विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएका भुवन सिंह मगरले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

भ्रष्टाचाररहित वडा, भेदभावरहित समुन्नत समाज, भौतिक पूर्वाधारमा दिगो विकास र भौगोलिक समानता .(भूगोल÷क्षेत्रको आधारमा समान विकास) आफ्ना ४ प्रतिबद्धता भएको उनले जनाएका छन् ।

गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्य पदमा विजयी उनी आगामी निर्वाचनमा चुनाव चिह्न खरायोमा मतदान गर्न आह्वान गर्दै घरदैलो कार्यक्रममा सक्रिय रहेका छन् ।

आफ्ना समर्थकसहित घरदैलो अभियानमा सहभागी भइरहेको समयमा उनले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।