पोखरा / नेकपा एमालेले पोखराको उपमेयरमा हालकै उपमेयर मन्जुदेवी गुरुङलाई टिकट दिएको छ । पार्टी राजनीतिमा उनीभन्दा तल्लो पदका दीपक पौडेललाई मेयर बनाएर मन्जुलाई उपमेयरमा ल्याएको हो ।मन्जु अहिले केन्द्रीय सदस्य हुन् भने दीपक प्रदेश सचिवालय सदस्य । त्यसो त, मन्जुले आफू यसपालि चुनावै नलड्ने बताएकी थिइन् । त्यसैले पार्टीको आन्तरिक मनोनयनमा समेत उनले इच्छा देखाइनन् र बाहिरै बसिन् । चुनाव लड्ने चाहना नभए पनि मन्जुलाई एमालेले टिकट दिएको छ । तर, उनी सन्तुष्ट छैनन् ।‘चाहाना राख्नुभएको छैन । नलड्ने नै भन्नुभएको छ,’ उनका स्वकीय सचिवसमेत रहेका एकराज गिरीले भने, ‘पार्टीपंक्तिसँग सल्लाह भइरहेको छ । बैठकमै व्यस्
विराटचोकः यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मेयर र उपमेयरका उम्मेद्वार टुङ्गो लगाएको छ । एमालेले सुन्दरहरैंचामा केदार गुरागाईलाई मेयर र अकली चौधरीलाई उपमेयरको उम्मेद्वार बनाउने निर्णय भएको नगर कमिटी सचिव सन्तोष घिमिरेले जानकारी दिए ।गुरागाई प्रदेश कमिटी सदस्य हुन् । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा पनि एमालेबाट मेयर पदका उम्मेद्वार रहेका थिए । उनी ९ सय ६८ मतको फरकले नेपाली कांग्रेसका उम्मेद्वार शिवप्रसाद ढकालसँग पराजित भएका थिए । उनी इन्द्रपुर साना शहरी खानेपानी आयोजनाका अध्यक्ष हुन् ।चौधरी पार्टीको नगर कमिटी उपाध्यक्ष हुन् । अखिल नेपाल महिला संघ, थारु कल्याण
उदयपुर / एमाले उदयपुरले आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आठ वटै स्थानीय तहमा उम्मेदवारी टुंगाे लगाएको छ । त्यसैगरी बेलका नगरपालिकामा नगर प्रमुखमा दुर्गाकुमार थापा (स्वतिक) उप प्रमुखमा जिरा राईलाई उठाइने भएकाे छ । चौदण्डीगढी नगरपालिकामा नगर प्रमुखमा कालुमान लामा र उपप्रमुखमा मनिकादेवी दुलालको नाम टुंगो लगाएको छ ।त्रियुगा नगरपालिकामा नगर प्रमुख भागवत राउत उपप्रमुखमा महेश्वरी राईले टिकट पाएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिए । त्यसैगरी कटारी नगरपालिकामा पुरानै नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ ‘काजी’लाई पुनःमेयरमा टिकट दिएको छ भने उपप्रमुखमा गीता खड्का
इटहरी : नेकपा एमालेले इटहरी र धरानमा उम्मेद्बार टुंगो लगाएको छ ।नेकपा एमालेको स्थायी कमिटी बैठकले आज (शनिबार) साँझ इटहरी र धरानका उम्मेद्बारको टुंगो लगाएको हो ।नेकपा एमाले सुनसरीका सदस्य जीबी गजलका अनुसार इटहरीमा यामकुमार सुब्बालाई मेयर र सङ्गीता चौधरीलाई उपमेयर दिने निर्णय भएको छ ।यस्तै, धरानमा मन्जु भन्डारीलाई मेयर र पदम लिम्बूलाई उपमेयरमा उठाउने निर्णय भएको गजलले टाकुरालाई जानकारी दिए ।
रामधुनी / राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी रामधुनी ६ र ७ मा उम्मेदवार घोषण गरेको छ । शनिबार रामधुनी ६ बक्लौरी बजारमा एक कार्यक्रम आयोजनाका साथ उम्मेदवार घोषण गरेको हो । उक्त कार्यक्रम बाट रामधुनी ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का युवा नेता सुशील शर्माको प्यानलले र रामधुनी ७ मा दिनेश राईको प्यानलले बडाका सबै पदमा राप्रपाले उम्मेदवारी घोषणा गरेको हो ।देशमा रहेका अन्य पाटीले देशलाई खोक्रो बनाइ सकेकाले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले ‘भ्रष्टाचार नगर्ने र बडाको विकास गर्ने भएकाले सबै उमेर, भूगोल, हेरेर मात्र
