा मनोनयन गर्ने निर्णय गरेको थियो । तर मेयरमा ढकालले उम्मेदवारी दर्ता गरेपनि उपमेयर माझीले भने दर्ता गराइनन् । आखिर किन ?नेपाली काँग्रेस सुन्दरहरैंचा समिति र नेपाली काँग्रेस

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • १६९ पटक पढिएको
  • इटहरी वडा नं. १६ को अध्यक्षमा युवा नेता तेज नारायण चौधरी नै किन ?

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १६ मा नेकपा एमालेको तर्फबाट तेज नारायण चौधरीले वडाअध्यक्षको उम्मेदवारी दिएका छन् । चौधरी १५ वर्षदेखि नेकपा एमालेमा सक्रिय छन् । अघिल्लो निर्वाचनमा विजयी भएर उनले वडा सदस्यको कार्यभार सम्हालेका थिए । साथै उनी नेकपा एमाले १६ नं. वार्ड कमिटिको अध्यक्ष पनि हुन् ।उनले विगतमा पनि जनप्रतिनिधि बनेर पाँच वर्ष बिताइसकेकाले आफू वडाको सबै क्षेत्रका विषयमा राम्रो संग जानकार रहेको बताए । उनले भने, वडा नं. १६ मा पूर्वाधारको क्षेत्रमा बाँकी रहेका धेरै कामहरु गर्नुपर्ने छ । यसका साथै जेष्ठ नागरिकको हकमा गर्नुपर्ने धेरै कुरा छन् । स्वास्थ्यको क्षेत्रमा पनि धेरै काम गर्न बाँक

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • २०० पटक पढिएको
  • २६ बर्सिया इमरान मन्सुरी माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवार

    सुनसरी: सुनसरीको बर्जू गाउँपालिकामा माओवादीले युवालाई विशेष प्राथमिकता दिएको छ । नेकपा माओवादी केन्द्रले बर्जूको ६ नम्बर वाडमा मो.इमरान मन्सुरीलाई वाडको अध्यक्षको उम्मेदवार बनाएको छ । इमरान २६ बर्सिया युवा हुन । विद्यार्थी राजनीतिबाट राजनीति सुरु गरेका इमरान अखिल(क्रान्तिकारी)का बर्जू गाउँपालिका अध्यक्ष हुन । बर्जूका जनताले हाल सम्म धेरै उम्मेदवारलाई भोट दिएर जिताए पनि बर्जूको विकासमा कसैले चासो नदिएकाले बर्जूको ६ नम्बर वाडको समग्र विकासको निम्ति आफ्नो उम्मेदवारी रहेको मन्सुरीले बताए । उनका अनुसार ६ नम्बर वाडमा बाटो सिचाइ र कृषकको धेरै समस्या रहेको छ । शिक्षा क्षेत्रमा बर्जू धेरै पछा

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १०४ पटक पढिएको
  • पोखराका वडामा सत्तारुढ दलहरुबीच तालमेल नहुने

     पोखरा । पोखरा महानगरपालिकामा सत्तारुढ दलहरुबीच मेयर र उपमेयर पदमा मात्र तालमेल हुने भएको छ । वडास्तरमा तालमेल गर्ने विषयमा शुक्रबार दलहरुबीच भएको छलफलमा सहमति नजुटेपछि मेयर र उपमेयरमा मात्र तालमेल हुने भएको हो ।वडास्तरमा अब सबै दलले आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार बसेको गठबन्धनमा रहेका दलको बैठकमा सहमति हुन नसकेपछि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने समझदारी गरेको नेकपा माओवदी केन्द्रका पोखरा महानगरपालिका इन्चार्ज दीपक कोइरालाले बताए ।पोखरा महानगरपालिकामा ३३ वटा वडा छन् । सत्तारुढ दलहरुबीच मेयर एकीकृत समाजवादीले पाउने र उपमेयर कांग्रेसले पाउने सहमति यसअघि नै भएको थियो ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ९९ पटक पढिएको
  • लोसपाको ६० पन्ने घोषणापत्र

    लोकतान्त्रिक समाजवादी पार्टीले प्रतिस्पर्धी दलहरूको कडा आलोचना गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । तर, घोषणापत्रमा उसले मतदातालाई आफूतिर तान्न अनेकौं आश्वासनयुक्त कार्यक्रम राखेको छ ।लोसपाले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रिय मान्यताप्राप्त दलहरूमध्ये नेपाली काँग्रेस र लोसपा नेपाल लोकतान्त्रिक कित्तालाई प्रतिनिधित्व गर्ने दल भएको र बाँकी चारवटा दल एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा भने कम्युनिस्ट खेमाका दलहरू भएको किटान गरिएको छ ।सो पार्टी जसपामाथि खनिएको छ । लोसपाले जसपालाई माओवादीको ‘टीम बी’ भन्दै कटाक्ष गरेको छ । ‘जसपा नेपालको राजनीतिक व्यवहार नेकपा

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १२६ पटक पढिएको
  • एमाले उम्मेद्वारलाई धरानका मतदाताका सुुझाव

