इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट वडा सदस्यमा उमेदवार दिनुभएकी एक उमेदवार एमाले प्रवेश गर्नुभएको छ ।  एसबाट वडा ३ मा वडा सदस्य पदमा उमेदवार दिनुभएकी फलमाया पुलामी मगर एमाले प्रवेश गर्नुभएको हो ।

 

उहाँलाई एमाले प्रदेश सदस्य हिमाल सुवेदी, एमालेबाट इटहरी उपमहानगरपालिकाको मेयर पदका उमेदवार यामकुमार सुब्बा, उप–मेयर पदकी उमेदवार संगिता चौधरी र एमालेका अन्य नेता कार्यकर्ताले एमालेमा स्वागत गर्नुभयो । पुलामी मगर आजै देखि एमालेको घरदैलो अभियानमा हिड्नुभएको छ । उहाँले वाटो विराएकाहरुलाई एमालेमै फर्कन आग्रह समेत गर्नुभएको छ ।