रामधुनी / रामधुनीको नमुना नगरबाल सञ्जालले घोषण पत्र निमार्ण गर्दा बालबालिकालाइ प्रथामिक्ता दिन आग्रह गरेका छन् । नगरमा रहेका सबै राजनैतिक दललाइ ध्यानआर्कषण पत्र बुझाउर्दै आग्रह गरेका हुन् । आउदै गरेको निर्बाचनका लागी राजनितिक दलले पार्टीको घोषणापत्र बनाउँदा बालबालिका लक्षित योजना र कार्यविधि तयार गर्न नगरबाल सञ्जालले माग गरेको छ ।यसै आर्थिक बर्षमा बालमैत्री नगरपालिकाको रुपमा घोषित भएको रामधुनी नगरपालिकालाई बालमैत्री नगरलाई निरन्तरता दिन राजनीतिक दलले घोषणापत्रमा समावेश गर्नुपर्ने, बालविवाहको अन्त्य तथा बालश्रम मुत्त नगरलाई निरन्तरता दिने साथै नगरस्तरिय बाल पुस
तेह्रथुम : म्याङ्लुङ नगरपालिकाको मेयरमा सन्जय कुमार तुम्बाहाम्फेलाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । आज शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले म्याङ्लुङ नगरपालिकामा तुम्बाहाम्फेलाई मेयरको उम्मेद्वार बनाउने निर्णय गरेको हो । उपमेयरमा जमुना कार्की सुबेदी लाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ । मेयरका उम्मेदवार तुम्बाहाम्फे म्याङ्लुङ नगरपालिकाको मेयर पनि हुन् ।
बराहक्षेत्र : बराहक्षेत्रको मेयरमा निलम खनाललाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । आज शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले बराहक्षेत्रको मेयरमा खनाललाई मेयर बनाउने निर्णय गरेको हो । उपमेयरमा नन्द कुमारी राई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ । मेयरका उम्मेदवार खनाल एमाले सुनसरी जिल्ला उपादक्ष्य हुन् भने बराहक्षेत्रका मेयर पनि हुन् । यस्तै, उपमेयरका उम्मेदवार राई अ.ने.म. संग केन्द्रीय सदस्य साथै नेकपा एमालेजिल्ला कमिटी सदस्य पनि हुन् ।
नेकपा एमालेको तर्फबाट इटहरी उपमहानगरपालिकामा मेयरमा यामकुमार सुब्बा र उपमेयरमा संंगिता चौधरी उमेद्धार बनाउने निर्णय भएको छ । आज बसेको पार्टीको केन्द्रिय सचिवालय कमिटिले ९ उपमहानगरको टिङ्गो लगाएको हो । यस्तै धरानमा मेयरमा मञ्जु भण्डारी र उमेयरमा पदम लिम्बुलाई उमेद्धार बनाउने समेत निर्णय भएको छ ।
इटहरी : इटहरीको मेयरमा याम सुब्बालाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । आज शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले इटहरीको मेयरमा सुब्बालाई मेयर बनाउने निर्णय गरेको हो । उपमेयरमा संगीता चौधरीलाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ । मेयरका उम्मेदवार सुब्बा एमाले इटहरी उपमहानगरपालिका अधक्ष्य हुन् । यस्तै, उपमेयरका उम्मेदवार चौधरी अ.ने.म. संग इटहरी सह सचिब हुन् ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.