    धरानः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका मेयरका उम्मेद्वार मञ्जुु भण्डारी र उप मेयर पदम इस्वो शुुक्रबार धरान–१६ को घरदैलो अभियानमा थिए । भोट माग्दै जाने क्रममा मतदाताले दुवै उम्मेद्वारलाई विभिन्न सुझाव दिए ।अबको पाँच वर्षमा धरानलाई उत्कृष्ट बनाएर देखाउने प्रतिबद्धता सो क्रममा भण्डारीले गरिन् । खानेपानीको विषयमा धेरै जिज्ञासा आएको उनको भनाइ थियो ।उपमेयरका उम्मेद्वार पदम इस्वोले अब धरानलाई भौतिक तथा आर्थिक रुपमा विकास गर्न एमालेले बनाएको नीतिअनुुसार विकास गर्नुपर्ने बताए ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १२३ पटक पढिएको
  • सोलुखुम्बुका सात पत्रकार चुनावी मैदानमा

    सोलुखुम्बु । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लाका सात पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।राष्ट्रिय तथा जिल्लाका विभिन्न सञ्चार संस्थामा क्रियाशील सात पत्रकारले स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिएका हुन् ।पत्रकार भक्त कुलुङ एमालेको तर्फबाट महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ ।नेपाल पत्रकार महासंघ सोलुखुम्बुका दुई जना उपाध्यक्षमध्ये विना राई नेचासल्यान गाउँपालिकाको उपाध्यक्ष र भोजराज कार्कीले थुलुङदूधकोशी गाउँपालिकाको वडा नम्बर ७ को अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । राई नेपाली कांग्रेसबाट र कार्की माओवादी केन्द्रकोतर्फबाट उम्मेदवार भएका छन्

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १०० पटक पढिएको
  • मेलम्चीको १७ करोड लिटर पानी वितरण प्रणालीमा

    ६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि काठमाडौंमा मेलम्चीको १७ करोड लिटर पानीको वितरण थाल्ने भएको छ । यो मेलम्चीबाट काठमाडौं आउने पानीको सम्पूर्ण परिमाण हो ।११ वैशाखदेखि मीनभवनबाट काठमाडौंमा मेलम्चीको पानीको पुनः वितरण सुरु भएको थियो । पहिलो दिनबाट ५ करोड लिटर मेलम्चीको पानी प्रणालीमा आएको थियो, आजसम्म करिब दैनिक १४ करोड लिटर पानी प्रणालीमा आएको केयूकेएलका प्रवक्ता प्रकाश राईले बताए ।१७ करोड लिटर पानीको वितरण सुरु भएपछि काठमाडौंमा दैनिक वितरण हुने पानीको परिमाण २७ करोड लिटर पुग्नेछ । क्रमैसँग विभिन्न वितरण केन्द्रबाट वितरण हुने पानीको मात्रा बढाउँदै लगिएक

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १०२ पटक पढिएको
  • ओलीले 'तपाईंको व्यवस्थापन हामी गर्छौं' भनेपछि मिथिला मेयर उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

    मिथिला नगरपालिकामा एमालेबाट बागी उम्मेदवारी दिएका निवर्तमान मेयर हरि नारायण महतोले उम्मेदवारी फिर्ता लिने भएका छन्।अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिपछि उनले एमालेबाटै मेयरमा उठेका राजाराम महतोलाई नै सघाउने निर्णय गरेका हुन्।‘पार्टी अध्यक्षले उम्मेदवारी फिर्ता लिनुस्, तपाईंको व्यवस्थापन हामी गर्छौं भनेपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छु,’महतोले भने।रघुवीर महासेठको बदमासीले आफ्नो टिकट काटिएको उनको भनाइ छ।एमाले नेताहरूका अनुसार उनलाई प्रदेश सभा सदस्यमा महतोलाई टिकट दिने तयारी छ।एमाले नगर कमिटीले मेयरको उम्मेदवारका लागि महतोको एकल सिफारिस भए पनि अन्तिम समयमा उनको टिकट काटिएको थियो।पार्टी

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १०४ पटक पढिएको
  • शुक्रबार पनि शेयर कारोवार खुलाउने तयारी

    काठमाडौं । शुक्रबार पनि सेयर बजार खुला गर्ने तयारी सुरु भएको छ । अहिले  हाप्ताको पाँच दिन मात्र शेयर कारोबार हुनेगरेको छ।  शुक्रबार र शनिबार भने सेयर बजार बन्द हुने गरेको छ।सरकारले आगामी जेठ एकदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्जले शुक्रबार बजार खुलाउन लागेकोे हो । यद्यपि,  यसको औपचारिक निर्णय भने भइसकेको छैन । सेयर कारोबार समय समेत थप गर्नु पर्ने विषयमा समेत नेप्सेमा छलफल भएको छ । अहिले बजार खुलेको दिन ११ बजेदेखि ३ बजेसम्म अर्थात दैनिक ४ घण्टा सेयर बजार खुला हुने गरेको छ । समयावधि बढाउनु पर्ने कतिपय लगानीकर्ताहरुको

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ११० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]