इटहरी । रामधुनी नगपालिका वडा नम्बर ५ मा नेकपा एमालेको तर्फबाट खेमराज पौडेलले वडाध्यक्षको उम्मेदवारी दिएका छन् ।

उनले २०५५ सालमा अखिल नेपालको सदस्यता प्राप्त गरे पश्चात् जनता क्याम्पसमा अध्ययन गर्दैगर्दा २०५७ सालको निर्वाचनमा स्ववियु सदस्यको रुपमा काम गरे । त्यसपछि उनी विद्यार्थी आन्दोलनमा सरिक भईरहेँ । २०६२/६३ को जनआन्दोलनपछि उनले रामधुनी नगरपालिकामा वडा नम्बर ५ को वडा कमिटीको सहसचिव देखि आज सम्म राजनीतिक यात्राको क्रममा नेकपा एमालेको रामधुनी नगरपालिकाको संगठन विभाग प्रमुखको रुपमा काम गरिरहे ।
 
५ नम्बर वडा विशेष गरि राजमार्गसँग जोडिएको छ । करिब २० मिटर देखि १ किलोमिटरको दुरी राजमार्ग सँग जोडिएको छ । त्यसमा तत्कालिन रुपमा २ वटा समस्याहरु रहेका छन् । नहर उत्तर पट्टी बाढीको समस्या छ । अघिल्लो नेतृत्वले निकासका निम्ति केही पहल चाई लिएको छ तर यहाँ, परेको पानी र विशेष त बक्लौरी तर्फबाट पनि वडामा प्रवेश गर्ने पानीले जलमग्न हुने वर्खामा घरहरु डुब्ने अवस्था छ । परेको पानी र बक्लौरी तिरबाट आएको पानी नहरमा पुर्याउनका निम्ति होम पाइप राखेर निकासको व्यवस्था गरिएको छ तर प्रर्याप्त रुपमा नालाहरुको निर्माण गरिएका छैनन् । खेरी नहर उत्तर पट्टिको भागमा पानी निकासको निम्ति तीन ठाउँमा नहरको निकास छ । ती ठाउँमा परेको पानी र बक्लौरीबाट आएको पानीलाई पुर्याउनका निम्ति नालाको व्यवस्था गर्ने उनले जनाए ।

नहर दक्षिण पट्टीको समस्याको सन्दर्भमा क्षेत्रीय कारगारबाट पानीको रुपमा निस्किने फोहोरको कारणले गर्दा त्यहाँको खेतीपाती नष्ट हुने, त्यहाँबाट निस्किएको विकर पानीले लगाइएका बालीहरु बिगौबिगाह नष्ट भइरहेको अवस्था छ । त्यसको लागि क्षेत्रीय कारगार सँग समन्वय गरी आवश्यक पर्दा प्रदेश र केन्द्रीय सरकार सँग वडाले नगरमा सिफारिस गरि नगर मार्फत पहल कदमी गरेर त्यो विकार पानीको उचित व्यवस्थापनका निम्ति, निकासका निम्ति पहल गर्ने उनले बताए ।
 
उनले भने, ‘अघिल्लो निर्वाचन पश्चात अघिल्लो जनप्रतिनिधिहरुले शून्यबाट काम सुरु गर्नुपर्ने परिस्थिति थियो । जस्तै वडाकार्यलय सँग आफ्नो भवन थिएन । नगरपालिकाको भवनको एउटा कोठामा बसेर उहाँहरुले सेवा प्रवाह गरिराख्नु भएको थियो । नगरपालिकाले केही बजेट विनियोजन गर्यो र केही वडाकै बजेटबाट उहाँहरुले भवन निर्माण गर्नुभयो ।’ 

अघिल्लो जनप्रसितनिधिहरुले निर्माण गरेको स्वास्थ्य केन्द्रमा सेवा विस्तारका निम्ति ल्याव स्थापना गर्ने, सुत्केरी महिलाहरुको परिक्षण गर्ने र सम्भव भए सम्म प्रसुति सेवा पनि उपलब्ध गराउने सम्मको आफ्नो कार्ययोजना रहेको उनले बताए ।  

पूर्वाधारको क्षेत्रमा अघिल्लो जनप्रतिनिधिहरुले मुख्य मुख्य सडकलाई प्राथमिकतामा राखेर काम गरे । भित्रि बाटो निर्माण हुन नसकेको अवस्था छ । अब भने आफूले भित्रि बाटोहरुमा नाला निर्माण र ग्राबेल गर्ने बताए । उनले भने,‘विशेष गरि घरदैलोमा कार्यक्रममा जाँदै गर्दा वडाबासीकोले बाटो निर्माण गरिदिनुपर्छ, बाटोको समस्या छ भन्ने कुरा राख्नु भएको छ ।’ त्यसैले बाटो निर्माणको कुरामा विशेष ध्यान दिने उनले प्रतिबद्धता गरे । 

५ नं. वार्डमा नेकपा एमालेले ल्याएको विद्यालय निर्माणको योजना अन्तर्ग भवन निर्माण भएको र त्यसलाई प्रत्येक वर्ष स्तरोन्नति गर्दै लैजनो उनले बताए । उनले भने, ‘त्यो हिजो नेकपा एमालेले ल्याएको कार्यक्रम हो । त्यसको सुरुवाती चरणमा आज हामी कक्षा ३ सम्म पुगेका छौं । प्रत्येक वर्ष कक्षा थप गर्दै लैजाने कार्यक्रम रहेको छ ।’ 
  
उनले भने, ‘यस वडामा १७ वटा टोल कमिटी गठन गरेका छौं । अनेमा संघ, युवा संघ, विद्यार्थीको कमिटी निर्माण छ । म नेकपा एमाले रामधुनी नगरपालिकाको समन्वय विभाग प्रमुख भएको हिसाबले पनि यहाँ महिलाहरुको अनेमा संघ कमिटी पनि निर्माण छ, त्यसो भएको हुँदा हाम्रो संगठन बलियो छ ।’ 

अघिल्लो निर्वाचनमा पनि एमालेबाटै वडाध्यक्ष पदमा देवराज फुयाल निर्वाचित भएका थिए । त्यसैले आफू पनि जित्छु भन्नेमा उनी विश्वस्त छन् । 

अघिल्लो कार्यकालमा मापदण्ड नपुगेको कारण चतरा बसपार्क स्तरोन्नति गर्न सकिएन । अब आफू निर्वाचित भएर आएको खण्डमा बस पार्क स्तरोन्नति गर्ने कार्यमा पहल गर्ने उनले प्रतिबद्धता जाहेर गरे । 

उनले वडावासीलाई आफूसहित मेयर उपमेयर सातै जना उम्मेदवारहरुलाई सूर्यमा मतदान गरेर विजयी गराइदिन आग्रह गरे । उनले भने, ‘हामी जनताको सेवकको रुपमा स्थापित हुनेछौं । सेवा, सुविधा र विकास निर्माणको निम्ति नेकपा एमालेले मात्रै पहल कदमी लिन सक्छ । हाम्रो नेतृत्वले हिजो पनि प्रमाणित गरेको छ र भोलिका दिनमा पनि हामी प्रमाणित गरेर देखाउने छौं भन्ने बाचा गर्दै, यहाँको सेवकको रुपमा प्रस्तुत हुन अत्याधिक बहुमतले विजयी गराइ दिनुहुन सम्पूर्ण वडाबासीहरुलाई हार्दिक अपिल गर्दछु ।’